काठमाडौं- सञ्चारकर्मी रवि लामिछानेको पक्राउ प्रक्रिया दुरायशपूर्ण रहेको नेपाली कांग्रेसका नेता अर्जुनरसिंह केसीले बताएका छन्।
प्रहरीद्धारा हुने न्यायिक निरुपणको प्रतिक्षा रहेको जनाउँदै उनले भने, ‘त्यस प्रक्रियालाई प्रभाव पार्ने कुनै मनसाय छैन।’ मृत फेला परेका पत्रकार शालिकराम पुडासैनीको विषयमा छानबिन गर्न प्रहरीलाई सहयोग गर्ने प्रतिवद्धता गरेका लामिछानेलाई अचानक प्रक्राउ गर्नु प्रेस स्वतन्त्रता विरोधी कार्य भएको उनले बताए।
उनले प्रश्न गरे, ‘कार्यक्रम उत्पादनका क्रममा रहेका लामिछानेलाई कार्यक्रम सिद्धिनुअघि पक्राउ गर्न किन हतार?’
लामछिानेले छानबिन तथा अनुसन्धानलाई सहयोग पुर्याउने प्रतिवद्धता जनाएका थिए। नेता केसीले प्रहरीले सोधपुछका लागि डाकेर आवश्यक बुझ्नसक्ने अवस्था हुँदाहुँदै पक्रेको प्रति आपत्ति जनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।