• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, माघ ११, २०८२ Sun, Jan 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

'राष्ट्रिय टिमले जितेर मात्र क्रिकेट उँभो लाग्न सक्दैन'

64x64
नेपाल लाइभ शनिबार, माघ १३, २०७४  ०१:२१
1140x725

काठमाडौं– आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ प्रतियोगिताको तयारीका लागि नेपाली क्रिकेट टिम शनिबार दुबई प्रस्थान गर्दै छ। दुबईमा एक साता तयारी गरेपछि नेपाल डिभिजन–२ खेल्न नामिबिया जानेछ। डिभिजन–२ मा नेपाल र नामिबियासहित यूएई, केन्या, क्यानडा र ओमानले प्रतिस्पर्धा गर्दै छन्। नेपालले पहिलो खेल माघ २५ गते आयोजक नामिबियासँग खेल्नेछ। डिभिजन–२ को शीर्ष २ भित्र पर्ने सके नेपालले एकदिवसीय विश्वकप छनोट र इन्टरकन्टिनेन्टल कप खेल्ने अवसर पाउनेछ। यस्तै, एकदिवसीय टिमको मान्यताको समेत ढोका खुल्ने भएकाले डिभिजन–२ लाई महत्वपूर्ण प्रतियोगिताका रुपमा हेरिएको छ।

डिभिजन–२ का लागि नेपालको तयारी लगायतका विषयमा कप्तान पारस खड्कासँग नेपाल लाइभका सीताराम कोइरालाले गरेको कुराकानी:

आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ का लागि नेपालको तयारी कस्तो भइरहेको छ?

तयारी अन्तिम अवस्थामा पुगेको छ। एक साता अभ्यासका लागि शनिबार दुबई जाँदै छौं। त्यहाँ तीन अभ्यास खेल खेलेर नामिबिया प्रस्थान गर्छौं।

एभरेस्ट प्रिमियर लिगदेखि नै निरन्तर रुपमा क्रिकेट खेलिरहेका थियौं। फर्म्याट फरक भए पनि खेलाडीहरु क्रिकेटमै केन्द्रित थिए। क्याम्प राखेदेखि नामिबियाको अवस्थालाई लक्षित गरेर तयारी गरेका छौं।

टिममा युवा खेलाडीले मौका पाएका छन्। यी खेलाडीबाट कस्तो अपेक्षा छ?

४–५ जना खेलाडी बाहेक टिममा रहेका सबै खेलाडी युवा नै छन्। यू–१९ टिमबाट खेलाडीहरु राम्रो खेल देखाएर टिममा परेका हुन्। अब उनीहरुले आफ्नो क्षमतालाई कसरी मैदानमा देखाउने भन्ने महत्वपूर्ण छ।

अन्तर्राष्ट्रिय क्रिकेटमा युवा मात्र होइन, सबै खेलाडीले दबाब झेलेर खेल्न सक्नुपर्छ। हामी मनोवैज्ञानिक रुपमा बलियो हुने हो, राम्रो हुन्छ। युवा र अनुभवी खेलाडीको समिश्रणले टिममा थप ऊर्जा थपिएको छ।

Ncell 2
Ncell 2

डब्लुसिएल च्याम्पियनसिपमा नेपालको समस्या ब्याटिङ युनिटमा बढी देखिएको थियो। अब डिभिजन–२ मा ओपनिङ र ब्याटिङलाई सुधार गर्ने योजना के छ? 

डब्लुसिएल च्याम्पियनसिपको फर्म्याट नै वर्षमा केही खेल मात्र हुने थियो। ६–६ महिनामा खेल्दा हामीले निरन्तर एकै स्तरको प्रदर्शन गर्ने खेलाडीलाई ओपनिङमा पाउन सकेनौं। क्याम्पमा गरेको प्रदर्शनका आधारमा ओपनिङमा मौका दिएका थियौं। ब्याटिङमा पनि त्यस्तै भयो। पछिल्ला खेलको विश्लेषण गर्ने हो भने पनि जुन खेलमा नेपालले ब्याटिङ राम्रो गरेको छ, त्यो खेलमा जित हात पारेको छ।

