• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, माघ ७, २०८२ Wed, Jan 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

रणहार : एक निस्पृह राजाको दु:खान्त

64x64
नेपाल लाइभ सोमबार, भदौ २, २०७६  १४:२५
1140x725

गतवर्ष प्रकाशित इतिहास-आख्यान 'रणहार' हल्लाखल्ला र चर्चा-परिचर्चाको भिडमा मिसिएन। ठ्याक्कै यसका लेखक योगेश राज जस्तै। 

इतिहासका अनुसन्धाता योगेश राज सहरमा देखिइरहने, किताब विमोचनमा झुल्किइरहने र चिया पसलमा गफ जोतिरहने लेखक होइनन्। गुपचुप रहेरै उनी गहकिला पुस्तक दिइरहन्छन्। उनकै पुस्तक 'रणहार' २०७५ सालको मदन पुरस्कारका लागि योग्य ठहरिएको छ।

१५१ पृष्ठको छरितो पुस्तकले भक्तपुरका अन्तिम राजा रणजित मल्लको दुर्बलता, गोर्खाका राजा पृथ्वीनारायण शाहका सिपाहीसँगको आत्मसमर्पण र उनको काशी यात्रालाई देखाउँछ। लालित्यपूर्ण भाषाका कारण ऐतिहासिक उपन्यास रोचक बनेको छ। पढिरहँदा केही छुटेजस्तो केही नपुगेजस्तो भने पाठकलाई भई नै रहन्छ।

गोर्खाली राजा पृथ्वीनारायण शाहको उपत्यका हमलापछि कान्तिपुरका राजा जयप्रकाश मल्ल र पाटनका राजा तेजनरसिंह मल्ल भक्तपुर दरबारमा शरणका लागि पुग्छन्। तीन पटकको आक्रमणमा कीर्तिपुर विजय गरेपछि गोर्खाली राजामा उपत्यकाका तीनै राज्य कब्जा गर्ने साहस बढ्छ भने काठमाडौं, ललितपुर र भक्तपुरका मल्ल राजामा हतासा। 

१८२५ असोज १३ मा इन्द्रजात्राकै दिन काठमाडौं र २५ गते ललितपुरमाथि पृथ्वीनारायणले विजय हासिल गर्छन्। तर भक्तपुर जित्नका लागि पृथ्वीनारायणले एक वर्षभन्दा बढी समय कुरेका छन्। भक्तपुरका राजा रणजित उनका 'मितबुबा' भएकाले पनि तत्कालै गद्दीच्यूत गर्ने योजनामा उनी नभएको बुझ्न सकिन्छ।

अन्तत: १८२६ मंसिर १ गते भक्तपुरमाथि आक्रमण हुन्छ। भर्‍याङ उक्लिरहेका बेला खुट्टामा गोली लागेपछि जयप्रकाश त्यहीँ ढल्न पुग्छन्। रणजितले पनि पार नलाग्ने बुझेपछि अंगरक्षकलाई आफ्नो पगरी झ्यालमुनि झुन्ड्याइदिन आग्रह गर्छन्। यो संकेत आत्मसमर्पणको हो भन्ने बुझेपछि गोर्खालीहरुको आक्रमण रोकिन्छ।

दुवाकोटको पाखोमा अचानक नांगो तरबारसहित आएको डफ्फाले अपहरण गरी उनलाई कहाँ पुर्‍यायो? न त उनको संरक्षक बनेर यात्रामा रहेका भैरव मल्लले पत्तो पाउँछन्, न त पाठकले नै।

उपन्यासमा उल्लेख नभए पनि भक्तपुर आक्रमणका बेला १५ सय सशस्त्र फौज पठाइएको थियो। २ हजारभन्दा बढीको मृत्यु र ५ सयभन्दा बढी घरमा क्षति पुगेको इतिहासकारहरुले उल्लेख गरेका छन्।

Ncell 2
Ncell 2

'त्यसपछि गोर्खालीहरुले तीनै राजालाई नजरबन्द गरे। विद्रोही न्यार राजपुत्रहरुलाई काटे। दरबारका रुन्चे रानी मय्जुहरुलाई माइत लखेटे' (पृ. ८)।

यी तीन राजामध्ये खुट्टामा गोली लागेर घायल बनेका जयप्रकाशले पशुपति जाने इच्छा जाहेर गरे। तेजनरसिंहले केही नमागेकाले उनी भक्तपुर दरबारमै कैद रहे। ५० वर्ष शासन गरेका रणजितले काशी यात्राको इच्छा गरे।

OOO

'पराजय आइपुग्दा बाघले झम्टेजस्तो आएन। भुइँचालो गएन। नरमाइलो भएन।' भक्तपुर दरबार आक्रमणको चित्रणसँगै आख्यानको सुरुवात यही वाक्यांशबाट हुन्छ। यस्तै भाषिक चमत्कारले पाठकलाई मजैसँग तानिरहन्छ। सँगसँगै लेखकले भक्तपुर दरबारको संरचना, हरेकजसो चोक, इनार, ढुंगेधारा मन्दिरहरुको चित्रात्मक वर्णन गरेका छन्।

