काठमाडौं- मध्य पश्चिम क्षेत्रका जाजरकोट, सल्यान र रूकुममा भारी वर्षाको सम्भावना देखिएको छ। मौसम पूर्वानुमान महाशाखाले जारी गरेको सर्तकता सूचनाअनुसार ती क्षेत्रमा आज भारी वर्षाको सम्भावना छ।
नदी तटीय क्षेत्र, पहिरोग्रस्त क्षेत्रमा रहने र यात्रा गर्नेलाई उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
माहाशाखाको आइतबार बिहानको मापनअनुसार कन्काई, कोशी, कमला, बागमती नारायणी, पश्चिम राप्ती, बबई, कर्णाली र महाकालीलगायत सबै नदीहरूमा बहाव बढ्दो क्रममा रहेको छ। (फाइल तस्बिर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।