• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, पुस ६, २०८२ Sun, Dec 21, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

रात्रिकालीन व्यवसाय : जागिर गुम्ने डरले यौन हिंसाका घटना खुलाउँदैनन् पीडित, प्रहरीबाटै असुरक्षित

मानव अधिकार आयोगको अध्ययन प्रतिवेदन 
64x64
नेपाल लाइभ शुक्रबार, साउन ३१, २०७६  ०७:४२
1140x725

काठमाडौं– सिन्धुपाल्चोककी प्रतिमा बस्नेत (नाम परिवर्तन) एसएलसी सकिएपछि कामको खोजीमा काठमाडौं आइन्। पारिवारिक आर्थिक अवस्था कमजोर भएकाले काठमाडौंमा बस्ने, खाने र पढ्ने लगायत खर्च आफै जुटाउनुपर्थ्यो। कामको सिलसिलामा उनी धेरैतिर भौंतारिइन्। धेरैपछि नजिकै डेरामा बस्ने एक जना दिदीको सहयोगमा एक रेस्टुरेन्टमा वेटरको काम पाइन्। 

काम त पाइन् तर कहिल्यै समयमा तलब पाइनन्। 

'यो पेसामा न तलब समयमा पाइन्छ, न त सुरक्षाको ग्यारेन्टी छ। साहुले जे भने पनि मान्नु पर्छ, होइन भने अनावश्यक गालीगलौज सुन्नुपर्छ,' उनले आफ्नो अनुभव सुनाइन्, 'बिरामी भएका बेला पनि बिदा पाइँदैन, निरन्तर काममा खट्नुपर्छ।' 

कतिसम्म भने दिउँसो वेटरको काम लगाउने मालिकले नै राति आफै ग्राहक खोजेर आउने गरेका रहेछन्। यति भइरहँदा पनि उनी मुख खोल्न सक्दिनन्। किनकि छँदाछँदैको जागिर गुम्ने डर उनलाई छ। 

काठमाडौंका विभिन्न रेस्टुराँमा काम गर्ने युवतीहरुलाई जबर्जस्ती यौन पेसामा लगाउने तथा यौन शोषण गर्ने राष्ट्रिय मानव अधिकार आयोगले फेला परेको छ। 

यस्तै पीडा बाट गुज्रिरहेकी अर्की युवती हुन्, सिन्धुपाल्चोककै आकांक्षा तामाङ (नाम परिवर्तन)। उनको समस्या पनि प्रतिमाको भन्दा भिन्न छैन। भनेको नमानेको खण्डमा मालिकले धम्की तथा सजाय नै दिने गरेको उनले सुनाइन्। उनी हाल काठमाडौंस्थित एक डान्सबारमा काम गर्छिन्। 

मानव अधिकार आयोगले श्रमिकहरुको अनुगमन गर्न  जाँदा आकांक्षा भड्किलो शृंगार र पोसाकमा भेटिएकी थिइन्। आयोगको अनुगमन टोलीले पोसाक र शृंगारका बारेमा कुरा गर्दा उनले यस्तो पहिरन आफ्नो पेसाका लागि अनिवार्य भएको बताएकी थिइन्।

'डान्सबारमा काम गर्दा साहुले भनेजस्तै पोसाक र शृंगार गर्नुपर्छ,' उनले भनिन्, 'आफ्नो इच्छाले गर्न थाल्यो भने त भोलि नै जागिर जान्छ।'

Ncell 2
Ncell 2

डान्सबार तथा दोहोरी साँझमा विशेष गरी रातको समयमा काम गर्नुपर्ने भएकाले कार्यास्थलमा यौन हिंसाका घटनाले बढवा पाउँदै गएको पीडित पक्षहरुले बताएका छन्। 

रातिको समयमा काम गर्ने पेसा भएकाले कार्यस्थलमा हिंसा हुने, उजुरी गर्ने निकाय राति बन्द हुने भएकाले रिपोर्ट गर्न समस्या हुने भोलिपल्टसम्म साहुले कुरा बदलिसक्ने पीडितहरुले टोलीसँग बताएका थिए।

आयोगको अध्ययन प्रतिवेदन अनुसार दोहोरी साँझ, रोधीघर, डान्सबार, डिस्को, मसाज पार्लर, स्पा सेन्टर, डान्स रेस्टुरेन्ट, क्याबिन रेस्टुरेन्ट क्षेत्रमा काम गर्ने श्रमिकहरु यौन शोषणको मारमा छन्। 

आयोगकी अध्ययन अनुसन्धानकर्ता तथा मानव अधिकार अधिकृत यशोदा बन्जाडेले आफू अध्ययनका लागि जाँदा कतिपय डान्सबार, रेस्टुराँ, दोहोरी साँझ लगायतका क्षेत्रमा श्रमिकहरुले मालिकले भने बमोजिम जुनसुकै काम गर्न बाध्य हुनुपर्ने अवस्था रहेको बताइन्। ‘यस्ता यस्ता क्षेत्रमा धेरै बालबालिका तथा महिला जोखिममा छन् तर उनीहरु आफ्ना समस्या राख्न नै मान्दैनन्, कतिपय बालबालिका यौन शोषणमा परे पनि त्यसबारे त्यो यौन शोषण हो भन्ने कुरा थाहा नभएको पाइएको छ,’ उनले भनिन्। 

