नेपालगञ्जको बिपी चोकस्थित इदगाहमा बकर इदको अवसरमा भेला भएका मुस्लिम समुदाय।
काठमाडौं- मुस्लिम समुदायले आफ्नो सबैभन्दा ठूलो चाड बकर इद हर्षोउल्लासका साथ मनाइरहेका छन्।
नजिकैका मस्जिदहरुमा भेला भएर मुस्लिम समुदायले सोमबारबाट आफ्नो सबैभन्दा ठूलो चाड बकर इद हर्षोउल्लासका साथ मनाइरहेका हुन्। यसै अवसर पारेर काठमाडौंको घण्टाघरस्थित जामे मस्जिदमा पनि भेला भएका उनीहरुले आपसमा शुभकामना आदानप्रदान गरेर सो पर्व मनाइरहेका छन्।
३ दिनसम्म मनाइने यो पर्वलाई ‘इद–उल–जुहा पनि भनिन्छ। मुस्लिम समुदायले यो पर्वलाई बलिदानीको पर्वको रुपमा पनि लिने गरेका छन्।
हिजरी सम्वतअनुसार १४३५ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माइल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको मुस्लिम धर्माबलम्बीहरुले बताएका छन्।
यस पर्वमा मस्जिदमा जम्मा भई नमाज पढ्ने पनि गरिन्छ। त्यसैगरी यस पर्वमा विभिन्न जनावरको बलि दिने र त्यसलाई तीन भाग लगाई एक भाग परिवारले भोजन गर्ने, एक भाग पाहुनालाई दिने र एक भाग गरिब एवम् दीनदुःखीलाई बाँड्ने परम्परा पनि रहिआएको छ। (तस्बिर- रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।