यस पटक पनि हामीलाई ब्याटिङमा राम्रो प्रदर्शन गर्ने चुनौती छ। नामिबियामा पछिल्लो पटक हामीले सन् २०१५ मा खेलेका थियौं। त्यहाँ राम्रो खेलेर नै हामीले डब्लुसिएल च्याम्पियनसिपमा खेल्न पाएका हौं। अब फेरि हामीसँग अर्को अवसर आएको छ।

अर्कोतर्फ, हामीले ब्याटिङलाई मात्र बढी प्रेसर नदिएर बलिङ र फिल्डिङमा पनि राम्रो गर्नुपर्छ। बलियो पक्षलाई अझ बलियो बनाउनुपर्छ। कमजोर मानिएको ब्याटिङ सुधार गर्न खेलाडीहरुले चाहिएको बेला प्रदर्शन गर्न सक्नुपर्छ।

नामिबियाको विकेट तीव्र बलरका लागि राम्रो मानिएको छ। हामी यसका लागि कत्तिको तयार छौं?

नामिबियामा तीव्र गतिका बलरलाई राम्रो हुन्छ भनिएको छ। गत संस्करणको डिभिजन–२ मा पनि त्यही भनिएको थियो। तर, स्पिनरले पनि महत्वपूर्ण भूमिका खेलेका थिए। जितको आधार सबै टिमको समन्वय हो। बलिङ युनिटका लागि हामीले राम्रो रणनीति बनाउनेछौं। हामीबारे ‍प्रतिस्पर्धी र प्रतिस्पर्धीबारे हामीलाई राम्रोसँग थाहा छ। त्यसैले तीव्र बलिङदेखि सबै क्षेत्रमा राम्रो रणनीति बनाएर मैदानमा लागू गर्ने हो भने हाम्रो पक्षमा नतिजा ल्याउन सक्छौं।

ब्याटिङ कन्सल्ट्यान्टको रुपमा भारतका सुलक्षण कुलकर्णी आउनुभएको छ। उहाँबाट के अपेक्षा छ?

उहाँ अनुभवी प्रशिक्षक हुनुहुन्छ। उहाँको बलियो पक्ष राम्रो रणनीति बनाउन सक्नु हो। टिम कम्बिनेसन कस्तो बनाउनेदेखि खेल भइरहेको बेला फिल्ड सेटिङ कसरी गर्ने विषयमा छलफल भइरहेको छ। सुरुवाती दिनका छलफलबाट उहाँको क्रिकेट ज्ञान धेरै भएको थाहा पाएको छु। उहाँले भारतको रणजी टिमको व्यवस्थापन हेरिसक्नुभएकाले खेलाडीलाई राम्रो वातावरणमा आफूले चाहे अनुसार खेल्नका लागि स्वतन्त्रता दिने विषयमा कुरा भएको छ। खेलाडीले त्यो स्वतन्त्रतालाई सही सदुपयोग गर्नेमा आसावादी छु।

डिभिजन–२ का अन्य पाँच टिमले राम्रो तयारी गरिरहेका छन्। राम्रा टिमसँग अभ्यास खेल खेलिरहेका छन्। अन्य टिमको तुलनामा नेपालको तयारी कमजोर भइरहेको हो?

कसले कस्तो तयारी गर्‍यो भन्नु भन्दा पनि नतिजा कस्तो आउँछ, त्यो महत्वपूर्ण हुन्छ। धैरै अभ्यास गर्दैमा राम्रो नतिजा आउँछ भन्ने पनि होइन। हामीले न्यूनतम स्रोत-साधनलाई अधिकतम उपयोग गरेर तयारी गरिरहेका छौं। सबै खेलाडीमा जिम्मेवारीबोध छ। हामीलाई खेल्ने अवसर दिइएको छ। त्यसलाई हामीले सक्दो सदुपयोग गरेर नेपाली क्रिकेटलाई माथि पुर्‍याउन कोसिस गर्ने हो।

नामिबियामा यसअघि खेलिसकेकाले त्यहाँको कन्डिसनबारे पनि हामी जानकार छौं। नामिबियाको कन्डिसनमा भिज्न कस्ता योजना बनाइएको छ?

