• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

बलात्कारमा परेका छोरीहरुको न्यायका लागि लडिरहेका आमा 

गरिमा अभियान चलाएर प्रधानन्यायाधीशलाई पत्र
64x64
नेपाल लाइभ सोमबार, साउन २७, २०७६  १६:४९
1140x725

‘पुलमुनि उनी बसिरहेकी थिइन्। आफैंलाई सम्हालेर। एउटा झिनो दोपट्टाबाट आफैंलाई ढाक्ने प्रयासमा। नजिकै खानाको डिब्बा खुल्ला र असरल्ल छरिइरहेको थियो। उनले लगाएका कपडा माटोले लतपतिएका थिए। लगाएका चप्पल पनि उल्टिएका थिए। दिलभित्र यत्रो चोट थियो कि, केही पनि भुल्न सक्ने अवस्था थिएन। एउटी आमाका लागि आफ्नी छोरीको यो अवस्था देख्दा कसलाई तितो नलाग्ला र?’

'स्कुल जाने उमेरकी छोरी चार पटकसम्म बलात्कारको शिकार भई,' बलात्कार पीडित एक महिलाकी आमा भन्छिन्। पहिलो पटक जबउनी बलात्कारको शिकार भइन् उनको उमेर दश वर्ष मात्र थियो। त्यसपछि पनि उनी तीन पटक बलात्कारको शिकार भइसकेकी छन्। 

उनलाई यसरी पटकपटक बलात्कार गर्ने उनकै गाउँको केटा हो। पहिला ऊ बालिकाको विद्यालय आउने-जाने बाटोमा ढुकेर जिस्काउने गर्दथ्यो। 

पतिपत्नी दुबै जना कामका लागि घरबाहिर गएका बेला त्यो केटा घरभित्रै छिरेर छोरीमाथि बलात्कार गरेको थियो। 

पहिलो पटक बलात्कार गरेपछि उसलाई थप हौसला मिल्यो। फेरि दोस्रो पटक खेतमा र अर्को पटक नदी किनारामा उसैले बलात्कारको शिकार बनायो बालिकालाई। यसरी भएका घटना कविताका लागि कहिल्यै नबिर्सने गरी छाती चिरिने पीडाका घाउ बनेर गडेका छन्। 

यही कारणले छोरीले तीन पटकसम्म आत्महत्याको प्रयास गरेको उनले बताइन्। 

‘ऊ एक पटक झुन्डिएर मर्न तयार भएर घाँटीमा पासो लगाएसकेकी थिई। मैले देखेर सम्झाएँ,’ उनी भक्कानिदै सम्झिन्छिन्, ‘मेरो तिमीबाहेक अरु कोही छैन, जाहे जे सुकै होस् म तिम्रो लागि न्याय दिलाउन लडिरहन्छु। तिम्रो साथ कहिल्यै छोड्दिनँ।’ 

Ncell 2
Ncell 2
nimb
nimb

यो घटनापछि उनीहरू गाउँमा बस्न सकेनन्। गाउँ छोडेर सहर पसे। अहिले उनी काम गर्दिनन्। आफ्ना दुई छोरीका साथ समय बिताउँछिन्। जिन्दगीबाट हार मानेर एक पटक आत्महत्या गर्न तयार रहेकी उनकी छोरी फेरि नयाँ जीवन सुरु गरिरहेकी छन्। उनी फेरी विद्यालयमा पढाईका लागि जान थालेकी छन्। यी सबै कुरा बताइरहँदा उनी भक्कानिएर रुन थालिन्। आँसु पुछ्दै उनले भनिन्, ‘मुद्दा चलिरहेको छ। सुरुमा प्रहरीले पनि सहयोग गरेको थिएन।' 

धेरै दबाबपछि प्रहरीले मुद्दा दायर गर्यो। हाल अदालतमा रहेको उक्त मुद्दामा न्याय नमिलेसम्म लडिरहने उनको प्रतिज्ञा छ। 

000

यसरी छोरीका लड्ने कविता एक्ली आमा होइनन्। करिब एक हजारभन्दा बढी आमाहरू यो अभियानमा सक्रिय सहभागी भएका छन्। उनीहरूले सांकेतिक रूपमा हस्ताक्षर गरेर सर्वोच्च अदालतका प्रधानन्यायाधीश रञ्जन गोगाईंलाई चिठी लेखेका छन्। बालिकाहरूमाथि भइरहेका बलात्कारका घटनामा अदालत र अन्य सरकारी निकाय कठोर हुन आग्रह गरेका छन्। 

