'साहो'को ट्रेलरमा प्रभासको जबरजस्त एक्सन

नेपाल लाइभ | २०७६ श्रावण २६ आइतबार | Sunday, August 11, 2019 १५:१२:०० मा प्रकाशित

काठमाडौं- बलिउड सुपरस्टार प्रभासको एक्सन थ्रिलर फिल्म 'साहो'को ट्रेलर रिलिज भएको छ। फिल्ममा प्रभास एक गुप्तचरको भूमिकामा छन्।

२०१७ अप्रिलमा प्रभासको 'बाहुबली २' रिलिज भएको थियो। २ वर्षपछि उनी 'साहो' लिएर फर्किएका हुन्। प्रभासले ट्रेलर रिलिजको क्रममा एउटा खुलासा गरेका छन् कि 'साहो' फिल्मका लागि उनी यति धेरै समय दिन चाहँदैन थिए।

प्रभासले भने, 'म यस फिल्मको २ वर्ष दिन चाहँदिन थिएँ। किनकि, यसभन्दा अघि बाहुबली फिल्मको लागि ४ वर्ष दिइसकेको छु। तर, एक्सन सिक्वेन्सको लागि हामीलाई धेरै तयारी गर्नुपर्ने जरुरी थियो। केही एक्सन सिन, जसमा अबु धाबीको चेज सिन थियो। यसका लागि हामीलाई करिब १ वर्ष काम काम गर्नुपर्‍यो। फिल्मको लागि अति धेरै तयारी र रिहर्सलको जरुरत थियो।'

प्रभासले आफ्नो अर्को फिल्मको सुटिङ सुरु गरिसकेका छन्। यस उक्त फिल्मको निर्देशन राधा कृष्णाले गरिरहेका छन्। यस फिल्मको बारेमा प्रभासले भुने, 'मैले नयाँ फिल्मको सुटिङ सुरु गरिसकेको छु। २० दनको सुट भइसकेको छ । आशा छ कि यस फिल्‍मपछि म एकै वर्षमा ई वटा फिल्म गर्नसकुँ।'

'साहो' अगस्ट ३०मा रिलज हुँदैछ। यस फिल्मलाई तमिल, तेलुगू र हिन्दी भाषामा रिलिज गरिनेछ। फिल्ममा श्रद्धा कपूर, अमृता नैय्यरको भूमिका छ। 

त्यसैगरी फिल्ममा जैकी श्रॉफ, चण्डी की पाण्डे, महेश मांजरेकर र नील नितिन मुकेश विलेन्स लगायतका कलाकारको भूमिका छ। फिल्मा करिब ३ सय करोड लगानी गरिएको निर्माण टिमले बताएको छ।

यस्तो छ फिल्मको ट्रेलरः

स्वर्ण रजत कास्य जम्मा
भारत
६२ ४१ २१ १२४
नेपाल
३६ २७ ३८ १०१
श्रीलंका
१७ ३५ ५५ १०७
पाकिस्तान
१५ २३ २४ ६२
बंगलादेश
११ ४५ ६०
माल्दिभ्स
भुटान