• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

हाम्रो पुस्ता र परदेशको कहर

64x64
नेपाल लाइभ बुधबार, साउन २९, २०७६  १६:४५
1140x725

नेपालभित्र वा बाहिर रहेका हाम्रो पुस्ताको अवस्था हेर्दा मलाई आशिष राना (लाहुरे) को एउटा गीतको हरफ याद आउँछ– 

'हामी भगवान्‌को बच्चा
सानैदेखि साह्रै नै कच्चा, 
आपुई भूत भनी खुब डराइन्थ्यो जुन थियो अदृश्य
तर भूतभन्दा पनि सम्झेर डर लाग्छ आज आफ्नै भविष्य

यो अवस्था सबैमा मेल खान्छ, अपवादबाहेक। उमेर सबैको एकै हो। युवा अवस्था एकै हो। तर नेपालका युवा र युरोप, अमेरिकाका युवाको अवस्था किन फरक? गाँस, बास, कपास, रोजगारी र सुशासनको अभावका कारण दैनिक रुपमा सयौं युवा जमात आज विदेशमा छन्। 

जति युवा विदेशमा छन्, उनीहरु दुई भागमा विभाजित छन्। एक भाग खाडी मलेसियातिर छन् भने अरु युरोप/अमेरिका/अस्ट्रेलियातिर। छन त दुवै समूह विदेशमा छन् तर उनीहरुको कथा फरक छ। 

खाडीको कहर
घरमा सात-आठ जनाको परिवार छ। भान्सामा एक माना चामल पाक्छ। बुवा श्रमजिवी, उहाँ घामपानीको पर्वाह नगरी १२ बजेको तातो घाममा खेत जोत्न पुग्नुहुन्छ। बोराका बोरा सिमेन्ट पनि बोक्नुहुन्छ। कुनै झरी बतासको पर्वाह नगरी खोलामा बालुवा पनि चाल्नुहुन्छ। गिटी कुट्नुहुन्छ। तर, भोकले अर्धैय साना छोराछोरी अँगेनाको डिलमा बसिरहेका हुन्छन्।

दिनभरिको थकानले बुवा आउनुभएको हुन्छ। थाल खाऊँ कि भात खाऊँ अवस्थामा आधापेट भए पनि आमाले सबैलाई खान त दिन्छिन्, तर उनी आफू भने भोकै।

घरको छाना टाल्ने, भएको भाँडामा सामल हाल्ने, एकसरो राम्रो लुगा लगाउने अनि सन्तानलाई राम्रो र गुणस्तरीय शिक्षा दिलाउने आसमा उनीहरु आज खाडीमा छन्। 

अभावैअभावमा छोरा ठूलो हुन्छ। ऊसँग स्कुलले बैसाखमा दिएको पुरानै भए पनि एक सेट किताब त हुन्छ तर लेख्नलाई कलम हुँदैन। किताब बोक्नका लागि झौला हुँदैन। जस्तै भए पनि सर्ट र पाइन्ट त हुन्छ तर सर्टमा टाँक हुँदैन। पाइन्टमा फसनर। खुट्टमा जुत्ता त हुन्छ तर बुँढी औंलाले बाहिर चियाउँदै लुकामारी खेल्न थालिसकेको हुन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

उसलाई सानैदेखि प्लेन पनि चढ्ने रहर होला तर एकाएक उसका रहर बाध्यतामा बदलिन्छन्। यो यथार्थ खाडी जाने अपवादबाहेक सम्पूर्णमा मेल खान्छ। घरको छाना टाल्ने, भएको भाँडामा सामल हाल्ने, एकसरो राम्रो लुगा लगाउने अनि सन्तानलाई राम्रो र गुणस्तरीय शिक्षा दिलाउने आसमा उनीहरु आज खाडीमा छन्। 

अस्ट्रेलिया, युरोप र अमेरिका
सानो परिवार छ, तीन-चार जनाको। बुवाआमा राम्रै पेसा व्यवसायमा लाग्नुभएको छ। समाजमा परिवारको राम्रो नाम र प्रतिष्ठा छ। आधुनिक विज्ञान र प्रविधिले दिएको सम्पूर्ण सुविधा उपभोग गर्न पाएका छन्। नाम चलेकौ नामी विद्यालयमा पढ्छन्।