रणजितको पराजयको कथा सुनाउँदै गर्दा लेखक उनका बुबा राजा भूपतीन्द्र मल्लसम्म पनि पुग्छन्। उनको राजपाठ शैलीसँगै ९ वर्षे युवराज रणतिजको चञ्चलता र जिज्ञासुपनलाई पनि रोचक शैलीमा पस्केका छन्। 

तर, बालक रणजितलाई किन नगदेश लगिँदै थियो। उपन्यासले यो खुलाउँदैन। र, दुवाकोटको पाखोमा अचानक नांगो तरबारसहित आएको डफ्फाले अपहरण गरी उनलाई कहाँ पुर्‍यायो? न त उनको संरक्षक बनेर यात्रामा रहेका भैरव मल्लले पत्तो पाउँछन्, न त पाठकले नै। अपहरणपछि रणजितको फिर्ती कसरी भयो, त्यो पनि सहजै खुल्दैन। वाभू (अहिलेको थिमिनेरको प्रदेश) जित्ने तयारीबारे पनि उल्लेख गरिएको छ। तर, राजाले त्यो प्राप्त गरे या गुमाए? उपन्यासले भन्दैन।

रणजितले निर्बाध आधा शताब्दी राज्य चलाइरहे। त्यत्रो शक्तिशाली राज्यका कमान्डरले अन्तत: आत्मसमर्पण गर्नुपर्‍यो। उनले समयमै गर्नुपर्ने काम गरेनन्। जति बेला ब्युँझिए धेरै ढिला भइसकेको थियो।

यस्ता कतिपय प्रसंग लेखकले भन्दाभन्दै छुटाएका छन्। हुन त लेखकको चतुर्‍याइँ पनि हुन सक्छ। किनकि पाठकीय मस्तिष्कले थप कसरत गर्न पाउँछ। मैले पनि यो सामान्य 'पठन अनुभूति' लेख्दै गर्दा इतिहासका केही पाना पल्टाउनुपरेको थियो। यो पाठकका लागि फाइदा पनि हो।

पृथ्वीनारायणले धावा बोलेपछि उपत्यकाका तीनै अन्तिम मल्ल राजाहरुको नियतिलाई संक्षेपमा उपन्यासले बुझाउँछ। रणजितको हार स्विकारपछि नै पृथ्वीनारायणको उपत्यका विजय यात्राले सफलता पाएको थियो। 

रणजितले निर्बाध आधा शताब्दी राज्य चलाइरहे। त्यत्रो शक्तिशाली राज्यका कमान्डरले अन्तत: आत्मसमर्पण गर्नुपर्‍यो। उनले समयमै गर्नुपर्ने काम गरेनन्। जति बेला ब्युँझिए धेरै ढिला भइसकेको थियो। राज्य गुमाइसकेका थिए। तर, बाँकी ज्यान त थियो। उनले बल्ल जीवनको मूल्य खोज्न चाहे, र कुनै लोभलालच नराखी राज्य सुम्पिएर सहजै काशी प्रवासतिर लागे। 'रणजित मल्ल, अवधूतसिं नाम गरेका उनका एक छोरा र नाम नखुलेकी कान्छी रानी गोर्खाली विजयको केही कालपछि नै काशी पठाइए। गरुडनारायणले घ्यूचाकु संक्रान्ति एक दिनअघि रणजितहरुले भक्तपुर छाडेको कुरा उल्लेख गरेका छन्' (उपसंहार, पृ. १४९)।

रणजितको अर्को कमजोरी 'प्रेमको ज्वरो' पनि हो। १९ वर्षे राजा रणजित गाईजात्राको साँझ एक दुब्ली केटीलाई देखेर एकाग्र हुन्छन्। र, गहिरो प्रेममा डुब्छन्। त्यसपछि उनलाई आफ्नो अनुशासित, मर्यादित र संयमित जीवनशैली कृत्रिम लाग्न थाल्छ। पछि तिनै दुब्ली केटी मनमैंजु राजाकी सुसारेका रुपमा स्याहार गर्न आइपुग्छे। राजालाई हनहन्ती ज्वरो आएको हुन्छ। त्यसबेला यी दुईबीचको संवाद निकै रोमान्चक लाग्छ। राजाले आफूलाई बिहे गर्न चाहेको उसले भरखरै मात्र थाहा पाउँछे। 

कहीँकतै त्रुटि पनि नभएका होइनन्। जस्तै: उनले एक ठाउँ 'नौवर्षे शिशु' (पृ.२८) लेखेका छन्। 'राजा भएपछि रणजित मल्ल भैरवचोक पटक-पटक पुगे। प्राय: समय निस्सार लागेर कलेजो जमेको बेला।' भन्ने वाक्यांश पृष्ठ ८०, ८३ र ८७ मा दोहोरिएको छ।

