जनकपुर- प्रदेश २ सरकारले रक्षाबन्धन पर्वको अवसरमा बिहीबार सार्वजनिक बिदा दिने घाेषणाा गरेको छ। आज(बुधबार) बसेको प्रदेश २ सरकारको मन्त्रिपरिषद् बैठकले बिहीबार रक्षाबन्धन पर्वकोे अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
प्रदेश २ सरकारले हिन्दुहरुको मुख्य पर्वको रुपमा रहेको जनैपूर्णिमा अर्थात् रक्षाबन्धनको अवसरमा प्रदेश, देश तथा विदेशमा बस्ने सम्पूर्ण हिन्दु धर्मालबम्बीहरुमा शुभकामनासमेत दिएको छ।
प्रदेश २ तथा मुलुकभर भाइचारा, सुख, शान्ति र समृद्धिको कामना गर्दै भाइचाराको महत्वपूर्ण पर्व रक्षाबन्धन हर्षोल्लासपूर्वक धूमधामले मनाउने उद्देश्यले सार्वजनिक बिदा दिने निर्णय गरिएको मुख्यमन्त्री लालबाबुु राउतद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।