डडेल्धुरा- महाकाली नदीमा पानीको बहाव उच्च भएको छ। पहाडी भेगमा लगातारको वार्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेको हो।
डडेल्धुरा र कञ्चननपुरसहित चुरे क्षेत्रमा परेको पानीका कारण महाकाली नदीमा पानीको बहाव १ लाख ३८ हजार क्युसेक पुगेको जिल्ला आपत्कालिन कार्य सञ्चालन केन्द्र कञ्चनपुरले जनाएको छ। नदीमा पानीको बहाव बढेसँगै भारतले महाकाली (शारदा) ब्यारेजमा चारपांग्रे सवारीसाधनको आवागमनमा रोक लगाएको जिल्ला प्रशासन कार्यालय कञ्चपुरले जनाएको छ।
चारपांग्रे सवारीसाधानमा रोक लगाइए पनि पैदलयात्री र दुई पांग्रे सवारीका साधन भने सञ्चालनमा रहेका छन्। महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेक नाघेपछि पुलका सुरक्षाको कारण देखाउँदै भारतीय पक्षले चारपांग्रे सवारीसाधानको आवागमनमा रोक लगाउँदै आएको छ।
महाकाली नदीको पानीको बहाव डल्डेल्धुराको परीगाँउ र दार्चुलाको दत्तुमा मापन गर्ने गरिन्छ। पहाडी जिल्लामा पानीको बहाव घट्दै गइरहेको जिल्ला आपत्कालिन कार्य सञ्चालन केन्द्रले जनाएको छ। केन्द्रका अनुसार डडेल्धुरामा पानीको बहाव ५ मिटर ८० सेन्टिमिटर नाघे चेतावनीको संकेत मान्ने गरिएकोमा आज ४ मिटर ४७ सेन्टिमिटर रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।