गरिमा अभियानको माध्यममा यी महिलाहरुले सर्वोच्च अदालतमा निवेदन दिएका हुन्। उनीहरूले अबोध बच्चामाथि भएको निर्मम बलात्कारका घटनामा गम्भीर सोचविचार गरिनुपर्ने माग गरेका छन्। 

‘सर्वोच्च अदालतले पाँक्सो एक्ट बनाएर एक आशाको किरण त देखाएको छ। तर अझै पनि धेरै सम्भावना छन्,’ गरिमा अभियानमा जोडिएकी आसिफले भनिन्, ‘अहिले पनि टु-फिंगर टेस्ट भइरहेको छ। प्रहरीले बच्चाको जाहेरीलाई गम्भीरतापूर्वक लिने गरेको छैन। कयौं पटक यस्ता गम्भीर मुद्दामा समेत जाहेरी दर्ता गर्न नै प्रहरीले मान्दैन।’

दिल्लीको प्रेस क्लबमा ९ अगस्टमा आयोजित एक कार्यक्रममा भाग लिन आएका सबै महिलासँग बलात्कारका कम्तीमा पनि एक-एक कहानी थिए। 

महाराष्ट्रको एउटा गाउँबाट आएकी एक आमाले आफ्नो नाबालिग छोरीमाथि निर्ममतापूर्वक बलात्कार भएको बताइन्। मध्य प्रदेशबाट आएकी एक महिला अन्य आमाहरू भन्दा फरक देखिइन्। उनी र उनका सन्तानका साथ यस्ता घटना नभएपनि उनी हुर्केको समाजमा आमा–बाबुले छोरीलाई देहव्यापारमा लगाउने गरेका अनुभव उनीसँग थिए। 'दस दस वर्षका ‍बालिकालाई एक दिनमा तीस-तीस पटक पुरुषसँग सुत्न लगाइन्छ,' उनले तीतो यथार्थ पोखिन्। 

भवारीदेवी पनि यो भिडमा देखिन्थिन्। ‘दिन प्रतिदिन अवस्था झन् खराब हुँदै गइरहेको छ,’ उनले भनिन्, ‘अहिले हरदिन बालिकामाथि बलात्कार भएको सुन्न परिरहेको छ, सरकारले यसमा गम्भीर भएर सोच्न जरुरी छ।’ 

गुनासो  कानुनसँग मात्र छैन
महाराष्ट्रबाट आएकी एक आमाले आफूले सम्झाई-बुझाई गरेपनि समाजले बाँच्न दिन मुस्किल बनाउँदै आएको पीडा पोखिन्। 

‘मेरी छोरीमाथि बलात्कार भयो। हामीले उसलाई सम्झाई-बुझाई हिम्मतसँग बाँच्न प्रेरित गर्यौ,’ उनले भनिन्, ‘तर समाजका मान्छेले उसलाई पलपल बाँच्न दिइरहेका छैनन्।’ 

‘ऊ निरास भएर बसे फलानोको याद आयो होला भन्छ। हाँसेर बसेर लाज पचेकी बेसरम भन्छ,’ उनले भावुक हुँदै समाजको व्यवहारबारे टिप्पणी गरिन्, ‘मानिसहरू भन्छन्- बलात्कारमा परेकी बालिका कसरी हाँस्न सक्छे, तपाईंहरू नै भन्नुस् मेरो छोरी के गरोस्?’ 

उनले आफ्नी अर्की छोरीको नाम लिँदै गाउँ छोड्नका लागि समाजले दबाब सिर्जना गरेर बाध्य पारेको बताइन्। 

000

प्रेस क्लबमा आएका सबै महिला कुनै न कुनै रुपमा कानुनी उल्झनमा लडिरहेका मात्र थिए। 

कसैलाई बलात्कारपछि प्रहरीको साथ मिलेन भने कसैलाई परिवारले साथ दिएन। कहिलेकाँही पैसाको प्रलोभनले हैरानी र तनाव दिएको अनुभव उनीहरुसँग थियो भने कहिले दोस्रो व्यक्तिले ज्यान मार्नेसम्मको धम्की दिने गरेको थियो।

