• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

जब मैले थारु बोल्न जानिनँ

64x64
नेपाल लाइभ शनिबार, साउन ३२, २०७६  १५:३०
1140x725

'का बा हाल खबर, का करटो?'

गाउँघरबाट आउने पाहुनाहरु यसरी नै थारु भाषामा कुरा गर्न खोज्थे। उनीहरुले बोलेको बुझ्थेँ तर थारुमै फर्काउन आउँदैनथ्यो मलाई। अनि जवाफ दिनुपर्थ्यो- खस नेपाली भाषामा। 

आमाबुवाले मुस्कुराँउदै भन्नुहुन्थ्यो, 'सानैदेखि सहरमा बस्यो, थारु अलिअलि बुझ्छ, बोल्नचाहिँ आउँदैन।'

आफ्नो सन्तानलाई मातृभाषा आउँदैन भनिरहँदा मेरा अभिभावकलाई हिनताबोध हुनपर्ने हो तर उल्टै गर्व पो गर्नुहुन्थ्यो! मैले पनि थारु नजानेकोमा गर्व गर्न थालेँ। अलिअलि जानेको थारु पनि केही नजाने जस्तो अभिनय गर्न थालेँ। 

अन्य भाषा सिक्नैपर्ने अनि बोल्नैपर्ने आवश्यकता थियो। किनकि म सहरमा हुर्कें/बढेँ। तर आफ्नो मातृभाषा नै बिर्सनुपर्ने कुनै पनि बाध्यता थिएन मेरा लागि। साँच्चै भन्ने हो भने आफ्ना छोराछोरीलाई थारु बोल्नै आउँदैन भनेर एक किसिमले गर्व गर्न थालेका थिए, मेरा अभिभावकले। अझै पनि कतिले त गर्दा हुन्।

मातृभाषा प्रतिको मोह मलाई धेरैपछि मात्रै जागेको हो। कलेजको अध्ययनको सिलसिलामा म एउटा थारु गाउँमा पुगे। थारु नबोली नहुने। थारुबाहेक अन्य भाषा नबुझ्ने मानिस थुप्रै थिए, गाउँमा। खस नेपालीमा केही थारु शब्द मिसाउँदै जानीनजानी अन्तरंग कुराकानी गर्थें। 

थारु मात्रै किन नेपालमा बोलिने सबै मातृभाषाका आफ्नै मौलिकता छन्। र, तिनको सुन्दर पक्ष भनेकै बोलीमा आफ्नै लबज र मिठासपन हो। भाषा सिक्न सकिएला तर बोलीमा आउने त्यो मौलिक लबज जतिसुकै पैसा तिरेर पनि सिक्न सकिँदैन। 

काठमाडौं बस्दा कहिल्यै लागेन कि नेपालमा बसोबास गर्नेहरु नेपाली बोल्न जान्दैनन्। एक दिन नेपाली अलि राम्रै बुझ्ने व्यक्तिसँग म कुराकानी गर्दै थिएँ। पछाडिबाट एक युवतीको आवाज सुनियो। भनिन्, 'सहरमा बस्ने थारुले थारु बोल्न जान्दैनन् भनेर हामीले पनि कहिल्यै पनि सोच्न सकेनौं।'

Ncell 2
Ncell 2
nimb
nimb

आफ्नै मातृभाषा बोल्न नजानेकोमा अब मलाई हिनताबोध हुन थालेको थियो। अर्काको भाषा सिक्नु त सिक्नु तर यसरी कसैले नसिकियोस् कि आफ्नै भाषा बिर्सियोस्। आफूले बोल्न सक्ने भाषाको लिस्टमा जति धेरै भाषा थपिए पनि आफ्नै भाषा बोल्न नसक्नुमा अब मैले गर्व गर्ने ठाउँ कतै देखिनँ। 

