राजविराज- पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनी गाउँपालिका, विरेन्द्र बजारमा मंगलबार राति यात्रुबसले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु भएको छ।
पश्चिम जाँदै गरेको ना६ख ९४७९ नम्बरको बसले रुपनी गाउँपालिका-६ का २२ वर्षीय विजय यसमाली मगरले चलाएको साइकललाई ठक्कर दिएको थियो। बसको ठक्करबाट मगर गम्भीर घाइते भएका थिए।
स्थानीय युनिक अस्पतालमा प्रथामिक उपचारपछि थप उपचारका लागि विराटनगर लाने क्रममा बाटोमै मगरको मृत्यु भएको उपचारका वडा नम्बर ६ का अध्यक्ष गोविन्द सिंह थापाले जानकारी दिए।
बस र चालकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।