स्याङ्जाका सरकारी कार्यालयमा छड्के, १९ अधिकृतसहित ९६ कर्मचारी अनुपस्थित

स्याङ्जा- जिल्लाका सरकारी कार्यालयमा अनुगमन गर्ने क्रममा ९६ कर्मचारी अनुपस्थित भएको पाइएको छ। जिल्ला प्रशासन कार्यालय स्याङ्जाले सोमबार जिल्लास्थित सरकारी कार्यालयमा छड्के अनुगमन गर्दा विभिन्न कार्यालयमा कर्मचारी अनुपस्थित रहेको पाइएको जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जनाएको छ।
प्रशासन कार्यालयबाट खटिएको अनुगमन टोलीले सङ्घ र प्रदेशअन्तर्गतका २० कार्यालयमा अनुगमन गर्दा ९६ कर्मचारी अनुपस्थित रहेको पाइएको प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाले जानकारी दिए। अनुगमन गरिएका कार्यालयका हाजिरी रजिस्टर छड्के टोलीले प्रशासन कार्यालयमा लगेर हेरेको थियो। छड्के अनुगमनमा १९ अधिकृत र ७७ अन्य कर्मचारी कार्यालयमा हाजिर नभएको पाइएको प्रमुख जिल्ला अधिकारी निरौलाले जानकारी दिए।
खानेपानी डिभिजन कार्यालय, नापी कार्यालय र घरेलुका कार्यालयबाहेकका अन्य कार्यालयमध्ये समयमै कार्यालय नजानेमा जिल्ला अस्पतालका रहेका छन्। जिल्ला अस्पतालका डा सुशील मरासिनी बैसाखदेखि कार्यालयमा अनुपस्थित रहेका छन् भने अस्पतालका प्रमुख डा अमृत पोखरेल साउन १३ गतेदेखि अनुपस्थित रहेको पाइएको छ।
जिल्ला अस्पतालजस्तो संवेदनशील कार्यालयमा एकैपटक सबै अधिकृत अनुपस्थित हुनु दुःखद भएको प्रमुख जिल्ला अधिकारी निरौलाले बताए। डा मरासिनी असार मसान्तसम्मको बिदा लिएर अमेरिका र डा पोखरेल दुईहप्ते बिदामा रहेका निमित्त प्रमुख रञ्जु पोखरेलले बताइन्। त्यस्तै, आयोजना कार्यान्वयन इकाई (शिक्षा) मा १० कर्मचारी रहेकामा सबै कर्मचारी काज लिएर बसेको भेटिएको प्रजिअ निरौलाले बताए।
यस्तै जिल्ला तथ्याङ्क कार्यालयमा ११ कर्मचारी रहेकामा ९ जना कर्मचारी ‘फिल्ड’ लेखेर बिदामा बसेको देखिएको छ। अनुपस्थित कर्मचारीलाई स्पष्टीकरण सोधिने र बिदा नलिनेको गयलकट्टा हुने बताउँदै प्रजिअ निरौलले गयलकट्टा हुने कर्मचारीको गयल बराबर सेवाअवधि कम हुने सरकारी नियम रहेको बताए।
कार्यालय छड्केमा कृषि ज्ञान केन्द्रमा ५, जिल्ला स्वास्थ्यमा २, कोष तथा लेखा नियन्त्रकको कार्यालयमा १, विद्युतमा १, हुलाकमा ७, जलस्रोत तथा सिँचाइ विकास डिभिजनमा ४, आयुर्वेदमा २, राष्ट्रिय पुनर्निर्माणमा ८, जिल्ला समन्वयमा ४, डिभिजन वनमा ७, शिक्षा विकास तथा समन्वय एकाइमा १, भेटेरिनरी अस्पतालमा ३, मालपोतमा १, सुन्तला जोनमा ६ जना कर्मचारी अनुस्थित रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। रासस
- विवाद मिलाउन देउवा र पाैडेलबीच छलफल हुँदै
- वर्षात्सँगै पोखरामा पोखियो भैरब किस्सा
- धनुषा बम विस्फोट : झुन्डिएकाे झाेला हेर्न खाेज्दा गयाे ज्यान
- तातोपानी भन्सारका प्रमुख बस्नेतसँग साढे १० करोड गैरकानुनी सम्पत्ति, घुसको पैसा जेठानसँग तारे हाेटलमा लगानी
- नेकपा सचिवालय बैठक दिउँसाे ३ बजे बस्ने
- मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
- हिमपातले कतै खुसी, कतै सास्ती
- सरकार ! ट्याक्सीमा भिजिट नेपालको स्टिकरमात्रै टाँस्ने कि मिटर भाडा कार्यान्वयन गर्ने
- वैदेशिक रोजगारीमा सीपयुक्त जनशक्ति पठाउन सरकारको जोड
- धनुषामा बम विस्फोट : प्रहरी इन्सपेक्टरसहित ३ जनाकाे मृत्यु
- साग खेलकुद छाडेर किन कतार भागिन् कीर्तिमानी खेलाडी?