उमेर बढ्दै जाँदा उनीहरुमा पश्चिमा संस्कृति र भाषाको ठूलो प्रभाव परिसकेको हुन्छ। मोर्डनाइज्ड हुन वेस्टर्नाइज्ड हुनैपर्छ भन्ने गलत मानसिकताबाट यति ग्रसित हुँदै जान्छन् कि नेपाली भाषा, संस्कृति, रहनसहन, भेषभूषा उनीहरुलाई खल्लो लाग्दै जान्छ। उनीहरुको नजरमा यस्तो गलत मानसिकताले डेरा जमाएर बस्छ कि स्पष्टसँग नेपाली मात्र अंग्रेजी नमिसाई बोले पाखे…। टिपिकल नेपाली गाउँले रहनसहनमा रमाउन खोजे पाखे…। अंग्रेजी संगीत गाउन नजान्ने पाखे…। 

युरोप, अमेरिका जाने युवाहरुका अभिभावकको छुटै सामाजिक मान मर्यादा छ। उनीहरुलाई आफ्नो अन्तरमनको आनन्दभन्दा पनि सामाजिक प्रतिष्ठा, मान, सम्मानले बढी महत्व राख्छ।

Xtrem

Xtrem

यसरी कुनै देशको भाषा, धर्म र संस्कृतिप्रति गाढा प्रभाव पर्दै गएपछि उनीहरुको मन स्वदेशमा अडिएला र? भौतिक शरीर त स्वदेशमै रहला तर तनमन सबै अस्ट्रेलिया, युरोप अमेरिका पुगिसकेको हुनेछ।

कुलीन घरपरिवार भनौंदाहरुले चर्पी सफा गर्ने, भाँडा माझ्ने, गाडी धुने कामलाई सानो भनी हेला, हेयको दुष्टिले हेर्छन्। 

अर्कातिर हामीले आज अमेरिका, अस्ट्रेलिया जाने लोभमा आफ्नै नैतिकता तिलाञ्जली दिन तयार छौं। पिआर पाउने र उतै सेटल हुने आसले अन्जानको व्यक्तिसँग झुटो विवाह पनि गरिन्छ। त्योभन्दा पनि भयानक कुरा त काका भतिजीसँग, बहिनी दाजुसँग अनि मामा भान्जीसँग झुटो विवाह गर्न तयार हुन्छन्, अस्ट्रेलिया जानका लागि।

आज सम्पन्न देशमा उच्च शिक्षा लिन जाने विद्यार्थीमध्ये जो छात्रावृत्तिमा गएका छन्, माथिका उदाहरण उनीहरुमा मेल नखान सक्छ। 

युरोप, अमेरिका जाने युवाहरुका अभिभावकको छुटै सामाजिक मान मर्यादा छ। उनीहरुलाई आफ्नो अन्तरमनको आनन्दभन्दा पनि सामाजिक प्रतिष्ठा, मान, सम्मानले बढी महत्व राख्छ। बुवाआमाको यस्तै मानसिकताको फलस्वरुप स्थापित वातावरणमा उनीहरु हुर्किन्छन्।

यही मानसिकताबाट ग्रसित अभिभावक आफ्ना छोराछोरीलाई 'जे गर तर समाजमा नाक काट्ने काम नगर'को सुगा रटाइ प्रत्येक दिन रटाउँछन्। प्रत्यक्ष/अप्रत्यक्ष रुपमा गुन्डा नाइके, भ्रष्ट कर्मचारी, प्रहरी माफिया र कमिसनको भरमा हिँड्ने नेता, न्यायाधीशहरुको मोजमस्ती जीवनशैली देखाएर बाल मनोविज्ञानको चिरहरण गरिरहन्छन्।

अझै सानो आशा भने बाँकी नै छ। विदेशी सिप स्वदेशी लगानी अन्तर्गत युवालाई प्रोत्साहन सरकारी र निजी लगानीमा एक गाउँ-एक उद्योग स्थापना गरी रोजगारी सिर्जना गर्ने हो भने देशले केही वर्षमै मुहार फेर्नेछ।

जन्मदिन, विवाह, सरुवा बढुवा आदि शुभकार्यको नाममा सानैदेखि विदेशी महँगा रक्सी, विदेशी गीतसंगीत, परिकार, डिस्को र बारमा लगेर सिकाएपछि विदेश जानुभन्दा अर्को बाटो के नै रोज्न सक्ला र? 

