• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

सप्तरीमा सर्पको बिगबिगी : अस्पतालभन्दा झारफुककै भरोसा

64x64
नेपाल लाइभ शुक्रबार, साउन ३१, २०७६  ११:२६
1140x725

राजविराज– सप्तरीको बोदेवरसाइन नगरपालिका–२, जोगिया निवासी रामसेवक यादव (मुसहरु) का १० वर्षीय छोरा वैद्यनाथ कुमारलाई साउन ६ गते साँझ सर्पले टोक्यो। आमा पवनीदेवीलाई त्यस विषयमा बालकले जानकारी पनि गराए। तर, हातमा रगत देखिएपछि मुसाले टोक्यो होला भन्ने सोचेर उनले खासै वास्ता गरिनन्। 

केही समयपछि नै बालकको अवस्था बिग्रँदै गयो। धामी बोलाएर झारफुक गर्ने तयारी गर्दागर्दै समय लाग्यो। बालकको अवस्था झन् बिग्रन थालेपछि वैद्यनाथलाई अस्पताल लाने तयारी हुँदै थियो। निकै लामो समय बितिसकेकाले सर्पको विष फैलिएर अस्पताल नपुर्‍याउँदै बालकको मृत्यु भयो।
    
वैद्यनाथको मृत्यु भएको एक दिन बित्न नपाउँदै छिमेकी शम्भुनाथ नगरपालिका–२ का देवु सरदारकी २ वर्षीया छोरी दीपालाई साउन ७ गते घरमै गोमन सर्पले टोक्यो। परिवारका सदस्यले उनलाई पनि तत्काल अस्पताल पुर्‍याउन सकेनन्। समयमा उनको पनि उपचार हुन पाएन। अवस्था झनै बिग्रन थालेपछि अस्पताल लाने तयारी गर्दागर्दै उनको पनि मृत्यु भयो।

यसैगरी, जेठ १७ गते कञ्चनरुप नगरपालिका–११, ठेलिया निवासी जोगिन्दर रामका छोरा ७ वर्षीय भुवनेश्वरलाई सर्पले टोक्यो। घरमै खेलिरहेका बालकलाई सर्पले टोकेको कसैले सुइँकोसम्म पाएनन्। राति करिब ११÷१२ बजे बालकको स्वास्थ्य अवस्था बिग्रियो।

स्थानीय धर्मेश्वर अस्पतालमा भर्ना गरिएका बालकलाई सर्पले टोकेको पत्ता चाहिँ लाग्यो, तर उपचार गर्न नसक्ने जनाउँदै स्वास्थ्यकर्मीले अन्यत्रै लान सल्लाह दिए। हस्याङ्फस्याङ् गर्दै सुनसरीको इटहरीस्थित नेपाली सेनाको सर्पदंश उपचार केन्द्रमा पु¥याइएका उनको सोही क्रममा मृत्यु भयो।

यति मात्रै होइन, सप्तरीमा पछिल्लो समय सर्पदंशका घटना दिनप्रतिदिन बढिरहेका छन्। तर घरपरिवारका सदस्य तथा स्वयंले बेवास्ता गर्दा उपचार नपाई मर्नेको संख्या पनि बढिरहेको छ। सर्पदंशका कारण मर्नेको संख्या यकिन नभए पनि धाँमीको भर तथा बेवास्ताका कारण धेरैले अकालमै ज्यान गुमाउनु परिरहेको जानकारहरु बताउँछन्।

चार महिनामै साढे ४ सयको उपचार


सप्तरीमा राजविराज र खडक नगरपालिका–७, स्थित कल्याणपुरमा सर्पदंशको उपचार हुने गरेको छ। राजविराजमा गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल तथा कल्याणपुरमा नेपाली सेनाको राजविराजस्थित भीमदल गणको प्राविधिक सहयोगमा सर्पले टोकेका बिरामीको उपचार हुन्छ।

अञ्चल अस्पतालमा लामो समयदेखि सर्पदंशको उपचार हुँदै आए पनि कल्याणपुरमा भने गत वैशाखदेखि मात्रै सर्पदंशको उपचार हुँदै आएको मेजर निर्मल दाहालले जानकारी दिए। केन्द्रको औपचारिक उद्घाटन भने असार १७ गते मात्रै भएको हो। उद्घाटनपछि जम्मा ६४ जना सर्पदंशका बिरामी उपचारका लागि भर्ना भएको उनले जानकारी दिए। जसमध्ये ३ जना विषालु सर्पले टोकेका र १५ जना बिच्छीले टोकेर उपचारका लागि भर्ना भएको केन्द्रले जनाएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

यसैगरी अञ्चल अस्पतालले वैशाखदेखि साउन २९ गतेसम्म जम्मा २ सय ९२ जनाको उपचार गरेको छ। वैशाखमा १८, जेठमा ७१, असारमा ११० र साउनको २९ सम्म ९३ जनाको उपचार गरिएको मेडिकल सुरपरिटेन्डेन्ट चुमनलाल दासले जानकारी दिए। जसमध्ये जेठमा २, असारमा ३ र साउनमा २ गरी गम्भीर अवस्थाका ७ जनालाई अन्यत्र रेफर गरिएको उनले बताए।

यसबाहेक सुनसरीको धरान, मोरङको विराटनगर तथा सिरहाको लहानमा पनि बिरामी लाने गरिएकाले संख्या अझै बढी हुनसक्ने अस्पताल र केन्द्रले जनाएको छ।