- गणतन्त्रकी गुमनाम अभियन्ताको अन्त्य
- सिसिटिभी बिगारेर सिएमसीमा कसले राख्यो पेस्तोल?
- के भेगास सिटी अपार्टमेन्टले सुधीर बस्नेतलाई पुनर्स्थापित गराउला?
- भारतले ६ महिनाभित्र लिपुलेक पुर्याउने गरी सडक बनाइरहेको छ : सांसद बडु [अन्तर्वार्ता]
- 'करदातालाई कर प्रशासनबाट डर नलाग्ने वातावरण सिर्जना गर्नुपर्छ'
- बालाजु–त्रिशुली सडक: पप्पुदेखि प्रचण्डका घरबेटीसम्मको ठेक्का, काम अलपत्र
- माल्दिभ्सलाई २-१ ले पराजित गर्दै नेपाल अंक तालिकाको शीर्ष स्थानमा
- हामी दर्जनौं ठाउँको अध्ययनपछि निजगढ पुगेका हौं, अब यो निर्विकल्प हो दायाँ बायाँ हुँदैन : योगेशकुमार भट्टराई
- फुटबल फाइनलअघि रंगशालामा मजाक
- विकल्पमा राखिएका खेलाडीले जिते स्वर्ण
- ५ वर्ष नाघेका मुद्दा स्थगित नगर्न सर्वोच्चद्वारा वकिलहरुलाई आग्रह
- टिकट बिक्रीभन्दा धेरै दर्शक, कसरी भरिएको छ रंगशाला?
- कोरियामा जमेको नेपाली ठिटो : रोजगारीका लागि आएका लोकेन्द्र कसरी बने रोजगारदाता?
- विदेश सपनाले बहुविवाह : सम्बन्धविच्छेदको ६ महिनापछि जेल
- धनुषामा बम विस्फोट : प्रहरी इन्सपेक्टरसहित ३ जनाकाे मृत्यु
- ११ बैंकका सिइओमाथि सम्पत्ती शुद्धीकरणले थाल्यो एकैपटक छानबिन
- अब ९ बजेपछि स्कुलबस चलाउन नपाइने
- बहसमा सेना २- ‘कर्पोरेट आर्मी’ बन्ने जोखिमतिर नेपाली सेना
- बाकसमा फर्के चुनावको ऋण तिर्न मलेसिया पुगेका नेता
- दिपेक्षसँग ऋचाको बिहे
- साग पुरुष फुटबल: भुटानलाई हराउँदै नेपालले जित्यो स्वर्ण
- ज्वाईं घुस खाने जेठान लगानी गर्ने, अख्तियारले दुवैलाई हाल्यो भ्रष्टाचार मुद्दा
- समयमा उपस्थित नगराएपछि केन्द्रीय कारागार जगनाथदेवलका प्रमुखलाई कारबाही गर्ने अदालतको चेतावनी
- ठमेलको एक भेटबाटै १५ करोड ठगी
- बुटवलको मोतीपुरमा चार पाँग्रे सवारी उत्पादन उद्योग खोल्न १२ अर्ब कोरीयाली लगानी स्वीकृत
- पास बिनाका दर्शक छिराउने प्रहरीको फोटो खिच्दा पत्रकार कुटिए