काठमाडौं- पूर्व युवराज पारस शाहले त्रिभुवन विमानस्थलमा खटिएका प्रहरीमाथि दुर्व्यवहार गरेका छन्। आइतबार साँझ आमा कोमल शाह र छोराछोरीलाई थाइल्याण्ड जानका लागि विमानस्थलमा बिदाइका लागि पुगेका पारसले कार्यस्थलमा खटिएका एक सईलाई हातपात गरेका हुन्।
कोमल र पारसका छोराछोरी यसअघि नै थाइल्यान्ड गएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेट्न सोतर्फ जाँदै थिए। सो क्रममा पारसले ती प्रहरी अधिकारीमाथि पहिलो पटक छातीमा हातले धकेलेका थिए। अतिविशिष्ट कक्षतर्फ अगाडि बढिसकेका उनी पुनः फर्केर ती अधिकारीलाई औंला उठाउँदै चेतावनी दिएको सामाजिक सञ्जालमा भाइरल बनेको एक भिडियाोमा स्पष्ट देखिन्छ।
पारसले आफ्ना छोरा र भान्जालाई दुर्व्यवहार गरेको भन्दै उनले ति प्रहरी अधिकारीलाई दुर्व्यवहार गरेका बताइएको छ। पारससहित आमा कोमल र परिवारका अन्य सदस्यसहित विमानस्थल पुग्दा उका समर्थकहरुले नाराबाजी गरेका थिए।
घटनाको सम्बन्धमा हालसम्म ति प्रहरी अधिकारीले उजुरी नगरेको बताइएको छ।
काजका क्रममा कार्यस्थलमा खटिएका प्रहरीमाथि दुर्व्यवहार गर्दा सार्वजनिक अपराधको मुद्दा लाग्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।