झारफुककै भर
सप्तरीमा पछिल्लो समय सर्पको बिगबिगी छ। तर सर्पले डस्दा अझै पनि अस्पताल जानेभन्दा पनि झारफुक गर्ने प्रवृत्ति कायमै रहेकाले बिरामीको ज्यान जोखिममा पर्ने गरेको छ । ‘सर्पले टोकेपछि अस्पताल आउनुको साटो झारफुक गर्न धाँमी खोज्ने चलन अझै पनि घटेको छैन,’ उपचार केन्द्रका मेजर दाहाल भन्छन्, ‘सप्तरीमा ९० प्रतिशत बिरामी पहिला धाँमी, त्यसपछि मात्रै उपचारका लागि अस्पताल पुग्छन्।’

Xtrem

Xtrem

यही प्रवृत्तिले सर्पदंशका कतिपय घटनामा बिरामीले ज्यान गुमाउनु परेको उनको बुझाइ छ। ‘सबै सर्प विषालु हुँदैनन्, सप्तरीमा ६० प्रतिशतभन्दा बढी ननपोइजनस घटना हुन्छन्,’ उनी भन्छन्, ‘ती ६० प्रतिशत बिरामी घरमै बसे पनि मर्दैनन्। यिनै घटनामा धाँमी र झारफुकको भ्रम पर्छ र विषालु सर्पले टोकेका बिरामीले ज्यान गुमाउँछन्।’

सेनाले उपचार केन्द्र सञ्चालन गरेपछि सप्तरीका अधिकांश क्षेत्रबाट बिरामी आइरहेको र त्यसमा पनि खडक र बोदेवरसाइन नगरपालिकामा सर्पदंशका घटना बढी देखिएको दाहालले बताए। सप्तरीमा ढोडिया, साखड, चिचिन्डे, धामन, हरहरा लगायतका विष नभएका तथा गोमन, करेत, भाइपर (सुगासाप) लगायतका विषालु सर्पले टोकेका बिरामी धरै आउने गरेको केन्द्रका प्राविधिक सन्तोष पौडेलले बताए। ‘धेरैजसो घाँस काट्न जंगल गएका बेला र राति शौचालय जाँदा सर्पले टोकेका घटना धेरै छन्, सावधानी अपनायो भने घटना कम हुन्छन्।’

यसरी चल्दै छ, सर्पदंश उपचार केन्द्र


सर्पले टोकेर अकालमै ज्यान जान थालेपछि उपचार केन्द्र सञ्चालनका लागि कल्याणपुरका स्थानीयबासीले नेपाली सेनालाई आग्रह गरे। सोही आग्रह बमोजिम गत वर्ष फागुन २७ गते भएको सम्झौता अनुसार राजविराजस्थित भिमदल गणले कल्याणपुरस्थित खानेपानी कार्यालयको भवनमा बिरामीको उपचार गरिरहेको छ।

वैशाखदेखि सेवा प्रारम्भ गरेको उपचार केन्द्र असार १७ गते उद्घाटन भयो। हाल तीन बेडबाट सेवा सञ्चालन छ। वीरेन्द्र सैनिक अस्पतालबाट तालिमप्राप्त सेनाका प्राविधिकहरु पौडेल, चन्द्र कठायत, दीपक कठायत र डम्बरध्वज चन्दले बिरामीको उपचार गरिरहेका छन्।

केन्द्र सञ्चालन र व्यवस्थापनका लागि स्थानीय उसमान मियाँको संयोजकत्वमा १३ सदस्यीय सञ्चालन तथा व्यवस्थापन समिति गठन गरिएको छ। समितिले चन्दा संकलन गरेर खरिद गरेको औषधिले नै हाल उपचार भइरहेको मेजर दाहालले जानकारी दिए। सर्पदंशका बिरामीको उपचार हुन थालेपछि स्थानीयबासी खुसी भएका छन्। 

५० लाख दिने सांसदको प्रतिवद्धता
नेपाली सेनाको प्राविधिक सहयोग र स्थानीयले चन्दा संकलन गरी खरिद गरेको औषधिले सञ्चालन भइरहेको केन्द्रमा भौतिक पूर्वाधार र औजार उपकरणको अभाव छ।

खानेपानी कार्यालयमा नगरपालिका कार्यालयकै भवन बनाउन डिपिआर स्वीकृत भएकाले भविष्यमा स्थान र भौतिक पूर्वाधारको समस्या आउनसक्ने स्थानीयहरु बताउँछन्। यसैगरी, प्यासेन्ट मोनिटर, इसिजी मेसिन लगायतका केही उपकरणको समेत अभाव छ।

यसै सन्दर्भमा मंगलबार व्यवस्थापन समितिले बोलाएको सांसद र नगरपालिकाका पदाधिकारी सहितको सर्वपक्षीय बैठकमा निर्वाचित सांसद तेजुलाल चौधरीले भवन बनाउन ५० लाख सहयोग गर्ने प्रतिवद्धता जनाएका छन्। बैठकले खडक नगरपालिका ६ को बागमारास्थित सरकारी जग्गामा केन्द्रका लागि भवन बनाउन प्रस्ताव गरेपछि सांसद चौधरीले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत चालू आर्थिक वर्षको ४ करोड मध्येबाट ५० लाख छुट्याउने प्रतिवद्धता जनाए। 

यसैगरी, औषधि उपकरणसहित तत्कालका समस्या समाधान गर्न र तीन वर्षभित्र भवन निर्माण गरिदिन नगरपालिका तयार भएको मेजर दाहालले बताए। हाइड्रो व्यवसायी वीरेन्द्र न्यौपानेले वार्षिक ५० हजार सहयोग गर्ने प्रतिवद्धता जनाएका छन्। उनी प्रदेश सांसद गोविन्दबहादुर न्यौपानेका भाइ हुन्।

प्रकाशित मिति: शुक्रबार, साउन ३१, २०७६  ११:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार, असोज २३, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्