म सहरमा हुर्कें/बढेँ। गैर थारु समाजमा। जहाँ थारु भाषाले मात्रै काम चल्दैनथ्यो। तर आफ्ना आमाबाबुबाट समेत मैले थारु सिक्न सकिनँ। उहाँहरुको मान्यता थियो, छोराछोरीलाई थारु सिकाउन हुँदैन। जबर्जस्त मान्यता थियो सायद, थारु सिकायो भने उनीहरुको टोनमा पछिसम्म सुधार हुँदैन र 'ट' र 'त' छुट्याउन सक्दैनन्। 

तिमीलाई 'टिमी' नै भने पनि त त्यो थारु गाउँको मौलिकतामा मैले थारुपनको स्वाद पाएँ। सहरमा बसेर नेपाली बोल्दा पनि जबर्जस्ती अंग्रेजी टोन ल्याउनेहरुसँग म त्यो थारु लबजको मौलिकता कतै पनि तुलना गर्ने ठाउँ देख्दिन। थारु मात्रै किन नेपालमा बोलिने सबै मातृभाषाका आफ्नै मौलिकता छन्। र, तिनको सुन्दर पक्ष भनेकै बोलीमा आफ्नै लबज हो। भाषा सिक्न सकिएला तर बोलीमा आउने त्यो मौलिक लबज जतिसुकै पैसा तिरेर पनि सिक्न सकिँदैन। 

यसो गर्दा उनी भन्थिन्, 'ना लट्पटाउ ना।' वाह, यसको मौलिकता। उनलाई जिस्काइरहन मन हुन्थ्यो मलाई, र यो शब्द बारबार सुनिरहूँ लाग्थ्यो।

Xtrem

Xtrem

त्यो गाउँमा बस्दा म ती युवतीसँग नजिक हुन थालेकी थिएँ, जसले मलाई थारु बोल्न नजानेकोमा निकै हिनताबोध गराएकी थिइन्। 

उनले मलाई गाउँ डुलाइन्। हामी सँगसँगै जंगल डुल्न गयौं, खोला गयौं। गाउँमा रहेको अटुवा चढ्यौं। उनी मसँग धेरैजसो थारु र कहिलेकाहीँ मात्रै नेपाली बोल्थिन्। नेपाली बोलिरहँदाको उनको थारु लबजको नेपाली मलाई सुनिरहूँ लाग्थ्यो। अनुहारले उनी कति राम्री थिइन् भन्दा पनि उनको सबैभन्दा सुन्दर पक्ष नै उनको बोलीको लबज थियो।

हामी नजिक पनि भइसकेका थियौ अब त। म उनीसँग जिस्किने भइसकेकी थिएँ। कहिले कपाल तान्ने त कहिले हातै तानिदिने सामान्य जस्तै भइसकेको थियो। यसो गर्दा उनी भन्थिन्, 'ना लट्पटाउ ना।' वाह, यसको मौलिकता। उनलाई जिस्काइरहन मन हुन्थ्यो मलाई, र यो शब्द बारबार सुनिरहूँ लाग्थ्यो।

आफ्नो मातृभाषाप्रति पलाएको यो मोहदेखि कहिले त म आफै चकित हुन्छु। नेपाली, अंग्रेजी, स्पेनिस भाषाप्रति मेरो लगाव पहिलेदेखि नै थियो। कहिल्यै सोच्नै सकिनँ कि आफ्नो भाषा र त्यसका शब्दहरुले मलाई लठ्ठ बनाऊलान्। हुन पनि किन नबनाओस्, अरुका भाषाले दिमागसँग कुरा गर्छन् जब कि मातृमाषा सिधै दिलमा ठोक्किन्छन्। 

शब्दहरु सुनेर कानले राहत पाउनु अनि तिनै शब्दहरुले मनमा डेरा जमाइरहनु मातृभाषाबाहेक अन्यमा यो शक्ति कहाँ? 

