• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

'गाउने नै चर्चामा आउने हुन्, हामी त पर्दापछाडि'

64x64
नेपाल लाइभ शनिबार, साउन ३२, २०७६  ०७:२५
1140x725

काठमाडौं- त्यो साँझ, विपीन अन्य साँझभन्दा फरक मुडमा थिए। 

मनभित्रै उकुसमुकस भएजस्तो। केही सम्झिरहेजस्तो। केही सोचिरहेजस्तो। उनी त्यसलाई पोख्न चाहन्थे।
उनले झटपट डायरी निकाले र लेख्न थाले– 

न बिर्सें तिमीलाई, न पाएँ तिमीलाई
बिना अर्थ दिलमा सजाएँ तिमीलाई

गजल लेख्नु रहेछ। पहिलो शेर लेखे। मन हलुका भयो। दोस्रो शेर सोचे। फुर्न सकेन। 

त्यसपछिका हरेक दिन उही गजलमा घोत्लिन थाले।      

कतिपल्ट लेखे। कतिपल्ट केरमेट गरे। निकै समयपछि अर्को शेर फुर्‍यो–

त्यो यात्रा सुनौलो, अनि साथ तिम्रो
सम्झेर भेट्न बोलाएँ तिमीलाई

२०६२ सालको सुरुवाततिर हो, उनले यो गजल लेख्न सुरु गरेका। त्यतिबेला उनी गजलमा साधनारत थिए।

Ncell 2
Ncell 2
nimb
nimb

साहित्यिक र सांगीतिक माहोलमा जम्दै थिए। करिब ६ महिनामा उनले गजल पूरा गरे। 

यही गजल रेकर्ड भएर बजारमा आयो। अञ्जु पन्त र जगदीश समालले 'मेल' र 'फिमेल' भर्सनमा गाए। महेश खड्काले संगीत दिए। 

गजल चर्चाको चुलीमा पुग्यो। त्यसताका हरेक ओठहरूले गुन्गुनाउँथ्यो यो गजल। हरेकजसो रेडियोमा, पसलमा वा जमघटमा वा बसमा। 

विपिन भन्छन्, 'गजलमात्र चर्चामा आएन। हामी सबैलाई चर्चामा ल्यायो।' 

त्यतिबेला अहिलेजस्तो युट्युबको बाढी थिएन। क्यासेट बिक्री हुन्थे। 'खुब बिक्री भयो क्यासेट। व्यापार पनि अपेक्षा गरेभन्दा राम्रो गर्‍यो,' विपीन भन्छन्। 

उनले त्यसअघि लेखेका गीत पनि नचलेका हैनन्। त्यसपछिका गीत पनि सम्झनयोग्य छन्। तर, यही गजल गीतकार विपीन किरणको जीवनकै टर्निङ पोइन्ट बन्यो। 

जब गजल रेकर्डिङमा गयो...
विपीन  र उनका साथीहरू मिलेर 'अनाममण्डली' शृंखलाको सुरुवात गरेका थिए। जहाँ गजल वाचन हुन्थ्यो। उनले त्यहाँ आफ्नो गजल सुनाए। 

साथी सर्कलमा सुनाउँदा पनि गजलले वाहवाही पायो। त्यसपछि गजल रेकर्डिङ गर्ने रहर जाग्यो। कसलाई गाउन दिने भनेर उनी अलमलमा परे।

उनको गजल अञ्जु पन्तले गाउने भइन्। गजल रेकर्डिङका लागि स्टुडियोमा गयो। 

त्यतिबेलाको एउटा प्रसंग उनी सधैं सम्झिरहन्छन्। 

स्टुडियोमा अञ्जु गाउँदै थिइन्। विपीनलाई आफ्नै गजल कतै अधुरो भयो कि भन्ने भान भयो। उनको मस्तिष्क मडारिएको बादल जसरी मडारिन थाल्यो। त्यति नै बेला उनले अर्को शेर सम्झे। संगीतकार महेशलाई आग्रह गरेर नयाँ शेर अन्तिममा थपौं भने।  महेशले 'हुन्छ' भने। त्यसपछि अन्तिम शेर रेकर्डिङको क्रममा थपियो–

अनायासै मेरो दुख्यौ जिन्दगीमा
परेली भिजाई बगाएँ तिमीलाई

रेकर्डिङपश्चात् उनको एल्बम नै बाहिर आयो। २०६४ सालमा 'किरण' नामबाट।

एल्बममा ८ वटा गीत समावेश थिए। प्रायः सबै नै चले। इन्दिरा जोशीले गाएको 'टुट्यो तारा आकाशमा' र दीपक लिम्बूले गाएको 'ए जुन' पनि लोकप्रिय भए। त्यसमध्ये पनि 'न बिर्से तिमीलाई' त आजसम्म स्रोताको जिब्रोमा झुन्डिएरहेकै छ।

