धेरै वर्षअघि ब्रिटिस एम्बेसी जहाँ थियो, त्यसलाई ब्रिटिस रेसिडेन्सी भनिन्थ्यो। त्यहाँ एउटा सर्जन थिए– ड्यानियल राइट भन्ने। उनी झन्डै १० वर्षजति नेपालमा बसेका थिए।
सन् १८७७ मा त्यस संस्थाले एउटा पुस्तक निकाल्यो–हिस्ट्री अफ नेपाल। नेपालको बारेमा थियो। त्यो पढ्दा एउटा कुराले मलाई छोएको छ। त्यसमा विशेष गरेर ठूलाठूला नेपालीहरूको जीवनशैलीको बारेमा कुरा गरिएको छ।
किताबमा उनले लेखेका छन्– मलाई गज्जब लाग्छ ती ठूलाठूला नेपालीहरू, एउटै किताब हुँदैन उनीहरूको घरमा। के गर्छन् कसरी समय बिताउँछन् तिनीहरूले?
वास्तवमा नेपालीहरू पढ्ने कुरामा कहलाएको जाति भने होइन। अरु बहादुरीमा हामी कहालाएका हौंला। त्यो हुनुको कारण के हो भने जुन बेला त्यो किताब लेखिएको थियो, त्यतिबेला मोतीराम भट्ट नै १०/१२ वर्षका थिए।
हाम्रो नेपाली साहित्यको उमेर नै सय/डेढ सय वर्ष त भयो नि। त्यसकारण ठूलाठालाहरूले के किताब पढ्नु र त्यतिबेला। हिन्दी किताब पढे मात्र न हो। नेपाली किताब त थिएन होला। अझै पनि मलाई एउटा कुरा के लाग्छ भने जोन उड माइक्रोसफ्टको चीनमा हाकिम थिए।
मलाई बाहिरका साथीहरूले चिठ्ठी लेख्दा ‘अहिले तिमी के किताब पढिरहेको छौ’ भन्ने कुरा चल्छ। त्यतिबेला साथीले आफूले पढेको किताबको बारेमा वर्णन गरेको हुन्छ। अनि मलाई पनि पढ्नैपर्ने बाध्य हुन्छ।
तिनी असाध्यै धनी मान्छेमा पर्थे। उनी ट्रेकिङको सिलसिलामा एकदिन नेपाल आए। त्यही बखत उनी लमजुङतिर गएका थिए। ट्रेकिङबाट आउँदा ‘बाहुन डाँडा’ भन्ने ठाउँका एक-दुई स्कुलमा पसेछन्। स्कुलभित्र पस्दा त उनी छक्क परे– स्कुलमा त किताबै छैन!
टेक्स्ट बुकबाहेक किताब नै नदेख्दा उनी दंग परे। त्यो त उनले कल्पनै गर्न नसक्ने कुरा थियो। अर्को स्कुल हेरे। जहाँ हेर्छन् कहीँ पनि किताब छैनन्।
उनलाई त्यस कुराले निकै जोडले हल्लायो। त्यसपछि उनले चिफको पद र जागिर नै छाडिदिए।
त्यसपछि उनले ‘रुम टु रिड’ भन्ने एउटा अर्गनाइजेसन खोलेर नेपालमा पुस्तक पठाउन थाले। हाल म्यानमार, भियतनाम लगायत धेरै देशमा संस्था पुगेको छ।
पुस्तक पढ्दा धेरै कुरा पाइन्छ। पहिलो त हामीलाई ज्ञान दिन्छ पुस्तकले। त्यति मात्र होइन। पुस्तकले लेखकको अनुभव र उसले गरेको चिन्तन मनन सर्लक्कै लिन पाइन्छ।
म केही दिनअघि नेपालको सबैभन्दा ठूलो पुस्तकालय रहेको त्रिभुवन विश्वविद्यालय गएको थिएँ। तर, त्यहाँ पनि राम्रो व्यवस्थापन र पर्याप्त पुस्तक पाउन सकिन्न रहेछ।
हाम्रो देश एउटा पनि सार्वजनिक लाइब्रेरी नभएको देश हो। अरु देशमा सबै ठाउँमा एकएक वटा लाइब्रेरी हुन्छ।
एउटै लाइब्रेरी नभएको देशमा पुस्तकमाथि १० सरकारले प्रतिशत कर लगाएको छ। यो त अति लाजमर्दो कुरा हो। जे होस् अध्ययन भन्ने कुरा अति आवश्यक हो। राम्रो स्वास्थ्यका लागि अध्ययन पनि आवश्यक ठान्छन्, मानिस।
मलाई त बाहिरका साथीहरूले चिठ्ठी लेख्दा ‘अहिले तिमी के किताब पढिरहेको छौ’ भन्ने कुरा चल्छ। त्यतिबेला साथीले आफूले पढेको किताबको बारेमा वर्णन गरेको हुन्छ। अनि मलाई पनि पढ्नैपर्ने बाध्य हुन्छ। म पनि यो यो पढिरहेको छु भनेर भन्नुपर्ने हुन्छ।
पुस्तक पढ्दा धेरै कुरा पाइन्छ। पहिलो त हामीलाई ज्ञान दिन्छ पुस्तकले। त्यति मात्र होइन। पुस्तकले लेखकको अनुभव र उसले गरेको चिन्तन मनन सर्लक्कै लिन पाइन्छ।
