राजविराज– टेम्पो पल्टिएको विषयमा भएको विवादपछि कुटाकुट हुँदा सप्तरीमा १३ जना घाइते भएका छन्।
राजविराज नगरपालिका –१, रहमतपुरमा टेम्पो पल्टिएपछि स्थानीयवासीबीच भनाभन भएको थियो। सोही क्रममा कुटाकुट हुँदा १३ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
घाइते सबैको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।