संगीत-सम्बन्ध 
विपीन सुदुरपूर्व भोजपुरका हुन्। सुरुवाती दिनमा कविता लेख्थे उनी। काठमाडौं आएपछि गीत र गजल लेख्न थाले। प्लस टु पढ्दाताका साहित्यिक र सांगीतिक माहोल त भएन। तर, जब उनी नेपाल कमर्स क्याम्पसमा गए, त्यहाँको साहित्यिक माहोलले चुम्बकले फलाम तानेजसरी तान्यो। 

कमै साथीहरू भएको समयमा मीनभवनमा उनको भेट मदन गोपालसँग भयो। 

मदन संगीत सिकिरहेका थिए। एकदिन कलेजको स्वागत कार्यक्रममा मदनले विपीनको गजल गाए। त्यसपछि उनीहरूबीचको निकटता अझै प्रगाढ भयो। 

भेटका क्रममा मदन र विपीनले गीत रेकर्ड गर्ने योजना बनाए। बुनेको योजना सार्थक भयो। गीत रेकर्ड भयो। गीत विपीनको, संगीत र स्वर मदनको।

मेरो मनको फूलबारीमा बहार लिई आयौ
यस्तो लाग्छ तिमीले मेरो जीवन जगमगायौ

यो गीतले विपीनलाई आफ्नो ठाउँमा चिनाउन मद्दत पुर्‍याएको थियो। 

त्यसपछि त उनलाई सांगीतिक माहोलमा जम्न खासै गाह्रो भएन। एकदिन विपीनको भेट संगीतकार महेश खड्कासँग भयो, संगीतकै सिलसिलामा। 

सोचाइ र मन मिलेपछि सम्बन्ध प्रगाढ हुन्छ। त्यस्तै भयो। महेशसँग छिट्टै नजिकिए विपीन। महेशले एउटा एल्बममा काम गर्दै थिए। गायक उदितनारायण झा र साधना सरगमसँग। त्यस एल्बमको बारेमा महेशले विपीनसँग कुरा गरे। 

'एल्बम् निकाल्दै छु। नयाँ गीत भए देऊ है,' यस्तै कुरा भयो विपीनसँग महेशको।

विपीनले दुई वटा गीत लेखेका थिए। 'तिम्रो पछ्यौरी,' र तिम्रो नजर भुलाउन'। विपीनका अनुसार होमवर्क गर्दाताका लेखिएका गीत थिए ती। किताबहरू पढ्दै गर्दा लेखिएका। निकै व्यस्त समयमा लेखिएका।

बिहान कलेज पढ्थे, दिउँसो स्कुल पढाउँथे। साँझको समयमात्र साथीहरूसँग भेटघाट हुन्थ्यो। स्कुलको काम सकेर प्रायः उनी संगीतकार महेशको अफिस पुतलीसडकमा पुग्थे। महेशसँगको संगतमा धेरै आइडियाहरू पनि पाए विपीनले। 

त्यही सिलसिलामा उनले पहिलो गीत लेखे, 'तिम्रो नजर भुलाउन'।

त्यसको केही समयपछि अर्को गीत लेखे, 'तिम्रो पछ्यौरी'।

'महेश दाइले मागेपछि मैले दुवै गीत दिएँ,' विपीन भन्छन्।

गीत रेकर्डिङ भएर आयो। राष्ट्रकवि माधवप्रसाद घिमिरे र अग्रज स्रष्टा कृष्णहरि बरालसम्मका गीत एल्बममा समेटिए।

बजारमा एल्बम आइसकेपछि विपीन चकित परे। उनको गीत लोकप्रिय भयो। एकाएका उनका प्रशंसक बढ्न थाले। 

'अपेक्षा गरेको पनि थिइनँ। यति धेरै चर्चा होला भनेर त,' ती दिन सम्झँदै उनी भन्छन्। 

आशामा बद्लिएको निराशा 
पहिलो एल्बमका गीतहरूले विपीनलाई लोकप्रिय मात्र बनाएनन्, चुनौती पनि थपिदिएका थिए। 'न बिर्सें तिमीलाई'को वाहवाही सकिएको थिएन। यही लोकप्रियताबीच उनी दोस्रो एल्बमको तयारीमा लागे।

२०६६ मा निस्किएको एल्बमको एउटा गीतले विपीनलाई साबितै गरिदियो। त्यो थियो– 'बल गरेर त्यो मन यता'।

