काठमाडौं- प्रदेश ३ सरकारको सहयोगमा काठमाडौँ महानगरपालिका-१६ म्हैपीमा सिसी क्यामरा जडान भएको छ।
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सिसीटिभी जडान कार्यक्रमको शनिबार उद्घाटन गरेका छन्।
उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख शाक्यले महानगरभित्र शान्ति सुरक्षा कायम गर्न सबै एक भएर लाग्नुपर्ने जोड दिए|
उक्त कार्यक्रममा प्रदेशसभा सदस्य बसन्त मानन्धर र वृत्त प्रमुख, प्रहरी नायब उपरीक्षक सन्तोषसिंह राठौर लगायत उपस्थित थिए।
महानगरीय प्रहरी वृत्त लैनचौरका प्रहरी नायब उपरीक्षक सन्तोषसिंह राठौरले प्रविधिको विकास, अपराध न्यूनीकरण र नगरपालिकाको सुरक्षा प्रत्याभूति दिलाउन सिसी क्यामेरा आवश्यक रहेको बताएका थिए।
मैह्पी र ठमेल क्षेत्र रातको समयमा पनि अति नै व्यस्त हुने क्षेत्र भएकोले सिसी क्यामेरा जडान गरिएकोप्रति प्रदेश ३ सरकारलाई धन्यवाद दिए।
सिसी क्यामरा निगरानी महानगरीय प्रहरी वृत्त लैनचौरले गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।