हामीले डिभिजन–२ हुने तीन वटै मैदानमा खेलिसकेका छौं। तीन वटै मैदान फरक–फरक कन्डिसनका छन्। त्यहाँ नखेलेका खेलाडीलाई मैदानबारे जानकारी दिएका छौं। कुनै मैदानमा एक्स्ट्रा बाउन्स हुनसक्छ भने कुनै मैदान फ्ल्याट छ। हामीले अनुभव एक-आपसमा सेयर गरेका छौं। पहिलेको अनुभव अनुसार योजना बनाएर मैदानमा लागू गर्न सक्यौं भने राम्रो हुन्छ। पछिल्लो पटक हामीले राम्रो योजना बनाएका थियौं, त्यही अनुरुप खेल्न सकेका थियौं। यस पटक पनि त्यस्तै नतिजा ल्याउन सक्नेमा आसावादी छौं।

घरेलु क्रिकेटमा ५० ओभरका प्रतियोगिता हुन सकिरहेका छैनन्। टी–२० प्रतियोगिताबाट खेलाडी छनोट गर्दै ५० ओभरको प्रतिस्पर्धमा भाग लिनुपर्दा खेलाडीको प्रदर्शनमा कस्तो असर पर्छ?

हामीले पूरै क्रिकेटको संचरनाबारे नै सोच्नुपर्ने अवस्था छ। प्रतियोगितालाई लक्षित गरेर मात्र यस्तो भयो, उस्तो भयो भनिन्छ। तर, समग्र क्रिकेटलाई हेर्ने हो भने पहिलेदेखि नै वर्षमा एउटा घरेलु राष्ट्रिय प्रतियोगिता हुने गर्थ्यो। त्यसकै आधारमा क्रिकेट चलेको थियो। अहिले संघ नहुँदा पनि टी–२० फर्म्याटका प्रतियोगिताहरु भइरहेका छन्। त्यसैले हामीले क्याम्पमा बढी केन्द्रित भएर उत्कृष्ट खेलाडी छान्नुपर्ने अवस्था छ। ५० ओभरको म्याच भएन भन्नुभन्दा न्यूनतम स्रोतलाई अधिकतम उपयोग गरेर राम्रो खेल्नेबारे सोच्नुपर्छ। 

डिभिजन–२ लाई नेपाली क्रिकेटको भविष्यसँग जोडिएको प्रतियोगिता मानिन्छ । समस्याबाट ग्रुजिरहेको अवस्थामा माथि उठ्न कतिको चुनौती देख्नुभएको छ?

विश्व क्रिकेट लिगको वरियताले मात्र नेपाली क्रिकेटको भविष्य राम्रो हुने होइन। जब हामीले आइसिसीको सदस्यता पायौं, त्यो बेलादेखि अहिलेसम्म क्रिकेटको संरचनामा खासै केही परिवर्तन आएको छैन। त्यसैले हामीले यही प्रतियोगितालाई नेपाली क्रिकेटको भविष्य भनेर सोच्नु हुन्न। आउने ५ वर्ष वा १० वर्षमा कस्तो संरचना र वातावरण बनाउने भन्नेमा ध्यानु दिनुपर्छ। हामी राष्ट्रिय टिमको जितमा मात्र केन्द्रित भइरहेका छौं। राष्ट्रिय टिमले जितेपछि हामीले नेपाली क्रिकेट अघि बढ्यो भन्यौं। तर, हामीले खेलाडी उत्पादन र संरचनामा ध्यान दिएनौं। विगत ७–८ वर्षमा ३०–३५ जनाभन्दा बढी खेलाडी राष्ट्रिय टिमबाट खेलेकै छैनन्। अर्कोतर्फ, घरेलु प्रतियोगिता पनि आयोजना भइरहेका छैनन्। नेपाली क्रिकेटको भविष्यलाई सोच्ने हो भने संरचना कसरी बलियो बनाउने भन्ने कुरामा ध्यान दिनुपर्छ। त्यसपछि मात्र हामी माथिल्लो स्थानमा पुग्न सक्छौं। 

डिभिजन-२ मा हाम्रो लक्ष्य के हो?  लक्ष्य प्राप्त गर्न कस्ता चुनौती छन्?

