काठमाडौं- नेपाली सेनाका मेजरसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
उनीहरुलाई लागुऔषध ब्राउन सुगरसहित इटहरीबाट पक्राउ गरेको हो।
लागुऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय इटहरीको संयुक्त टोलीले उनीहरूलाई शनिबार साँझ ५ बजेर २० मिनेट जाँदा पक्राउ गरेको प्रहरीले बताएको छ।
पक्राउ परेका दुबै जनामाथि अनुसन्धान भइरहेकाले उनीहरूको नाम गोप्य राखिएको प्रहरीले जानकारी दिएको छ।
मेजर पूर्वी पृतना इटहरीमा कार्यरत छन्।
उनीहरूका साथबाट डेड ग्राम ब्राउन सुगर बरामद भएको छ।
पक्राउ परेका व्यक्ति ब्राउन सुगर सेवनकर्ता हुन् वा अन्य प्रयोजनका लागि बोकेका हुन् अनुसन्धान भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।