• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

काश्मीर सम्झेर नेपालमा छट्पटाइरहेका तारिख

64x64
नेपाल लाइभ आइतबार, साउन २६, २०७६  ०८:३७
1140x725

‘धेरैपटक फोनको प्रयास गरेँ, म्यासेज गरेँ। तर, लाग्दै-लाग्दैन। उताको अवस्था बुझौं भनेको। दाजुभाइहरू छन्। के भयो, थाहा छैन। निकै चिन्ता लागेको छ।’

काश्मिर श्रीनगरका तारिख अहमदको गुनासो हो यो। यो गुनासोमा परिवारप्रतिको अपनत्वमात्रै झल्किँदैन, त्यहाँको हालत सम्झेर उब्जिएको छटपटिको दृश्यसमेत स्पष्ट रुपमा अनुभूत गर्न सकिन्छ।

तारिख २६ वर्षदेखि ठमेलमा कपडा व्यवसाय गर्दै आएका छन्। तारिखका दाजुभाइ उतै छन्-काश्मिरमा। उनी अहिले आफन्त सम्झेर चिन्तित बनेका छन्। ‘भारत सरकारले कर्फ्यू लगाएको रैछ। फोन, इन्टरनेट सबै रोकिदिएछ,’ उनी उदास हुँदै भन्छन्।

जम्मू-काश्मीरलाई दिइएको विशेषाधिकारसम्बन्धी संवैधानिक व्यवस्था धारा ३७० खारेज गरिदिएपछि गत आइतबारदेखि भारत प्रशासित जम्मू-काश्मिर अशान्त छ। कर्फ्यूका कारण पूरा सडक शून्य छन्। सञ्चार र इन्टरनेट सेवा अवरुद्ध छ। सुरक्षा व्यवस्था निकै कडा बनाइएको छ। काश्मीरका प्रभावशाली नेताहरू नजरबन्दमा छन्।

मुस्लिमहरूको विशेष चार्ड इद नजिकमा छ। तर, काश्मीरी जनताहरू (बहुसंख्यक मुस्लिमहरू) भने आफ्नै भूगोलमा पनि अलपत्रजस्तै छन्।

केही दिनदेखि आफन्तका खबर बुझ्न चाहिरहेका तारिखको प्रयास केवल असफल बनिरहेको छ।

000

ठमेलस्थित तारिखको पसलमा पुग्दा सुरुमा त उनले हामीलाई शंकालु नजरमा हेरे।

Ncell 2
Ncell 2
nimb
nimb

हामीले हाम्रो विश्वसनीयता पुष्टि गरेको लागेपछि मात्रै उनी कुरा गर्न राजी भए।

‘डरलाग्दो अवस्था छ। यहाँ इण्डियन सिआइडी पनि कति छन् कति,’ उनी सुरुवातमै केही सशंकित देखिए, ‘धेरै मान्छेले हामीलाई शंका पनि गर्नसक्छ। त्यसैले डर लाग्छ।’

यसबाट नेपलामा व्यवसाय गरेर बसेका काश्मीरीहरु पनि चिन्तित रहेको बुझ्न हामीलाई समय लागेन। केहीबेरमा उनी सामान्य हाउभाउमा प्रस्तुत भए र खुलेर कुरा गर्न थाले।

दशकौं भयो, काश्मीरले आनन्दको श्वास फेर्न पाएको छैन। सन् १९४७ मा विभाजनपछि नै भारत र पाकिस्तान काश्मीरलाई लिएर लगातार विवादमा छन्। जसले हरेक समय चर्किन्छ काश्मीरीको पीडा।

त्यही पीडाको एक साक्षी हुन् तारिख। २६ वर्षअघि उनी सोही पीडा बोकेर नेपाल छिरेका हुन्।

ठमेलस्थित तारिखको पसल।

000

सन् १९९३। तारिख प्रेसमा काम गर्थे। आतंककारीहरू भूमिगत रुपमा सक्रिय थिए। सरकार पक्ष उतिकै विध्वंशक देखिन्थ्यो। दुवै पक्षको त्रास नागरिकमा उत्तिकै थियो।

श्रीनगरबाट निस्कने ‘श्रीनगर टाइम्स’को मार्केट हेर्थे उनी। तर, संक्रमणको समयमा संस्थाहरू बन्दजस्तै हुन्थे। व्यापार शून्य हुन्थ्यो। तारिखको जागिर पनि त्यही शून्यतामै बिलायो।

एकदिन यस्तो घटना घट्यो, जसबाट निकै झस्किए उनी।

साँझ ६ बजेको समय, तारिख प्रेसबाट घर फर्किंदै थिए। कर्फ्यू चलेको थियो। तर, उनको हातमा प्रेस कार्ड थियो। त्यसैले डर थिएन। उनी ढुक्क भएर घर हिँडिरहेका थिए। बाटोमा सेनाहरूले उनको बाटो रोकेर भने, ‘तपाईं कहाँ जाने?’