यता ज्वरोले आक्रान्त रणजित भने मृत्युको उत्कट चाहना रहेको सुनाउँछन्। त्यसपछि मनमैंजुमा राजाप्रतिको प्रेम अझ झाँगिन्छ। 'मनमैंजुका दुई हत्केलाले रणजितको कानछेउका केश समाएर निधार-निधार जोडेका थिए। उनले हलुकासित मनमैंजुको गालामा थुक दलिलिए- जिब्रोले' (पृ. १२७)।

OOO

यो पुस्तक आख्यानमात्रै होइन, इतिहास र संस्कृतिको पनि मिश्रण छ। लेखकले भनेका छन्, 'सबै ऐतिहासिक आख्यानझैं यो पुस्तक शुद्ध इतिहास होइन, इतिहासमा आधारित पुनर्रचना मात्र हो। यसमा तथ्य र कल्पनाको छ्यासमिस छ। इतिहासनिष्ठ भने हुन खोजेको छु' (उससंहार १४७)।

भाषिक शैलीको चमत्कारपूर्ण प्रयोग गरेका लेखकले बीचबीचमा नेपाल भाषाको प्रयोग पनि गरेका छन्। त्यसले विषय-सन्दर्भलाई न्याय गरेको छ। 'कालको संगीत सुन्न थाले', 'भर्खर खोलिएका फलफूल पसलजस्ता चम्किला', 'प्रश्नको दूबो' जस्ता विम्ब प्रयोग लोभलाग्दा छन्। 

कहीँकतै त्रुटि पनि नभएका होइनन्। जस्तै: उनले एक ठाउँ 'नौवर्षे शिशु' (पृ.२८) लेखेका छन्। 'राजा भएपछि रणजित मल्ल भैरवचोक पटक-पटक पुगे। प्राय: समय निस्सार लागेर कलेजो जमेको बेला।' भन्ने वाक्यांश पृष्ठ ८०, ८३ र ८७ मा दोहोरिएको छ।

मूलत: यो आख्यान रणजित जस्ता एक निस्पृह राजाको दु:खान्त कथा नै हो। तत्कालीन समयको राज्यविस्तार, राज्य व्यवस्था, राजकुल र दरबारको संरचना, राजाहरुका गुण-अवगुण र उपत्यकाको सांस्कृतिक वैभवलाई लेखकले पर्गेलेका छन्। इतिहासका तिथिमिति र विषय जटिल लाग्नेहरुका लागि भने इतिहासकै जगमा उभिएको यो आख्यान १८औं शताब्दी चिहाउने सहज आँखीझ्याल बन्न सक्छ।

प्रकाशित मिति: सोमबार, भदौ २, २०७६  १४:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पतञ्जलि जग्गा प्रकरण : माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा अख्तियारबाट मिसिल झिकाउने आदेश
सार्वजनिक सम्पत्ति जलाउनेहरू अपराधी हुन्, कारबाही हुनैपर्छ : ओली
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले
सम्बन्धित सामग्री
‘संज्ञान विमर्श’ को आठौँ शृंखला : पाटन क्याम्पसमा गरियो नाट्साहित्यमा बहस पाटन संयुक्त क्याम्पस, नेपाली विभागको साप्ताहिक शृंखला ‘संज्ञान विमर्श’ को शुक्रबारको अंकमा नाट्य सम्राट् बालकृष्ण समका पौराणिक नाटक... शनिबार, पुस १२, २०८२
यस वर्ष पहिचान सम्मानबाट साहित्यकार काइँला पुरस्कृत काइँलाले नेपाली साहित्य, किराँत संस्कृतिलगायत क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै नगद  पाँच लाख दुई हजार दुईसहित ताम्रपत्रले सम्... शनिबार, मंसिर २०, २०८२
आज स्वरसम्राट नारायणगोपालको स्मृति दिवस साँस्कृतिक संस्थानका महाप्रबन्धक रहँदा उनले बागीना (बाजा, गीत, नाच) नामक नेपालकै पहिलो सांगीतिक पत्रिका प्रकाशन गरेका थिए। शुक्रबार, मंसिर १९, २०८२
ताजा समाचारसबै
पतञ्जलि जग्गा प्रकरण : माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा अख्तियारबाट मिसिल झिकाउने आदेश बुधबार, माघ ७, २०८२
सार्वजनिक सम्पत्ति जलाउनेहरू अपराधी हुन्, कारबाही हुनैपर्छ : ओली बुधबार, माघ ७, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
परिष्कृत कांग्रेसमार्फत समुन्नत देश निर्माण - सभापति थापा बुधबार, माघ ७, २०८२
स्विट्जरल्यान्डमा ग्रिनल्यान्डलाई लिएर ट्रम्प–युरोप तनाव बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
देउवा चुनाव नलड्ने भएपछि उनको ठाउँमा महरले पाए टिकट मंगलबार, माघ ६, २०८२
दमकमा एमाले–रास्वपाबीच झडप, एमालेलाई बिच्क्याए महँगो पर्ने ओलीको चेतावनी मंगलबार, माघ ६, २०८२
राप्रपाले टुंगो लगायो १६० क्षेत्रमा उम्मेदवार मंगलबार, माघ ६, २०८२
शिक्षामन्त्री महावीर पुनले पनि दिए राजीनामा मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्