• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

रात्रिकालीन व्यवसाय : जागिर गुम्ने डरले यौन हिंसाका घटना खुलाउँदैनन् पीडित, प्रहरीबाटै असुरक्षित

मानव अधिकार आयोगको अध्ययन प्रतिवेदन 
64x64
नेपाल लाइभ शुक्रबार, साउन ३१, २०७६  ०७:४२
1140x725

काठमाडौं– सिन्धुपाल्चोककी प्रतिमा बस्नेत (नाम परिवर्तन) एसएलसी सकिएपछि कामको खोजीमा काठमाडौं आइन्। पारिवारिक आर्थिक अवस्था कमजोर भएकाले काठमाडौंमा बस्ने, खाने र पढ्ने लगायत खर्च आफै जुटाउनुपर्थ्यो। कामको सिलसिलामा उनी धेरैतिर भौंतारिइन्। धेरैपछि नजिकै डेरामा बस्ने एक जना दिदीको सहयोगमा एक रेस्टुरेन्टमा वेटरको काम पाइन्। 

काम त पाइन् तर कहिल्यै समयमा तलब पाइनन्। 

'यो पेसामा न तलब समयमा पाइन्छ, न त सुरक्षाको ग्यारेन्टी छ। साहुले जे भने पनि मान्नु पर्छ, होइन भने अनावश्यक गालीगलौज सुन्नुपर्छ,' उनले आफ्नो अनुभव सुनाइन्, 'बिरामी भएका बेला पनि बिदा पाइँदैन, निरन्तर काममा खट्नुपर्छ।' 

कतिसम्म भने दिउँसो वेटरको काम लगाउने मालिकले नै राति आफै ग्राहक खोजेर आउने गरेका रहेछन्। यति भइरहँदा पनि उनी मुख खोल्न सक्दिनन्। किनकि छँदाछँदैको जागिर गुम्ने डर उनलाई छ। 

काठमाडौंका विभिन्न रेस्टुराँमा काम गर्ने युवतीहरुलाई जबर्जस्ती यौन पेसामा लगाउने तथा यौन शोषण गर्ने राष्ट्रिय मानव अधिकार आयोगले फेला परेको छ। 

यस्तै पीडा बाट गुज्रिरहेकी अर्की युवती हुन्, सिन्धुपाल्चोककै आकांक्षा तामाङ (नाम परिवर्तन)। उनको समस्या पनि प्रतिमाको भन्दा भिन्न छैन। भनेको नमानेको खण्डमा मालिकले धम्की तथा सजाय नै दिने गरेको उनले सुनाइन्। उनी हाल काठमाडौंस्थित एक डान्सबारमा काम गर्छिन्। 

मानव अधिकार आयोगले श्रमिकहरुको अनुगमन गर्न  जाँदा आकांक्षा भड्किलो शृंगार र पोसाकमा भेटिएकी थिइन्। आयोगको अनुगमन टोलीले पोसाक र शृंगारका बारेमा कुरा गर्दा उनले यस्तो पहिरन आफ्नो पेसाका लागि अनिवार्य भएको बताएकी थिइन्।

'डान्सबारमा काम गर्दा साहुले भनेजस्तै पोसाक र शृंगार गर्नुपर्छ,' उनले भनिन्, 'आफ्नो इच्छाले गर्न थाल्यो भने त भोलि नै जागिर जान्छ।'

Ncell 2
Ncell 2
nimb
nimb

डान्सबार तथा दोहोरी साँझमा विशेष गरी रातको समयमा काम गर्नुपर्ने भएकाले कार्यास्थलमा यौन हिंसाका घटनाले बढवा पाउँदै गएको पीडित पक्षहरुले बताएका छन्। 

रातिको समयमा काम गर्ने पेसा भएकाले कार्यस्थलमा हिंसा हुने, उजुरी गर्ने निकाय राति बन्द हुने भएकाले रिपोर्ट गर्न समस्या हुने भोलिपल्टसम्म साहुले कुरा बदलिसक्ने पीडितहरुले टोलीसँग बताएका थिए।

आयोगको अध्ययन प्रतिवेदन अनुसार दोहोरी साँझ, रोधीघर, डान्सबार, डिस्को, मसाज पार्लर, स्पा सेन्टर, डान्स रेस्टुरेन्ट, क्याबिन रेस्टुरेन्ट क्षेत्रमा काम गर्ने श्रमिकहरु यौन शोषणको मारमा छन्। 