उनले कार्ड देखाउँदै भने, ‘म प्रेसबाट आएको मान्छे। काम सकेर घर जान लागेको।’

यति भनेपछि सेनाले सजिलै छोड्ला भन्ने ठानेका थिए उनले। तर, सेनाहरूले गम्भीर हुँदै भने, ‘यदि यहाँ कुनै दुर्घटना भयो भने हामी तपाईंलाई प्रेसको मान्छे भनेर सोच्दैनौं। सिधै गोली हान्छौं।’

यो भनाइले तारिखलाई तर्सायो। उनको हंसले ठाउँ छोड्यो। उनी अत्तालिँदै घरसम्म आए।

घटनाहरू बारम्बार घटिरहन्थे। कहिले आगलागी, कहिले विष्फोट त कहिले गोली प्रहार। यतिसम्म कि सुत्ने बेलामा फाइरिङका आवाजले मुटुमा ढ्यांग्रो ठटाउँथ्यो। बिहान उठ्न पाइन्छ कि पाइँदैन भन्ने डर भइरहन्थ्यो।

एकदिन मात्र होइन। निरन्तर यस्ता घटनाको साक्षी बस्दै काश्मीरको दैनिकी अघि बढिरहेको थियो।

एकदिन एक सरदारलाई आक्रमणकारीले पक्राउ गरी मारेछन्। उनी ‘भारतका लागि काम गर्छन्’ भन्ने आतंककारीहरूको बुझाइ रहेछ।

'कोहीसँग कुरा गर्न पनि डर हुन्थ्यो,' उनी भन्छन्, ‘घरबाट बिहान निस्केको मान्छे बेलुकी आउँछ आउँदैन निश्चित नहुने। त्यसमाथि युवाहरूलाई सरकार र आतंककारी दुवैबाट खतरा थियो।’

उनी काम छाडेर घरमै बसिरहेका थिए। त्यतिबेला अर्को घटना घट्यो, आतंककारीले विष्फोटक रकेट श्रीनगरमा प्रहार गरेछन्। त्यस घटनाले तारिखका बाआमालाई पनि झस्काएछ। उनीहरूले अतालिँदै तारिखलाई भनेछन्, ‘अब तँ यहाँ नबस्। अवस्था ठीक छैन।’

‘अब कहाँ जाने त?,’

तारिखलाई आफ्नो ठाउँ छाड्न मन थिएन। तर, बाँच्नु मुख्य कुरा थियो।

उनका दाइ काठमाडौंमा पसल गर्थे। त्यसपछि उनको गन्तव्य बन्यो- नेपाल।

सन् १९९३ मा नेपाल आएका उनी २६ वर्ष भयो यतै छन्, जहान र सन्तानसँगै। तारिख ५२ वर्षका भए। यी बीचमा काठमाडौंमै आएका अवरोधसँग पनि उनी जुधे। यहाँ पनि दुःख र अभाव भोगे। तर, यहाँ उनले जीवनकै सुन्दर कुरा पाए- स्वतन्त्रता।

नेपालमा आफ्नो व्यवसाय राम्रोसँग चलिरहेकै थियो। तर, २०५२ सालदेखि भने उनको व्यवसायमा ह्रास आयो। ‘त्यसबेलादेखि लामो समय नेपालमा जनयुद्ध चल्यो। जनयुद्धले पर्यटकहरू आउन छाडे। हाम्रो व्यापार/व्यवसाय नै शून्य बनाइदियो,’ उनले पुराना दिन सम्झिए।

जनयुद्धकै कारण लामो समय आर्थिक समस्याले सताएको उनको अनुभव छ।

जब जनयुद्ध सकियो, तब पर्यटकहरू नेपालमा आउने क्रम बढ्यो। उनको व्यवसाय पनि माथि उक्लियो।  हाल उनी उनी पश्मिना, मेटलका सामानलगायत बिक्री गर्छन्।