बाध्य बनाइएका छन् त केवल बोल्नै नजानिने भाषाका किताब लेखपढ गर्न। ती बोल्नै नजानिने भाषाका बीचमा कमसेकम थारु बाहुल्य भएका विद्यालयमा 'क से करछुल, ख से खटिया' पढाइदिए कति राम्रो हुने थियो।

'मुनामदन' मैले सबैभन्दा धेरै पटक पढेको किताब हो। उसो त 'शिरीषको फूल' पनि थुप्रै पटक पढेकी छु। विशेषत: हाइस्कुल पढ्दा उपन्यास निकै पढिन्थ्यो। उपन्यासमा यति धेरै हराइन्थ्यो, हरेक उपन्यासका पात्र आफै हूँ जस्तो लाग्थ्यो। थारु उपन्यास कहिल्यै पढिनँ, भनूँ पढ्नलाई छँदै थिएन। थारु उपन्यास भइदिए, लाग्छ म थारु परिवेशमै हराउँथे। उल्था गरिएका किताबहरु पनि थारुमा नपाइने। आफ्नो भाषा बोल्न नजानेकोमा गर्व गर्ने समाजमा कसले थारुमा किताब लेखोस् वा कसैले लेखे पनि त्यो पढोस्! 

आज म थारु बोल्न त सक्छु लेख्न सक्दिनँ। पढ्न सक्दिनँ। त्यो गाउँमै पनि थारु बोल्छन्। जति धाराप्रवाहका साथ तिनीहरु नेपाली पढ्न सक्छन्, थारु सक्दैनन्। सायद थारु भाषा केवल बोल्नका लागि मात्रै हो, पढ्नका लागि होइन। अझ भनूँ, पढ्नका लागि थारुमै लेखिएका प्रशस्त पुस्तक छैनन्। थारुमै लेखिएका कुरा पढ्न न त बाध्यकारी नै छन्। बाध्य बनाइएका छन् त केवल बोल्नै नजानिने भाषाका किताब लेखपढ गर्न। ती बोल्नै नजानिने भाषाका बीचमा कमसेकम थारु बाहुल्य भएका विद्यालयमा 'क से करछुल, ख से खटिया' पढाइदिए कति राम्रो हुने थियो।

(प्रकाशोन्मुख निबन्ध संग्रह 'निलम्बित निबन्ध'बाट)

प्रकाशित मिति: शनिबार, साउन ३२, २०७६  १५:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लिग २ क्रिकेट : नेपालले क्यानडालाई हरायो
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब !
एमालेमा पुस्तान्तरणको बहसबीच ओलीले भने: अनुभव र योग्यता चाहिन्छ
सम्बन्धित सामग्री
बद्री अर्यालको ‘समृद्ध नेपालको आर्थिक दिग्दर्शन’ र ‘समृद्ध नेपालको राजनीतिक दिग्दर्शन’ सार्वजनिक जय नेपाल फाउन्डेशनको आयोजनामा राष्ट्रिय सभागृह, प्रदर्शनी मार्ग आयोजित एक समारोहबीच दुई पुस्तकको संयुक्त विमोचन गरिएको हो । शुक्रबार, असोज १६, २०८३
खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन विमोचन कार्यक्रममा ‘नेपाल–जापान खेल सम्बन्ध’ पुस्तकबारे आफ्नो धारणा राख्दै कार्यवाहक राजदूत पौडेलले पुस्तकमार्फत नेपाल र जापानबीचको... शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा ‘आप्रवासी नेपाली साहित्यको इतिहास’ आप्रवासी नेपाली साहित्यको प्रथम आधिकारिक इतिहास हो । कृतिमार्फत प्राडा लुइँटेलले नेपाली डायस्पोरा... शुक्रबार, असोज २, २०८३
ताजा समाचारसबै
लिग २ क्रिकेट : नेपालले क्यानडालाई हरायो आइतबार, असोज २५, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! आइतबार, असोज २५, २०८३
एमालेमा पुस्तान्तरणको बहसबीच ओलीले भने: अनुभव र योग्यता चाहिन्छ आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी :  सेनाले गर्‍यो ४९ जनाको उद्धार आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको परमादेश शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्