काठमाडौं- महानगरीय प्रहरी वृत्त, गौशाला, काठमाडौंका प्रहरी नायव निरीक्षकद्वय (सई) रमेश बहादुर पाण्डे र राजु स्वर्णकारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारको टोलीले साउन ८ गते सेवाग्राहीसँग १८ हजार रुपैयाँ घुस लिँदै गर्दा उनीहरुलाई पक्राउ गरेको थियो।
उनीहरुले सार्वजनिक मुद्दा चाँडै मिलाएर पठाइदिने भनी घुस लिएका थिए। अनुसन्धानको क्रममा सई पाण्डेले अर्का सई स्वर्णकार समेतको प्रत्यक्ष संलग्नता र मिलेमतोमा घुस लिएको पाइएको अख्तियारले जनाएको छ।
उनीहरुविरुद्ध 'भ्रष्टाचार निवारण ऐन, २०५९'को दफा ३ को उपदफा (१) को कसुर गरेको पाइएकाले सोही बमोजिमको सजायको माग गर्दै अख्तियारले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।