जो पहिला गए र अब जो जान खोज्दैछन्, उनीहरुमा माथिका कति कुरा मेल खान्छन्- मनन गर्न जरुरी छ।

खाडी र अभिभावक
खाडी जाने युवाको अभिभावक तुलनात्मक रुपमा ९० प्रतिशत अशिक्षित छन्। उनीहरुलाई अरुका छोराछोरी ठूलो भएको राम्रो, जागिर खाएको, उच्च शिक्षा हासिल गरेको त राम्रो लाग्छ तर आफ्नो छोराछारी पढाउनुपर्छ भन्ने चेतना पूर्ण छैन। कहिलेकाहीँ पढाउनुपर्छ भन्ने पनि लाग्छ र भर्ना गरिदिन्छन्।

तर, आफ्नो गरिबीलाई दोष दिँदै भनेको र चाहिएको बेला कपी, कलम, जुत्ता, मोजा किँनिदिदैनन्। तर बेलुका साथीभाइसँग रमाइलो गर्ने र मदिरापान गर्ने बेला उसले आफ्नो गरिबी बिर्सिन्छ। साँझमा 'सारा संसार आज मेरै हो' भन्ने पाराले घरी पूर्व, घरी पश्चिम गर्दा जसोतसो घर त पुग्छन्। अनि श्रीमतीसँग झर्किएर अपशब्द प्रयोग गर्न थाल्छन्।

अरु आधारभूत आवश्यकता (गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य) भन्दा पनि मदिरा र जुवातासले गर्दा ऋण बढ्दै जान्छ। यस्तो अभावैअभावमा हुर्किने बाल मनोविज्ञानमा कस्तो असर पर्ला? के हामी कल्पनाभन्दा बेसी केही गर्न सक्छौं र? 

थाहा छैन यो अन्धकार यात्रा कहिले सकिने हो? उज्यालोमा हाम्रो पाउ कहिले पर्ने हो? 

अझै सानो आशा भने बाँकी नै छ। विदेशी सिप स्वदेशी लगानी अन्तर्गत युवालाई प्रोत्साहन सरकारी र निजी लगानीमा एक गाउँ-एक उद्योग स्थापना गरी रोजगारी सिर्जना गर्ने हो भने देशले केही वर्षमै मुहार फेर्नेछ।

प्रकाशित मिति: बुधबार, साउन २९, २०७६  १६:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रचण्डको चिन्ता : देशमा स्वाधीनताको संकट, जनतामा महँगीको मार
बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार
हनुमानढोकाको दसैँघरमा राखियो जमरा (तस्बिरहरू)
सम्बन्धित सामग्री
परिवारभित्रको पर्व जितिया देशभर अहिले दशैं, तिहार र छठलगायतका पर्वको मौसम सुरु हुन लागेको छ। यही पर्वको शृंखलामा मैथिली र थारू समुदायका महिलाले मनाउने जितिया... आइतबार, असोज १८, २०८३
अमेरिकी सैन्य फिर्तीको इराक आयाम विश्वव्यापी तेल व्यापार अनिवार्य रूपमा अमेरिकी डलरमै हुनुपर्ने कडा बाध्यतालाई निरन्तरता दिएर आफ्नो ग्लोबल आर्थिक नियन्त्रणलाई बलियो... शुक्रबार, असोज १६, २०८३
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपालको राजनीतिमा नयाँ पुस्ताको नेतृत्वप्रति जनअपेक्षा बढिरहेका बेला बालेन्द्र शाह(बालेन) नेतृत्वको सरकारलाई केवल समर्थन वा विरोधको... सोमबार, असोज १२, २०८३
ताजा समाचारसबै
प्रचण्डको चिन्ता : देशमा स्वाधीनताको संकट, जनतामा महँगीको मार आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार आइतबार, असोज २५, २०८३
हनुमानढोकाको दसैँघरमा राखियो जमरा (तस्बिरहरू) आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढीले पारेको असरको खबरले अत्यन्त दुःखी बनाएको छ :  डा.शशांक आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढी: छ वटा पुल बगे, दश जना सम्पर्कविहीन आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको परमादेश शनिबार, असोज २४, २०८३
इजरायल ठगी प्रकरण: कांग्रेस केन्द्रीय सदस्यकी उम्मेदवार विनिता खड्का पक्राउ शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्