• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

रणहार : एक निस्पृह राजाको दु:खान्त

64x64
नेपाल लाइभ सोमबार, भदौ २, २०७६  १४:२५
1140x725

गतवर्ष प्रकाशित इतिहास-आख्यान 'रणहार' हल्लाखल्ला र चर्चा-परिचर्चाको भिडमा मिसिएन। ठ्याक्कै यसका लेखक योगेश राज जस्तै। 

इतिहासका अनुसन्धाता योगेश राज सहरमा देखिइरहने, किताब विमोचनमा झुल्किइरहने र चिया पसलमा गफ जोतिरहने लेखक होइनन्। गुपचुप रहेरै उनी गहकिला पुस्तक दिइरहन्छन्। उनकै पुस्तक 'रणहार' २०७५ सालको मदन पुरस्कारका लागि योग्य ठहरिएको छ।

१५१ पृष्ठको छरितो पुस्तकले भक्तपुरका अन्तिम राजा रणजित मल्लको दुर्बलता, गोर्खाका राजा पृथ्वीनारायण शाहका सिपाहीसँगको आत्मसमर्पण र उनको काशी यात्रालाई देखाउँछ। लालित्यपूर्ण भाषाका कारण ऐतिहासिक उपन्यास रोचक बनेको छ। पढिरहँदा केही छुटेजस्तो केही नपुगेजस्तो भने पाठकलाई भई नै रहन्छ।

गोर्खाली राजा पृथ्वीनारायण शाहको उपत्यका हमलापछि कान्तिपुरका राजा जयप्रकाश मल्ल र पाटनका राजा तेजनरसिंह मल्ल भक्तपुर दरबारमा शरणका लागि पुग्छन्। तीन पटकको आक्रमणमा कीर्तिपुर विजय गरेपछि गोर्खाली राजामा उपत्यकाका तीनै राज्य कब्जा गर्ने साहस बढ्छ भने काठमाडौं, ललितपुर र भक्तपुरका मल्ल राजामा हतासा। 

१८२५ असोज १३ मा इन्द्रजात्राकै दिन काठमाडौं र २५ गते ललितपुरमाथि पृथ्वीनारायणले विजय हासिल गर्छन्। तर भक्तपुर जित्नका लागि पृथ्वीनारायणले एक वर्षभन्दा बढी समय कुरेका छन्। भक्तपुरका राजा रणजित उनका 'मितबुबा' भएकाले पनि तत्कालै गद्दीच्यूत गर्ने योजनामा उनी नभएको बुझ्न सकिन्छ।

अन्तत: १८२६ मंसिर १ गते भक्तपुरमाथि आक्रमण हुन्छ। भर्‍याङ उक्लिरहेका बेला खुट्टामा गोली लागेपछि जयप्रकाश त्यहीँ ढल्न पुग्छन्। रणजितले पनि पार नलाग्ने बुझेपछि अंगरक्षकलाई आफ्नो पगरी झ्यालमुनि झुन्ड्याइदिन आग्रह गर्छन्। यो संकेत आत्मसमर्पणको हो भन्ने बुझेपछि गोर्खालीहरुको आक्रमण रोकिन्छ।

दुवाकोटको पाखोमा अचानक नांगो तरबारसहित आएको डफ्फाले अपहरण गरी उनलाई कहाँ पुर्‍यायो? न त उनको संरक्षक बनेर यात्रामा रहेका भैरव मल्लले पत्तो पाउँछन्, न त पाठकले नै।

उपन्यासमा उल्लेख नभए पनि भक्तपुर आक्रमणका बेला १५ सय सशस्त्र फौज पठाइएको थियो। २ हजारभन्दा बढीको मृत्यु र ५ सयभन्दा बढी घरमा क्षति पुगेको इतिहासकारहरुले उल्लेख गरेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

'त्यसपछि गोर्खालीहरुले तीनै राजालाई नजरबन्द गरे। विद्रोही न्यार राजपुत्रहरुलाई काटे। दरबारका रुन्चे रानी मय्जुहरुलाई माइत लखेटे' (पृ. ८)।

यी तीन राजामध्ये खुट्टामा गोली लागेर घायल बनेका जयप्रकाशले पशुपति जाने इच्छा जाहेर गरे। तेजनरसिंहले केही नमागेकाले उनी भक्तपुर दरबारमै कैद रहे। ५० वर्ष शासन गरेका रणजितले काशी यात्राको इच्छा गरे।

OOO

'पराजय आइपुग्दा बाघले झम्टेजस्तो आएन। भुइँचालो गएन। नरमाइलो भएन।' भक्तपुर दरबार आक्रमणको चित्रणसँगै आख्यानको सुरुवात यही वाक्यांशबाट हुन्छ। यस्तै भाषिक चमत्कारले पाठकलाई मजैसँग तानिरहन्छ। सँगसँगै लेखकले भक्तपुर दरबारको संरचना, हरेकजसो चोक, इनार, ढुंगेधारा मन्दिरहरुको चित्रात्मक वर्णन गरेका छन्।

