• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

सप्तरी कारागारका बन्दीको गुनासो- मुद्दाको फैसला सुस्त भयो, अनाहकमा दुःख पायौं

जटिल प्रक्रिया र जनशक्ति थोरै हुँदा समस्या : अदालत
64x64
नेपाल लाइभ बुधबार, भदौ ४, २०७६  १९:३७
1140x725

राजविराज- सप्तरीको कञ्चनरुप नगरपालिका-६ का ६६ वर्षीय जिलेवी सदरदार वन पैदावारको चोरी तथा तस्करीको आरोपमा पक्राउ परे। सप्तरी जिल्ला अदालतमा उनीविरुद्ध वन मुद्दा चलिरहेको छ। सरदार कारगारमा बन्दी जीवन बिताइरहेका छन्। तर, करिब १ वर्ष कारागारमा बसिसक्दा पनि मुद्दा फैसला नभएको जिलेवीको गुनासो छ।

मोरङको रङ्गेली-२ का ३४ वर्षीय शिवनारायण तुलाको पनि जिलेवीको जस्तै गुनासो छ। सवारी ज्यान मुद्दामा २०७४ असोज २३ गते पक्राउ परेका तुलाको मुद्दा पनि सप्तरी जिल्ला अदालतमै विचाराधीन छ। झण्डै २ वर्ष बितिसक्दा पनि अदालतले मुद्दाको फैसला नगर्दा आफू अन्यायमा परेको उनले गुनासो गरे।

जिलेवी र तुला मात्र होइन, विभिन्न मुद्दामा पक्राउ परि पुर्पक्षका लागि सप्तरी जिल्ला कारागार चलान भएका बन्दीहरुले वर्षौंसम्म पनि मुद्दा फैसला नहुँदा अन्यायमा परेको गुनासो गरेका छन्। मुद्दा फैसला सुस्त हुँदा अनाहकमा लामो समयसम्म कारागारमा बस्नु परेको उनीहरुको गुनासो छ।

उच्च अदालत जनकपुर राजविराज इजलासले मंगलबारदेखि कारागारमा सुरु गरेको दुईदिने न्यायिक शिविरमा अधिकांश बन्दीले मुद्दा फैसला ढिलो भएकोमा असन्तुष्टि जनाए। समयमा मुद्दा फैसला नभई भुक्तान गर्नुपर्ने सजाय निर्क्य‍ोल नहुँदा दुःख मात्रै पाएको तथा पुनरावेदन गर्न पनि नपाएको बन्दीहरुको भनाइ छ।

कारागारका निमित्त कार्यालय प्रमुख सत्यानारायण यादवका अनुसार हाल सप्तरीमा महिला ६ र पुरुष १ सय ५० गरी कूल १ सय ५६ जना बन्दी छन्। कूल १ सय २५ जनाको क्षमता रहेको कारागारमा कैदीबन्दी गरी ३ सय ३८ जनालाई राखिएको छ। जसमा महिला १६ र पुरुषको संख्या ३ सय २२ छ।

प्रक्रिया जटिल, जनशक्ति थोरै : तहसिलदार
सप्तरी जिल्ला अदालतका तहसिलदार हरि पराजुलीले मुद्दा फैसला सुस्त भइरहेको स्वीकारे। जटिल प्रक्रिया र जनशक्ति अभावका कारण यस्तो समस्या बढेको उनको भनाइ छ।

Ncell 2
Ncell 2
nimb
nimb

सरकारवादी फौजदारी मुद्दाको प्रक्रिया नै जटिल हुने र आरोपीलाई पक्राउ र अनुसन्धान गर्नमै प्रहरीले लामो समय लगाइदिने भएकाले फैसला पनि ढिलो हुने गरेको उनको भनाइ छ। ‘जटिल प्रक्रिया छन्, प्रक्रिया पूरा गर्दागर्दै कतिपय मुद्दामा ३/४ महिना जान्छ,’ उनले भने, ‘प्रक्रिया पूरा भएपछि मुद्दाको चापका कारण केही समय तानिन्छ। यो प्रक्रिया र जनशक्तिका कारण भएको ढिलाई हो।’

सप्तरी जिल्ला अदालत मुलुकमै सवैभन्दा बढी मुद्दा पर्ने मध्येको एक अदालत भएकाले उपलब्ध जनशक्तिका आधारमा सकेसम्म चाँडो फैसला हुने गरेको उनले दाबी गरे। ‘हामीसँग २ वर्ष नाघेका मुद्दा अहिले पनि ८ सयभन्दा बढी छन्,’ उनले भने, ‘यस्तो अवस्थामा न्यायाधीश र कर्मचारीले मात्रै छिटो गर्छु भनेर पार लाग्दैन।’