स्वरुपराज आचार्यको आवाज र महेशकै संगीत थियो त्यसमा। यही गीतसँगै स्वरुपराजसँग उनले पहिलो काम गरे। गीतबाटै विपीन र स्वरुपले एक अर्कालाई बुझ्ने मौकासमेत पाए। 

गीत लोकप्रिय भयो। यद्यपि, लोकप्रिय हुनुमा भिन्नै कथा छ।

जुन बेलामा विपीनले गीतका अपेक्षा गरेका थिए, त्यसबेला गीत चलेन। रेकर्डिङ पछाडि गीतको प्रमोसनमा पनि निकै लागेको थियो टिम। तर, ६ महिनासम्म पनि गीत नचलेपछि टिमलाई नै निराश बनायो। त्यसबेला क्यासेट र आरबिटीको आधारमा गीत कति चल्यो भन्ने निर्धारण हुन्थ्यो। 

यति राम्रो गीत किन चलेन? 
सबैको मनमा यही प्रश्नले घोचिरहेको थियो। तर, अचानक गीतले बजार लिन थाल्यो। धमाधम क्यासेट बिक्री हुन थाल्यो। गीत प्रमोसनको क्रममा श्याम अर्यालले गरेको सहयोग भुल्न सक्दैनन् विपीन।

जब गीत चल्न थाल्यो, तब कहिल्यै पछि फर्केर पछाडि हेर्नुपरेन। 

त्यतिबेला 'एससिएल'मा सबैभन्दा बढी डाउलोड भएमध्येमा परेको थियो यो गीत।

विपीन भन्छन्, 'गीतप्रतिको हाम्रो जुन विश्वास थियो। त्यो गलत साबित भएन।' 

एल्बममा अरु गीत पनि थिए। तिनलाई प्रमोसन गर्ने समय भएन। त्यसकारण अरु गीत त्यति नचलेको स्विकार्छन् उनी। 

त्यसपछि तेस्रो एल्बम पनि निकाले। तर, बजार लिन सकेन। 

यद्यपि, निरन्तर गीत लेखनमा भने विपीनको कलम चलिरहेको छ। नयाँ एल्बम 'प्रत्युष'को काम गरिरहेका छन्। नयाँ एल्बममा भने उनको अपेक्षा बढ्दो छ। 'मेल'/'फिमेल' भर्सन गरेर तीन वटा ट्र्याकमा ६ वटा गीत बनेको छ। जसमा राजेश पायल राई, दुर्गा खरेल लगायतको आवाज सुन्न सकिन्छ। 

छायाँमा गीतकार
विपीनले आजसम्म झन्डै डेढ सयभन्दा बढी गीत लेखिसकेका छन्। तर आफ्ना गीतमा सन्तुष्ट भएको बताउँछन् उनी। गीतकारहरू छायाँमा पर्दा उनलाई मात्रै होइन अरु गीतकारलाई पनि दुःख लाग्छ। चर्चाको श्रेय गायक/गायिकालाई जान्छ। 

विपीनले पनि यही अवस्था भोग्नुपर्‍यो। 'दुःख त लाग्छ नै। तर, स्रोता/दर्शकको 'आई कन्ट्याक्ट'मा जो पुग्छ, उनीहरू नै चर्चामा आउने हुन्,' भन्छन्, 'मलाई आजकाल यो सामान्य लाग्न थालिसक्यो।'

कहिलेकाहीँ सर्जकको नाम नै गलत भनिदिँदा भने आफूलाई पीडा हुने गरेको विपीनको अनुभव छ। 

'मलाई त्यतिबेला चाहिँ दुःख लाग्यो, जुनबेला एल्बम नै गायिकाको भनेर हल्ला गरियो,' उनी सुनाउँछन्।

तर, जसले गीतसंगीत बुझ्न चाहन्छ। उसले पृष्ठभूमि खोतल्छ नै। त्यसबेला सबैभन्दा बढी जस संगीतकार र लेखकले पाउने भएकाले त्यो ऊर्जा उनी गीतमै पोखिरहेका छन्।

प्रकाशित मिति: शनिबार, साउन ३२, २०७६  ०७:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट
विवाहको प्रमाणपत्र छैन ? सर्वोच्चले भन्यो– ‘अन्य प्रमाणबाट पनि नाता पुष्टि हुन सक्छ’
एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट मंगलबार, असोज ६, २०८३
विवाहको प्रमाणपत्र छैन ? सर्वोच्चले भन्यो– ‘अन्य प्रमाणबाट पनि नाता पुष्टि हुन सक्छ’ मंगलबार, असोज ६, २०८३
एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै मंगलबार, असोज ६, २०८३
आज हरिपरिवर्तिनी एकादशी मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस आगलागीमा गम्भीर घाइते भएका चालकको मृत्यु मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्