तुलसीपुर- दाङमा एनसेलको टावरमा आगजनी भएको छ। गएराति अज्ञात समूहले शान्तिनगर गाउँपालिका-५, रगैँचामा रहेको टावरमाथि आगजनी गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहका अनुसार टावरको जेनेरेटर र तारमा क्षति पुगेको छ।
टावरमा नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाले आगजनी गरेको हुनसक्ने उनको भनाइ छ। यस विषयमा अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय खिलतपुरको टोली घटनास्थल पुगिसकेको प्रहरी नायब उपरीक्षक शाहले जानकारी दिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।