आयोगकी अध्ययन अनुसन्धानकर्ता तथा मानव अधिकार अधिकृत यशोदा बन्जाडेले आफू अध्ययनका लागि जाँदा कतिपय डान्सबार, रेस्टुराँ, दोहोरी साँझ लगायतका क्षेत्रमा श्रमिकहरुले मालिकले भने बमोजिम जुनसुकै काम गर्न बाध्य हुनुपर्ने अवस्था रहेको बताइन्। ‘यस्ता यस्ता क्षेत्रमा धेरै बालबालिका तथा महिला जोखिममा छन् तर उनीहरु आफ्ना समस्या राख्न नै मान्दैनन्, कतिपय बालबालिका यौन शोषणमा परे पनि त्यसबारे त्यो यौन शोषण हो भन्ने कुरा थाहा नभएको पाइएको छ,’ उनले भनिन्। 

सुरक्षाकर्मीबाटै असुरक्षित 
रात्रिकालीन पेसामा आबद्ध एक युवतीले आफू सुरक्षाकर्मी (प्रहरी) बाटै असुरक्षित भएको राष्ट्रिय मानव अधिकार आयोगका अनुगमनकर्तासँग खुलासा गरेकी छन्। 

उनी काम गर्ने ठाउँमा प्रहरीहरु बेलाबेलामा छापा मारिरहन्थे। छापा मार्ने क्रममा उनी लगायत त्यहाँ कार्यरत कामदारहरु सबैलाई उठाएर प्रहरी चौकीमा पुर्‍याइन्थ्यो।

'प्रहरी चौकीमा सम्झाउने बुझाउने काम पनि हुन्थ्यो, तर एक दिन एक जना प्रहरी हवलदारले हाम्रो नम्बर लिनुभयो, पछि उल्टै हामीलाई फोन गरेर एक्लै भेट्न आइज भनेर धम्काउने, जिस्काउने गर्न थाल्नुभयो,' ती युवतीले आयोगका अनुगमनकर्तासँग भनेकी छन्।

आयोगले अध्ययनका क्रममा सहभागीहरूलाई जबर्जस्ती श्रम तथा हिंसाका घट्नामा के गर्नुहुन्छ भन्ने प्रश्न गर्दा ११ जनाले प्रहरीमा उजुरी गर्ने तथा २ जनाले श्रम कार्यालयमा उजुरी गर्ने बताएका थिए। 

यसमध्ये अहिलेसम्म यस्ता  घटनामा जम्मा ३ जनाले मात्र प्रहरीमा उजुरी गरेको बताएका थिए। उजुरी नगर्नुका पछाडिको कारण सोध्दा रोजगारबाट साहुले निकाल्ने, साहुको डर, समाजको अपहेलना, सबुत प्रमाण आफैले जुटाउनुपर्ने, सम्बन्धित निकायहरूको कर्मचारीहरूले विश्वास नगर्ने, कर्मचारीहरूमाथि विश्वास नभएको जस्ता समस्या रहेको उनीहरुले बताएका थिए।

५६ जनालाई आयोगको प्रश्न
मनोरन्जनात्मक तथा सत्कार क्षेत्रमा श्रमिकहरूको प्रवेश नै बाध्यात्मक परिस्थितिको उपज भएको आयोगको अध्ययनले देखाएको छ। आयोगको अध्ययन टोलीले ५६ जना श्रमिकलाई यस क्षेत्रमा किन आबद्ध हुनुभयो भनेर प्रश्न गरेको थियो। त्यसमध्ये ६ जना श्रमिकले आफूहरु कलाकार बन्ने रहरले यस क्षेत्रमा आएको जवाफ दिएका थिए।

११ जनाले साथीभाइको सम्पर्कबाट यस क्षेत्रमा आबद्ध रहेको बताएका थिए भने ३५ जनाले घर खर्च धान्न आवश्यक आम्दानीका लागि यो पेसामा संलग्न भएको बताएका थिए। 

५६ जना मध्येकै १ जनाले आमाको औषधि उपचारका लागि आर्जन गर्न र ३ जनाले पति वैदेशिक रोजगारीमा भएका कारण आफन्तले कर गरी यस पेसामा संलग्न गराएको बताएका थिए।

मनोरन्जन क्षेत्रमा मौलाउँदै बालश्रम
यस क्षेत्रमा काम गर्ने श्रमिकहरूको उमेरका आधारमा आयोगले अध्ययन गर्दा यस सहभागी ५६ जनामध्ये ६६ प्रतिशत (३७ जना) १८ वर्षभन्दा कम उमेरका बालिका संलग्न रहेको पाइएको छ। 