सुरक्षाकर्मीबाटै असुरक्षित 
रात्रिकालीन पेसामा आबद्ध एक युवतीले आफू सुरक्षाकर्मी (प्रहरी) बाटै असुरक्षित भएको राष्ट्रिय मानव अधिकार आयोगका अनुगमनकर्तासँग खुलासा गरेकी छन्। 

उनी काम गर्ने ठाउँमा प्रहरीहरु बेलाबेलामा छापा मारिरहन्थे। छापा मार्ने क्रममा उनी लगायत त्यहाँ कार्यरत कामदारहरु सबैलाई उठाएर प्रहरी चौकीमा पुर्‍याइन्थ्यो।

'प्रहरी चौकीमा सम्झाउने बुझाउने काम पनि हुन्थ्यो, तर एक दिन एक जना प्रहरी हवलदारले हाम्रो नम्बर लिनुभयो, पछि उल्टै हामीलाई फोन गरेर एक्लै भेट्न आइज भनेर धम्काउने, जिस्काउने गर्न थाल्नुभयो,' ती युवतीले आयोगका अनुगमनकर्तासँग भनेकी छन्।

आयोगले अध्ययनका क्रममा सहभागीहरूलाई जबर्जस्ती श्रम तथा हिंसाका घट्नामा के गर्नुहुन्छ भन्ने प्रश्न गर्दा ११ जनाले प्रहरीमा उजुरी गर्ने तथा २ जनाले श्रम कार्यालयमा उजुरी गर्ने बताएका थिए। 

यसमध्ये अहिलेसम्म यस्ता  घटनामा जम्मा ३ जनाले मात्र प्रहरीमा उजुरी गरेको बताएका थिए। उजुरी नगर्नुका पछाडिको कारण सोध्दा रोजगारबाट साहुले निकाल्ने, साहुको डर, समाजको अपहेलना, सबुत प्रमाण आफैले जुटाउनुपर्ने, सम्बन्धित निकायहरूको कर्मचारीहरूले विश्वास नगर्ने, कर्मचारीहरूमाथि विश्वास नभएको जस्ता समस्या रहेको उनीहरुले बताएका थिए।

५६ जनालाई आयोगको प्रश्न
मनोरन्जनात्मक तथा सत्कार क्षेत्रमा श्रमिकहरूको प्रवेश नै बाध्यात्मक परिस्थितिको उपज भएको आयोगको अध्ययनले देखाएको छ। आयोगको अध्ययन टोलीले ५६ जना श्रमिकलाई यस क्षेत्रमा किन आबद्ध हुनुभयो भनेर प्रश्न गरेको थियो। त्यसमध्ये ६ जना श्रमिकले आफूहरु कलाकार बन्ने रहरले यस क्षेत्रमा आएको जवाफ दिएका थिए।

११ जनाले साथीभाइको सम्पर्कबाट यस क्षेत्रमा आबद्ध रहेको बताएका थिए भने ३५ जनाले घर खर्च धान्न आवश्यक आम्दानीका लागि यो पेसामा संलग्न भएको बताएका थिए। 

५६ जना मध्येकै १ जनाले आमाको औषधि उपचारका लागि आर्जन गर्न र ३ जनाले पति वैदेशिक रोजगारीमा भएका कारण आफन्तले कर गरी यस पेसामा संलग्न गराएको बताएका थिए।

मनोरन्जन क्षेत्रमा मौलाउँदै बालश्रम
यस क्षेत्रमा काम गर्ने श्रमिकहरूको उमेरका आधारमा आयोगले अध्ययन गर्दा यस सहभागी ५६ जनामध्ये ६६ प्रतिशत (३७ जना) १८ वर्षभन्दा कम उमेरका बालिका संलग्न रहेको पाइएको छ। 

सानो संख्यामा गरिएको अध्ययनमा बालश्रमको अवस्था मौलाउँदै गएको पाइएकाले नेपालभरि यस्ता क्षेत्रमा श्रम गर्ने बालबालिकाको संख्या बढी हुन सक्ने आयोगले अनुमान गरेको छ। 

सहभागी ५६ मध्ये ३४ प्रतिशत (१९ जना) महिला थिए। सहभागीहरूलाई यस क्षेत्रमा सेवा प्रदान गरिरहेका संघ संस्थाहरूबाट पहुँच बनाइएको कारण पनि अधिकांश बालबालिका यस अध्ययनमा सहभागी भएका थिए। 

सहभागीमध्ये ८६ प्रतिशत (४८ जना) कार्यस्थलको जिल्लाभन्दा बाहिरबाट आएका अस्थायी बसोबास गरिरहेका व्यक्तिहरू थिए। 