तपाईंले कहिल्यै अनुभव गर्न नसक्ने कुरा पुस्तकबाट अनुभव गर्न सक्नुहुन्छ।
पर्ल्स वकको ‘द गुड अर्थ’ मा गरिबीको जुन बयान छ, त्यसले सबैलाई छुन्छ। कमला मार्कन्डेयको ‘नेक्टर इन अ सिभ’ले गरिबीलाई कसरी देखाएको छ। मैले केही दिनअघि आइरिस राइटरको अटोबायोग्राफी पढेको थिएँ, त्यसमा उसको गरिबी देखाएको थियो।
अर्को कुरा त दुःखमा भएको मान्छेले पुस्तक पढ्यो भने उसको दुःखलाई नै भगाउँछ। म विद्यार्थीलाई भन्ने गर्छु– पुस्तक संस्कृतिले तिमी आफैंलाई नै इन्ट्रेस्टिङ बनाउँछ।
आयरल्यान्ड जस्तो ठाउँमा जुत्ता नभएर कार्डबोर्डले जुत्ता बनाएर ऊ स्कुल जान्थ्यो। बा कता गएगए। आमाको पनि बिचल्ली भयो। उसले अमेरिकामा गएर कसरी संघर्ष गर्यो भन्ने कुरा किताबमा छ।
हामीले कहिल्यै अनुभव गर्न नसक्ने अनुभव किताबबाट पाउँछौं। त्यसैले पुस्तकले हामीलाई दयालु र चेतनशील बनाउँछ।
मेडिकल एजुकेसनको प्रतिवेदन बनाउँदा हामीले त्यो कुरा सोच्यौं। हरेक मेडिकल डक्टर्ससँग पनि बायोमेडिकल साइन्स मात्र नभई समन्वयको सिप विकास गर्नुपर्यो। मानवीयता, चेतना सबै विकास गर्नुपर्यो। त्यो कुरा उपन्यास, आख्यान वा कविता पढेर त आउँछ नि। अमेरिकातिर ‘हुम्यानिटी इन मेडिसिन’ भन्ने कोर्स नै मेडिकल लाइनमा पढाइ हुन्छ।
अहिले मेडिसिन पढ्ने केटाकेटीलाई कविता लेख्न सिकाउने, कथा लेख्न सिकाउने कतैकतै भइरहेको छ। किनकि, उनीहरूमा मानवीय भावना आओस् भनेर नै त हो।
अर्को कुरा त दुःखमा भएको मान्छेले पुस्तक पढ्यो भने उसको दुःखलाई नै भगाउँछ।
म एबबिबिएसका विद्यार्थीलाई भन्ने गर्छु– पुस्तक संस्कृतिले तिमी आफैंलाई नै इन्ट्रेस्टिङ बनाउँछ।
पहिलापहिला ग्रिसमा धनी मान्छेले पढ्दैन थिए। धनी मान्छे चट्ट नुहाएर घाममा आनन्दले बसिरहेको हुन्छ। एउटा नोकरले पढिरहेको हुन्छ, आवाज निकालेर। अनि त्यो धनी मानिसले आरामले सुनिरहेको हुन्छ।
डिग्री भनेको सधैं महत्वपूर्ण हुँदैन। महत्वपूर्ण भनेको त तपाईं के हुनुहुन्छ भन्ने कुरा हो। यदि, हामीले पढ्नै पाएको छैनौं भने कुरा गर्न गाह्रो छ। धेरै पढेको छौं भने अर्को मान्छेसँग धेरै कुरा गर्न सकिन्छ।
बच्चादेखि नै बालबालिकालाई किताब पढाउनुपर्छ भन्ने कुरा हामी धेरै नै विश्वास गर्छौं। रिडिङ भन्ने कुरा पहिला पहिला रिडिङ लाउडबाट नै आएको हो।
पहिलापहिला ग्रिसमा धनी मान्छेले पढ्दैन थिए। स्लेभ (दास) हरूलाई ट्रेन गरेको हुँदा रहेछन्। धनी मान्छे चट्ट नुहाएर घाममा आनन्दले बसिरहेको हुन्छ। एउटा स्लेभले पढिरहेको हुन्छ, आवाज निकालेर। अनि त्यो धनी मानिसले आरामले सुनिरहेको हुन्छ। पढ्ने भनेको संस्कृति नै त्यस्तै रहेछ। आफूले व्यक्तिगत पढ्ने भन्ने कुरा पछि आएको रहेछ।
रिडिङ लाउड गर्दा अभिभावकको पनि बच्चासँग सम्बन्ध निकै मजबुत हुन्छ। हरेक राति केटाकेटीलाई पढाउँदा उनीहरूले बिस्तारै पढ्न पनि सिक्छन्।
(शिक्षाविद् माथेमाले बिहीबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आन्विका गिरीका बालपुस्तक 'आमाले सक्नुहुन्छ' र 'सानीका ज्ञानी कुरा' सार्वजनिकीकरण कार्यक्रममा राखेको धारणाको सम्पादित अंश)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।