सानो संख्यामा गरिएको अध्ययनमा बालश्रमको अवस्था मौलाउँदै गएको पाइएकाले नेपालभरि यस्ता क्षेत्रमा श्रम गर्ने बालबालिकाको संख्या बढी हुन सक्ने आयोगले अनुमान गरेको छ। 

सहभागी ५६ मध्ये ३४ प्रतिशत (१९ जना) महिला थिए। सहभागीहरूलाई यस क्षेत्रमा सेवा प्रदान गरिरहेका संघ संस्थाहरूबाट पहुँच बनाइएको कारण पनि अधिकांश बालबालिका यस अध्ययनमा सहभागी भएका थिए। 

सहभागीमध्ये ८६ प्रतिशत (४८ जना) कार्यस्थलको जिल्लाभन्दा बाहिरबाट आएका अस्थायी बसोबास गरिरहेका व्यक्तिहरू थिए। 

मानव अधिकार अधिकृत यशोदा बन्जाडे यस्ता क्षेत्रमा १८ वर्षभन्दा कम उमेरका बालबालिकाको ठूलो संलग्नता रहेको बताउँछिन्। ‘हामीले काठमाडौंका विभिन्न खाजा घर रेस्टुराँहरुमा अनुसन्धान गर्दा कतिपय खाजा घरमा दिउँसो वेटरको काम लगाउने र राति यौन धन्दामा समेत लगाउने गरेको पायौं,' उनले भनिन्, 'डान्सबारहरुमा काम गर्ने महिला त्यस्तै जोखिममा छन्।’

रात्रिकालीन डान्सबार, दोहोरी साँझ लगायतका क्षेत्रमा रोजगारीका अवसर नभएका होइनन्। तर यहाँ काम गर्ने श्रमिक स्वतन्त्र भएका काम गर्न पाएका छैनन्। उनीहरुलाई जबर्जस्ती यौन शोषणमा समेत लगाइएको छ।

'यस्ता क्षेत्रमा काम गर्ने श्रमिकहरुले पनि सुरक्षित र मर्यादित ढंगबाट काम गर्न पाउनुपर्छ,' बन्जाडे भन्छिन्, 'कुनै क्षेत्रका श्रमिकहरुको पनि मानव अधिकार हनन गर्नुभएन भनेर हामीले आवाज उठाइरहेका छौ।’

महिला मानव अधिकार रक्षक समूहका जिल्ला संयोजकहरुले समेत मनोरन्जन तथा सत्कारका क्षेत्रमा काम गर्ने श्रमिकहरु जबर्जस्ती श्रम गर्न बाध्य गरेको र यौन शोषणको जोखिममा रहेको औँल्याएका छन्।

प्रकाशित मिति: शुक्रबार, साउन ३१, २०७६  ०७:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एमाले केन्द्रीय कमिटी बैठक सुरु
राष्ट्रसंघको महासचिवका रूपमा अन्तिम सम्बोधन गर्नुअघि गुटेरेसले भने: बढ्दैछन् युद्ध, निष्क्रिय बन्दैछ सुरक्षा परिषद्
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी
सम्बन्धित सामग्री
विवाहको प्रमाणपत्र छैन ? सर्वोच्चले भन्यो– ‘अन्य प्रमाणबाट पनि नाता पुष्टि हुन सक्छ’ एक किशोर–किशोरीको नाता सम्बन्ध विवादमा सर्वोच्च अदालतले ‘पतिपत्निको रुपमा एकअर्कालाई स्वीकारेको अवस्थामा नाता प्रमाणित गर्न विवाह दर... मंगलबार, असोज ६, २०८३
आज हरिपरिवर्तिनी एकादशी भाद्र शुक्ल पक्षको एकादशी तिथिलाई हरिपरिवर्तिनी एकादशी (वामन एकादशी वा जयन्ती एकादशी) भनिन्छ । जसमा भगवान विष्णुले शीर सागरमा शयन गर... मंगलबार, असोज ६, २०८३
पिसाब गरेपछि केहीबेरमा फेरी पिसाब लागेजस्तो हुन्छ ? यस्तो हुन सक्छ कारण मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
एमाले केन्द्रीय कमिटी बैठक सुरु मंगलबार, असोज ६, २०८३
राष्ट्रसंघको महासचिवका रूपमा अन्तिम सम्बोधन गर्नुअघि गुटेरेसले भने: बढ्दैछन् युद्ध, निष्क्रिय बन्दैछ सुरक्षा परिषद् मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
एसियाड महिला कबड्डीमा नेपालको रोमाञ्चक जित मंगलबार, असोज ६, २०८३
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्