रौतहट- प्रहरीले कुखुराका चल्लासहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय गौर तथा प्रहरी चौकी मोतीपुरको गस्ती टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा भारतको मोतिहारी जिल्ला घोडासहन बस्ने ३० वर्षीय उमेश राय यादव र २५ वर्षीय मुकेश राय यादव रहेको प्रहरीले जनाएको छ।
भारतबाट नेपालतर्फ कुखुराको चल्ला भित्र्याउँदै गरेको अवस्थामा परोहका नगरपालिका-७ स्थित नरकटियाबाट प्रहरीले नियन्त्रणमा लिएको हो।
करिब १ हजार थान कुखुराको चल्ला प्रहरीले नियन्त्रणमा लिएको हो।
करिब ७० हजार मूल्य बराबरको चल्ला नियन्त्रणमा लिएको र खाल्डोमा पुरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।