हामीले पहिलो खेल आयोजकसँग खेल्दै छौं। पहिलो खेलमा आयोजक नर्भस हुन्छन् जस्तो लाग्छ। त्यसको फाइदा हामी उठाउन सक्छौं। नामिबियालाई पहिलो खेलमा हराउन सक्यौं भने राम्रो सुरुवात गर्न सक्नेछौं।

महत्वपूर्ण कुरा, हामीले राम्रो क्रिकेट खेन्नुपर्छ। कन्डिसन र खेलाडीभन्दा पनि टिमको कस्तो तयारी र जितको भोक कत्तिको छ भन्ने महत्वपूर्ण हुन्छ। हामीले क्रिकेट प्रतियोगिताको महत्त्व राम्रोसँग बुझेकाले प्रतिबद्धतासहित मैदानमा उत्रनुपर्छ। जित–हार एक ठाउँमा छ, मैदानभित्र छिरेपछि हामीले शतप्रतिशत खेल्नेछौं। सबै खेलाडीले शतप्रतिशत खेल्छन् भने जित पनि हाम्रै हुनेछ। हाम्रो लक्ष्य भनेको अवश्य पनि डिभिजन–२ जित्ने हो। 

प्रकाशित मिति: शनिबार, माघ १३, २०७४  ०१:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा तीनै पदमा एमाले-काँग्रेस-जसपा गठबन्धन विजयी
कर्णालीमा कांग्रेसका शाही र एमालेबाट रखाल विजयी
कोशीबाट थापा, पोर्तेल र मेचे निर्वाचित
सम्बन्धित सामग्री
एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर अफर अन्तर्गतका मर्चेन्डाइजमा नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सी, रेप्लिका जर्सी, क्रिकेट ट्रयाकसुट तथा क्याप समावेश छ। शुक्रबार, माघ ९, २०८२
एनसेलको सहयोगमा ‘क्रिएटर्स मेला’ तीन सहरमा आयोजना हुँदै सन् २०२३ मा सुरु भए देखिनै क्रिएटर्स मेलाको साझेदारका रूपमा एनसेलले सहयोग गर्दै आएको छ। कार्यक्रमले नेपाली युवाहरूलाई कन्टेन्ट क्रिए... शुक्रबार, माघ ९, २०८२
प्रधानमन्त्रीलाई बुझाएको एनसेलको पत्रमा के छ? पत्रको मूल सार एउटै छ: समान प्रकृतिका सेवा प्रदायकहरूबीच फरक–फरक व्यवहार, विशेष गरी अनुमतिपत्र नवीकरण, व्याज, शेयर स्वामित्व र नियाम... बुधबार, पुस ३०, २०८२
ताजा समाचारसबै
लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा तीनै पदमा एमाले-काँग्रेस-जसपा गठबन्धन विजयी आइतबार, माघ ११, २०८२
कर्णालीमा कांग्रेसका शाही र एमालेबाट रखाल विजयी आइतबार, माघ ११, २०८२
कोशीबाट थापा, पोर्तेल र मेचे निर्वाचित आइतबार, माघ ११, २०८२
गण्डकीबाट महिलामा सम्झना देवकोटा विजयी आइतबार, माघ ११, २०८२
कोशीमा ८ जनाले गरेनन् मतदान आइतबार, माघ ११, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
हरिबोल गजुरेलसहित ७ नेता नेकपाबाट निष्कासित शनिबार, माघ १०, २०८२
गण्डकीबाट महिलामा सम्झना देवकोटा विजयी आइतबार, माघ ११, २०८२
चुनावबारे ओली अझै अन्योलमा,भने- आन्दोलनमा उत्रिनुपर्ने हो कि चुनावमा सहभागी हुनुपर्ने हो, भन्न सकिन्न शनिबार, माघ १०, २०८२
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको सुझाव शनिबार, माघ १०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्