तीन दिनदेखि हराएका युवा मनोहरा खोलामा मृत फेला

नेपाल लाइभ | २०७६ श्रावण २८ मंगलबार | Tuesday, August 13, 2019 १२:४३:०० मा प्रकाशित

काठमाडौं– विगत तीन दिनदेखि हराएका एक युवा बालकुमारीस्थित मनोहरा खोलमा मृत भेटिएका छन्।

उदयपुरको कटारी नगरपालिका-२ घर भएका अन्दाजी ३२ वर्षीय हरि खड्का मृत फेला परेका प्रहरीले जनाएको छ। उनको शव सड्न थालेको अवस्थामा मनोहरा खोला किनारामा मंगलबार बिहान प्रहरीले फेला पारको हो।

उनी काठमाडौंमा मूर्ति बनाउने काम गर्थे। उनको मृत्यु शंकास्पद रहेको भन्दै प्रहरीले अनुसन्धान सुरु गरेको छ।