काठमाडौं– मालपोत कार्यालय कास्कीमा कार्यरत मालपोत अधिकृत अविनाश कुँवर घुस सहित पक्राउ परेका छन्। रजिष्ट्रेशन पास गर्न नियमानुसार आवश्यक सबै कागजात प्रमाणसहित पेश गर्दा पनि सेवाग्राहीसँग विभिन्न बहाना बनाई घुस माग गरेका थिए।
उक्त सूचना पाएपछि ख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय पोखराले रंगे हात पक्राउ गरेको हो।
कुँवरलाई सेवाग्राहीसँग रु.५९ हजार घुस वापतको रकम लिइसकेको अवस्थामा पोखरा महानगरपालिका वडा नं ७ मुस्ताङचोक नजिकैबाट मिति मंगलबार गते नियन्त्रणमा लिइएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।