काठमाडौं- गीतकार सुवास खनालको रचनामा 'फूल टिपी माला' बोलको गीत बजारमा आएको छ।
गायक प्रमोद खरेलको आवाज रहेको गीतमा लालबहादुर सुब्बाले संगीत भरेका छन्।
कृष्ण अनमोलको निर्देशन रहेको गीतको म्युजिक भिडियोमा टीका मंग्रान्ती, सुनीता परियार, विकास पाण्डे र प्रियंका थटालको अभिनय छ।
बुढासुब्बा डिजिटलले भिडियोसहितको गीत बजारमा ल्याएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।