Xtrem

Xtrem

रणजितको पराजयको कथा सुनाउँदै गर्दा लेखक उनका बुबा राजा भूपतीन्द्र मल्लसम्म पनि पुग्छन्। उनको राजपाठ शैलीसँगै ९ वर्षे युवराज रणतिजको चञ्चलता र जिज्ञासुपनलाई पनि रोचक शैलीमा पस्केका छन्। 

तर, बालक रणजितलाई किन नगदेश लगिँदै थियो। उपन्यासले यो खुलाउँदैन। र, दुवाकोटको पाखोमा अचानक नांगो तरबारसहित आएको डफ्फाले अपहरण गरी उनलाई कहाँ पुर्‍यायो? न त उनको संरक्षक बनेर यात्रामा रहेका भैरव मल्लले पत्तो पाउँछन्, न त पाठकले नै। अपहरणपछि रणजितको फिर्ती कसरी भयो, त्यो पनि सहजै खुल्दैन। वाभू (अहिलेको थिमिनेरको प्रदेश) जित्ने तयारीबारे पनि उल्लेख गरिएको छ। तर, राजाले त्यो प्राप्त गरे या गुमाए? उपन्यासले भन्दैन।

रणजितले निर्बाध आधा शताब्दी राज्य चलाइरहे। त्यत्रो शक्तिशाली राज्यका कमान्डरले अन्तत: आत्मसमर्पण गर्नुपर्‍यो। उनले समयमै गर्नुपर्ने काम गरेनन्। जति बेला ब्युँझिए धेरै ढिला भइसकेको थियो।

यस्ता कतिपय प्रसंग लेखकले भन्दाभन्दै छुटाएका छन्। हुन त लेखकको चतुर्‍याइँ पनि हुन सक्छ। किनकि पाठकीय मस्तिष्कले थप कसरत गर्न पाउँछ। मैले पनि यो सामान्य 'पठन अनुभूति' लेख्दै गर्दा इतिहासका केही पाना पल्टाउनुपरेको थियो। यो पाठकका लागि फाइदा पनि हो।

पृथ्वीनारायणले धावा बोलेपछि उपत्यकाका तीनै अन्तिम मल्ल राजाहरुको नियतिलाई संक्षेपमा उपन्यासले बुझाउँछ। रणजितको हार स्विकारपछि नै पृथ्वीनारायणको उपत्यका विजय यात्राले सफलता पाएको थियो। 

रणजितले निर्बाध आधा शताब्दी राज्य चलाइरहे। त्यत्रो शक्तिशाली राज्यका कमान्डरले अन्तत: आत्मसमर्पण गर्नुपर्‍यो। उनले समयमै गर्नुपर्ने काम गरेनन्। जति बेला ब्युँझिए धेरै ढिला भइसकेको थियो। राज्य गुमाइसकेका थिए। तर, बाँकी ज्यान त थियो। उनले बल्ल जीवनको मूल्य खोज्न चाहे, र कुनै लोभलालच नराखी राज्य सुम्पिएर सहजै काशी प्रवासतिर लागे। 'रणजित मल्ल, अवधूतसिं नाम गरेका उनका एक छोरा र नाम नखुलेकी कान्छी रानी गोर्खाली विजयको केही कालपछि नै काशी पठाइए। गरुडनारायणले घ्यूचाकु संक्रान्ति एक दिनअघि रणजितहरुले भक्तपुर छाडेको कुरा उल्लेख गरेका छन्' (उपसंहार, पृ. १४९)।

रणजितको अर्को कमजोरी 'प्रेमको ज्वरो' पनि हो। १९ वर्षे राजा रणजित गाईजात्राको साँझ एक दुब्ली केटीलाई देखेर एकाग्र हुन्छन्। र, गहिरो प्रेममा डुब्छन्। त्यसपछि उनलाई आफ्नो अनुशासित, मर्यादित र संयमित जीवनशैली कृत्रिम लाग्न थाल्छ। पछि तिनै दुब्ली केटी मनमैंजु राजाकी सुसारेका रुपमा स्याहार गर्न आइपुग्छे। राजालाई हनहन्ती ज्वरो आएको हुन्छ। त्यसबेला यी दुईबीचको संवाद निकै रोमान्चक लाग्छ। राजाले आफूलाई बिहे गर्न चाहेको उसले भरखरै मात्र थाहा पाउँछे। 

कहीँकतै त्रुटि पनि नभएका होइनन्। जस्तै: उनले एक ठाउँ 'नौवर्षे शिशु' (पृ.२८) लेखेका छन्। 'राजा भएपछि रणजित मल्ल भैरवचोक पटक-पटक पुगे। प्राय: समय निस्सार लागेर कलेजो जमेको बेला।' भन्ने वाक्यांश पृष्ठ ८०, ८३ र ८७ मा दोहोरिएको छ।