ठमेलस्थित तारिखको पसल।

000

नेपाल आएपछि उनी ८ पटक मात्र काश्मीर गएका छन्। तर, उतै गएर बस्ने योजना यो २६ वर्षमा कहिल्यै बुनेनन्।

काठमाडौंमा काश्मिरी जनताका धेरै पसल व्यवसाय छन्। जनयुद्धको समय कोही त फर्किएर काश्मीर नै गए। उतै व्यवसायको सुरुवात पनि गरे। तर, तारिख गएनन्, यहीँ अडिएर बसे। जानेहरू पनि कतिपय फेरि फर्कनु पर्‍यो। ‘त्यहाँ केही पनि गर्न सकिन्न। लगानी गर्नु बेकार छ,’ उनी भन्छन्।

२०७२ सालको भूकम्पको बेलामा भने १ महिना बसेर आएको उनले सुनाए। ‘त्यतिबेला यहाँ भूकम्पको डर थियो। नानूहरूको चिन्ता थियो,’ उनी सुनाउँछन्, ‘एक महिना बसेर फर्कियौँ।’

000

काठमाडौंमा बसे पनि तारिखको मन भने काश्मीरपट्टि गढेको हुन्छ। अहिले काश्मीर पीडामा हुँदा उनी पनि यहाँ शान्त छैनन्। छट्पटाइरहेका छन्। आफू नबसे पनि बस्नेहरूले शान्ति पाएको उनी सुन्न चाहन्छन्।

बिहीबार राष्ट्रको नाममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गरे। ३८ मिनेटको सम्बोधनमा मोदीले आफूले अब जम्मू-काश्मीरको विकासलाई प्राथमिकता दिने र त्यसको खाका छिट्टै ल्याउने भन्दै आश्वस्त पार्न खोजे।

तर, मोदीको आश्वासनले तारिखलाई कुनै सन्तुष्टि दिएन। उनी झुटो मान्छन् मोदीको आश्वासन। भन्छन्, ‘मोदीले झुटा आश्वासन दिएका छन्। यसमा एक प्रतिशत पनि सच्चाइ छैन। व्यवहारिक छैन। यदि हुने भए हामी यसरी पिल्सिनुपर्ने थिएन।’

तारिखलाई चिन्ता लाग्छ, काश्मिरी नागरिकको। ‘ठूला राष्ट्रहरूको स्वार्थमा हामी पर्‍यौं,’ उनी पीडा पोख्छन्।

उनलाई पोलिरहने अर्को पीडा छ- आफ्नो र सन्तानको भविष्य।

‘अहिले त नेपालमा बसिरहौंला। भोलि यता बस्न दिइएन भने कहाँ गएर बस्ने? उता गएर बस्ने अवस्था छैन। हाम्रोभन्दा पनि सन्तानको पिर छ। उनीहरूको भविष्य के होला?,’ उनी गम्भीर देखिन्छन्।

‘हामीलाई कहिल्यै पनि भारत सरकारले आफ्नो नागरिक मानेन,’ उनको मुद्रा थप गम्भीर र आक्रोशित देखिन्छ, ‘एकदिन दूतावासमा छोरीको पासपोर्ट बनाउन जाँदा हामीलाई इण्डियन ठानेन दूतावासले। हाम्रो काम गरिदिएन।’

(मुल तस्बिर प्रतिकात्मक हो। तारिखले आफूलाई समस्या पर्ने बताएपछि हामीले उनको तस्बिर खुलाएका छैनौं।)

प्रकाशित मिति: आइतबार, साउन २६, २०७६  ०८:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने
फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट
विवाहको प्रमाणपत्र छैन ? सर्वोच्चले भन्यो– ‘अन्य प्रमाणबाट पनि नाता पुष्टि हुन सक्छ’
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने मंगलबार, असोज ६, २०८३
फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट मंगलबार, असोज ६, २०८३
विवाहको प्रमाणपत्र छैन ? सर्वोच्चले भन्यो– ‘अन्य प्रमाणबाट पनि नाता पुष्टि हुन सक्छ’ मंगलबार, असोज ६, २०८३
एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै मंगलबार, असोज ६, २०८३
आज हरिपरिवर्तिनी एकादशी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्