गत आवका ४ हजार १ सय ८२ पुराना मुद्दा चालू आवमा जिम्मेवारी सरेको जानकारी दिएका पराजुलीले भने, ‘अव नयाँ पनि थपिदै जान्छन्, क्रमशः पेशीमा चढ्दै जाने हो।’

Xtrem

Xtrem

स्थानान्तरणको माग
कारागारका २ जना कैदीबन्दीले स्वास्थ्यको कारण देखाउँदै स्थानान्तरणको माग गरेका छन्। सप्तरीको कञ्चनरुप नगरपालिका-५ का ३५ वर्षीय साहुदर सदा र अग्निसाइर कृष्णासवरण गाउँपालिकाको तेरहौताका २७ वर्षीय नरेश राईले आफूहरुलाई उपचार गर्न सहज हुने गरी ललितपुरस्थित नख्खु कारागारमा स्थानान्तरण गर्न माग गरेका छन्।

जिउ काम्ने तथा हिँडडुल गर्न नसक्ने अवस्थाका दुवैलाई जतिसक्दो चाँडो उपचारको व्यवस्था मिलाइदिन चौकीदार जितेन्द्रकुमार यादवले पनि आग्रह गरेका छन्। ‘दुवैको स्वास्थ्य अवस्था दिनदिनै बिग्रँदै गएको छ। रेखदेख र खोजखबर गर्ने मान्छे पनि छैन,’ उनले भने, ‘सुविधासम्पन्न ठाउँमा पुर्‍याउन पाए उनीहरुको अवस्थामा सुधार हुन्थ्यो।’

दुवैको कारागार सरुवाका लागि जिल्ला अदालतमा पनि पत्राचार भइसकेको निमित्त कारागार प्रमुख यादवले जानकारी दिए।

सदा ज्यान मार्ने उद्योग र राई कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका छन्।

उच्च अदालत राजविराज इजलासका सहायक सूचना अधिकारी विश्वराज पोखरेल र जिल्ला अदालतका तहसिलदार पराजुलीले उनीहरुको समस्यालाई प्राथमिकतामा राखेर प्रक्रिया अघि बढाउने प्रतिवद्धता जनाए। ‘इजलासको आदेशका लागि हामीले प्रक्रिया अघि बढाउछौं,’ उनीहरुले भने।

यसैगरी, छिन्नमस्ता गाउँपालिकाको लालापट्टिका ६५ वर्षीय वैजनाथी रामले आफ्नो उपचारको व्यवस्था मिलाई दिन अदालतसमक्ष माग गरे। कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद भुक्तान गरिरहेका रामलाई पक्षघात (प्यारालाइसिस) भएको निमित्त कारागार प्रमुख यादवले बताए। उनले साढे ८ वर्ष कैद भुक्तान गरिसकेका छन्।

ज्येष्ठ नागरिकको सुविधा माग
कारागारमा कैद भुक्तान गरिरहेका अग्निसाइर कृष्णासवरण गाउँपालिका प्रसवनीका ६२ वर्षीय शिवनारायण सरदार, खडक नगरपालिका-२ का ७५ वर्षीय पन्चु मण्डललगायतले ज्येष्ठ नागरिकले पाउने सुविधा अनुसार कारागारमुक्त गर्न पहल गरिदिन आग्रह गरेका छन्।

उमेर र शारीरिक अशक्तताका साथै 'कारागारभित्र कुँजिएर बस्नुपर्दा नर्कको बास भएको' भन्दै उनीहरुले आफ्नो पीडा सुनाए।

तहसिलदार पराजुलीका अनुसार ६० वर्ष माथिका ज्येष्ठ नागरिकका लागि अवस्था हेरेर २५ देखि ७५ प्रतिशतसम्म सजाय छुट दिन मिल्ने कानुनी व्यवस्था छ।

उच्च अदालत जनकपुर राजविराज इजलासले आयोजना गरेको शिविरमा मंगलबार कूल २३ जना जना कैदीबन्दीको गुनासो संकलन गरिएको राजविराज इजलासका सहायक सूचना अधिकारी पोखरेलले जानकारी दिए। कैदीबन्दीका गुनासा सुनेर सकेसम्म समाधानको प्रयास गर्ने उद्देश्यले शिविरको आयोजना गरिएको उनले बताए।

यसलगत्तै कारागारमा 'टेली इन्क्वाइरी सेवा' पनि सुरु गरिने पोखरेलको भनाइ छ।

प्रकाशित मिति: बुधबार, भदौ ४, २०७६  १९:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार, असोज २३, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्