यता ज्वरोले आक्रान्त रणजित भने मृत्युको उत्कट चाहना रहेको सुनाउँछन्। त्यसपछि मनमैंजुमा राजाप्रतिको प्रेम अझ झाँगिन्छ। 'मनमैंजुका दुई हत्केलाले रणजितको कानछेउका केश समाएर निधार-निधार जोडेका थिए। उनले हलुकासित मनमैंजुको गालामा थुक दलिलिए- जिब्रोले' (पृ. १२७)।

OOO

यो पुस्तक आख्यानमात्रै होइन, इतिहास र संस्कृतिको पनि मिश्रण छ। लेखकले भनेका छन्, 'सबै ऐतिहासिक आख्यानझैं यो पुस्तक शुद्ध इतिहास होइन, इतिहासमा आधारित पुनर्रचना मात्र हो। यसमा तथ्य र कल्पनाको छ्यासमिस छ। इतिहासनिष्ठ भने हुन खोजेको छु' (उससंहार १४७)।

भाषिक शैलीको चमत्कारपूर्ण प्रयोग गरेका लेखकले बीचबीचमा नेपाल भाषाको प्रयोग पनि गरेका छन्। त्यसले विषय-सन्दर्भलाई न्याय गरेको छ। 'कालको संगीत सुन्न थाले', 'भर्खर खोलिएका फलफूल पसलजस्ता चम्किला', 'प्रश्नको दूबो' जस्ता विम्ब प्रयोग लोभलाग्दा छन्। 

कहीँकतै त्रुटि पनि नभएका होइनन्। जस्तै: उनले एक ठाउँ 'नौवर्षे शिशु' (पृ.२८) लेखेका छन्। 'राजा भएपछि रणजित मल्ल भैरवचोक पटक-पटक पुगे। प्राय: समय निस्सार लागेर कलेजो जमेको बेला।' भन्ने वाक्यांश पृष्ठ ८०, ८३ र ८७ मा दोहोरिएको छ।

मूलत: यो आख्यान रणजित जस्ता एक निस्पृह राजाको दु:खान्त कथा नै हो। तत्कालीन समयको राज्यविस्तार, राज्य व्यवस्था, राजकुल र दरबारको संरचना, राजाहरुका गुण-अवगुण र उपत्यकाको सांस्कृतिक वैभवलाई लेखकले पर्गेलेका छन्। इतिहासका तिथिमिति र विषय जटिल लाग्नेहरुका लागि भने इतिहासकै जगमा उभिएको यो आख्यान १८औं शताब्दी चिहाउने सहज आँखीझ्याल बन्न सक्छ।

प्रकाशित मिति: सोमबार, भदौ २, २०७६  १४:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रपतिद्वारा संघीय संसदको चालू अधिवेशन अन्त्य
‘निर्दलीय शैली, एकदलीय चरित्र, जरासन्धजस्तो सरकार’ : सांसद पोखरेल
२५ अर्ब खर्चेर करिब १३ हजार निजामती कर्मचारीलाई अवकाश दिने प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा दर्ता (पूर्णपाठ)
सम्बन्धित सामग्री
खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन विमोचन कार्यक्रममा ‘नेपाल–जापान खेल सम्बन्ध’ पुस्तकबारे आफ्नो धारणा राख्दै कार्यवाहक राजदूत पौडेलले पुस्तकमार्फत नेपाल र जापानबीचको... शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा ‘आप्रवासी नेपाली साहित्यको इतिहास’ आप्रवासी नेपाली साहित्यको प्रथम आधिकारिक इतिहास हो । कृतिमार्फत प्राडा लुइँटेलले नेपाली डायस्पोरा... शुक्रबार, असोज २, २०८३
कविता: जेन्जी सहिदहरुको सम्झनामा मेरा सहजताका खातिर, मेरो यो शिर भ्रष्टाचारीसामु झुक्यो भने डराएर केही गुम्ला भनी, मेरो आवाज अहंकारीसामु सुक्यो भने देशका लागि रगत... मंगलबार, भदौ २३, २०८३
ताजा समाचारसबै
राष्ट्रपतिद्वारा संघीय संसदको चालू अधिवेशन अन्त्य बिहीबार, असोज १५, २०८३
‘निर्दलीय शैली, एकदलीय चरित्र, जरासन्धजस्तो सरकार’ : सांसद पोखरेल बिहीबार, असोज १५, २०८३
२५ अर्ब खर्चेर करिब १३ हजार निजामती कर्मचारीलाई अवकाश दिने प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा दर्ता (पूर्णपाठ) बिहीबार, असोज १५, २०८३
बाढी प्रभावित क्षेत्रमा पुल निर्माणका लागि चीनले नेपाललाई दुई बेली पुलका सामग्री दियो बिहीबार, असोज १५, २०८३
संसद् अधिवेशन अन्त्यको निर्णय, राष्ट्रपतिलाई पत्र पठाइयो बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्