काठमाडौं– पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा सोधपुछ गर्न भन्दै प्रहरीले पत्रकार युवराज कँडेललाई पक्राउ गरेको छ।
पत्रकार पुडासैनीले आत्महत्या गर्नु अघि कँडेलसहित, पत्रकार रवि लामिछाने अस्मिता कार्कीका कारण आफू आत्महत्या गर्न बाध्य भएको भन्दै भिडियो बनाएका थिए। कार्की पेसाले नर्स हुन्।
पत्रकार पुडासैनीको आत्महत्याका विषयमा अनुसन्धान गर्न भन्दै प्रहरीको टोलीले नर्स कार्कीलाई पक्राउ गरेको स्रोतले जानकारी दिएको छ।
यसै विषयमा अनुसन्धान गर्न प्रहरीले टिभी पत्रकार रवि लामिछाने पक्राउ परिसकेका छन्। उनलाई प्रहरीले बिहीबार नै पक्राउ गरेको हो।
मुलुकी अपराध संहिता अनुसार आत्महत्या गर्न दुरुत्साहन गर्नेलाई ५ वर्षसम्म कैद हुने व्यवस्था छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।