जब हामीले यसरी बलात्कारबाट पीडित भएकाहरूका आमालाई 'अब के होला भनेर सोच्नु भएको छ' भनेर सोध्दा उनीहरूको एउटैमात्र जवाफ हुन्थ्यो, ‘छोरीको साहारा बन्ने। जबसम्म उनीहरु आफ्नै खुट्टामा उभिन सक्दैनन् तबसम्म लड्न सिकाउने। त्यो लडाईं आफू र आफूजस्तै पीडितका लागि मात्र।’

यी राज्यमा बच्चा धेरै सिकार भए 
भारतमा बच्चामाथि भइरहेका अपराधको तथ्यांक डरलाग्दो छ। राष्ट्रिय अपराध  तथ्यांक ब्युरोका अनुसार सन् २०१५ मा भारतमा बच्चाविरुद्ध भएका अपराधमध्ये ९४ हजार १ सय ७२ दर्ता भएका थिए। यसमा ४१ हजार ८ सय ९३ अपहरणका थिए भने यौन शोषणका १४ हजार ९ सय १३ थिए। यसैगरी, बलात्कारका १० हजार ८ सय ५४ थान मुद्दा दायर भएका थिए भने हत्याका १ हजार ७ सय ५८ थान।

महाराष्ट्र, मध्यप्रदेश, उत्तराखण्ड र दिल्लीमा बालबालिकामाथि हुने अपराधको संख्या अधिक छ। सिक्किम र नागल्यान्डमा यस्ता प्रकृतिका अपराध कम हुने गरेको तथ्यांकमा देखिएको छ। 

पाक्सो कानुनसँगको अपेक्षा
पाक्सो एक ठुलो कदम हुने र यसको केही असर यस्ता घटनामा पर्ने अभियानकर्मी आसिफको भनाइ छ। बाल यौन अपराधीलाई दण्डित गर्न बनाइएको स्पेशल कानुन नै पाँक्सो हो। पाक्सोको पूरा रूप 'प्रोटेक्सन अफ चिल्ड्रेन्स फ्रम सेक्सुअल्स अफेन्सेस' हो। 

यो कानुनको सहयोगले बच्चामाथि यौन अपराध गर्ने व्यक्तिलाई छिटो र कडा सजाय दिने उनीहरुको बुझाई छ। यसका साथै बालबालिकालाई यस्ता अपराधबाट जोगाउन पनि यो कानुनले भुमिका खेल्ने उनीहरूको अपेक्षा छ। 

यस कानुन अनुसार यदि कसैले बाल यौन शोषण गरेको पाइएमा पुलिसले फास्ट ट्र्याकमा अपराधी पक्राउ गरेर सजाय गर्नुपर्ने व्यवस्था छ। पीडित बालबालिकाको परिचयसमेत गोप्य राख्ने व्यवस्था यो कानुनमा छ। कानुनी कारबाही र प्रक्रियाका कारण बालबालिकामा कुनै मानसिक असर नपरोस् भनी विशेष ध्यान दिइएको छ। 

तर पीडितका आमाहरु कविता र पुष्पा यो अन्तिम अस्त्र भएको मान्न तयार छैनन्। ‘यदि यो पर्याप्त हुन्थ्यो भने यो लागू भएकै दिनदेखि यस्ता घटना समाप्त हुनुपर्ने थियो। तर त्यस्तो भएको छैन,’ उनीहरुले भने, ‘त्यसैले हाम्रो माग भनेको अझै गम्भीर भएर केही कदम उठाउन जरुरी छ।’ 

(बिबिसी हिन्दीमा प्रकाशित यो सामग्री नेपाल लाइभका दुर्गा दुलालले भावानुवाद गरेका हुन्)

प्रकाशित मिति: सोमबार, साउन २७, २०७६  १६:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने
फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट
विवाहको प्रमाणपत्र छैन ? सर्वोच्चले भन्यो– ‘अन्य प्रमाणबाट पनि नाता पुष्टि हुन सक्छ’
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने मंगलबार, असोज ६, २०८३
फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट मंगलबार, असोज ६, २०८३
विवाहको प्रमाणपत्र छैन ? सर्वोच्चले भन्यो– ‘अन्य प्रमाणबाट पनि नाता पुष्टि हुन सक्छ’ मंगलबार, असोज ६, २०८३
एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै मंगलबार, असोज ६, २०८३
आज हरिपरिवर्तिनी एकादशी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्