मानव अधिकार अधिकृत यशोदा बन्जाडे यस्ता क्षेत्रमा १८ वर्षभन्दा कम उमेरका बालबालिकाको ठूलो संलग्नता रहेको बताउँछिन्। ‘हामीले काठमाडौंका विभिन्न खाजा घर रेस्टुराँहरुमा अनुसन्धान गर्दा कतिपय खाजा घरमा दिउँसो वेटरको काम लगाउने र राति यौन धन्दामा समेत लगाउने गरेको पायौं,' उनले भनिन्, 'डान्सबारहरुमा काम गर्ने महिला त्यस्तै जोखिममा छन्।’

रात्रिकालीन डान्सबार, दोहोरी साँझ लगायतका क्षेत्रमा रोजगारीका अवसर नभएका होइनन्। तर यहाँ काम गर्ने श्रमिक स्वतन्त्र भएका काम गर्न पाएका छैनन्। उनीहरुलाई जबर्जस्ती यौन शोषणमा समेत लगाइएको छ।

'यस्ता क्षेत्रमा काम गर्ने श्रमिकहरुले पनि सुरक्षित र मर्यादित ढंगबाट काम गर्न पाउनुपर्छ,' बन्जाडे भन्छिन्, 'कुनै क्षेत्रका श्रमिकहरुको पनि मानव अधिकार हनन गर्नुभएन भनेर हामीले आवाज उठाइरहेका छौ।’

महिला मानव अधिकार रक्षक समूहका जिल्ला संयोजकहरुले समेत मनोरन्जन तथा सत्कारका क्षेत्रमा काम गर्ने श्रमिकहरु जबर्जस्ती श्रम गर्न बाध्य गरेको र यौन शोषणको जोखिममा रहेको औँल्याएका छन्।

प्रकाशित मिति: शुक्रबार, साउन ३१, २०७६  ०७:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रवि
तोकिएकै समयमा चुनाव गराउन लागिरहेका छौं : प्रधानमन्त्री
रवि लामिछानेको अध्यक्षतामा रास्वपा केन्द्रीय समितिको बैठक सुरु
सम्बन्धित सामग्री
आज धान्यपूर्णिमा, नेवार समुदायको योमरी पुन्हि, किरात उधौली मनाउँदै सनातन समाजमा यो पर्धावन्य पूर्णिमाका रूपमा चिनिन्छ। धानलाई लक्ष्मी वा समृद्धिको प्रतीकका रूपमा पूजा गर्ने परम्परा  छ। यो दिन धानको भ... बिहीबार, मंसिर १८, २०८२
आज अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस अपाङ्गता भएका व्यक्तिलाई कार्यालय, विद्यालय, सार्वजनिक सवारी साधन, सडक, पार्क, मठ मन्दिर, सरकारी र सार्वजनिक एवम निजी संरचना आदिमा उ... बुधबार, मंसिर १७, २०८२
आज अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस प्रवासी तथा असुरक्षित श्रमिकहरूलाई घरेलु काम, निर्माण, कृषि, वस्त्र उद्योगदेखि यौन क्षेत्रसम्म विभिन्न आर्थिक शोषणमा लगाइने गरेको पा... मंगलबार, मंसिर १६, २०८२
ताजा समाचारसबै
प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रवि आइतबार, पुस ६, २०८२
तोकिएकै समयमा चुनाव गराउन लागिरहेका छौं : प्रधानमन्त्री आइतबार, पुस ६, २०८२
रवि लामिछानेको अध्यक्षतामा रास्वपा केन्द्रीय समितिको बैठक सुरु आइतबार, पुस ६, २०८२
सञ्चार मन्त्री खरेलले भने : ‘सरकार अनलाइन मिडियासँग सहकार्य गर्न तयार छ’ आइतबार, पुस ६, २०८२
रविलाई बाजागाजासहित पार्टी कार्यालयमा स्वागत आइतबार, पुस ६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगलादेशमा कट्टरपन्थी भीड अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो आइतबार, पुस ६, २०८२
भोलिदेखि देशव्यापी आन्दोलन गर्ने जेनजी मिराज ढुङ्गाना समूहको घोषणा आइतबार, पुस ६, २०८२
मधेसमा रामआशिष यादवलाई सभामुख बनाउने सहमति शनिबार, पुस ५, २०८२
नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका लागि मापदण्ड: यौन उत्पीडनमा संलग्न अयोग्य, जेनजी अनिवार्य शनिबार, पुस ५, २०८२
मलाई झुटा मुद्दा लगाउने सरकार अपदस्त भएर हेलिकप्टरमा झुन्डिएर भागे : रवि लामिछाने शनिबार, पुस ५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
थुनामुक्त हुने रविले पालना गर्नुपर्ने तीन शर्त बिहीबार, पुस ३, २०८२
बंगलादेशमा कट्टरपन्थी भीड अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो आइतबार, पुस ६, २०८२
एमाले महाधिवेशन: नेतृत्व लिन होड, ज्ञवाली र शाक्यद्वारा सक्रिय राजनीतिबाट सन्यास आइतबार, मंसिर २८, २०८२
यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधि बिहीबार, पुस ३, २०८२
एमाले महाधिवेशनः ईश्वर प्यानलबाट सुरेन्द्र पाण्डे महासचिवका उम्मेदवार, गोकर्ण उपाध्यक्ष र योगेश उपमहासचिव सोमबार, मंसिर २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्