सल्यान- सल्यान जिल्लाको कालिमाटी गाँउपालिका-५ मनिकपुरबाट साउन २५ गते एपिएफ टोली र स्थानीय प्रहरीले चार नाल भरुवा बन्दुकसहित दुई जनालाई पक्राउ
गरेको छ।
पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ६७ वर्षीय टेकबहादुर कुमार र ७० वर्षीय चन्द्रबहादुर रोकाय छन्।
उनीलाई सशस्त्र प्रहरी बल, नेपाल आश्रित गुल्म सल्यानबाट खटिएको एपिएफ टोली र स्थानीय प्रहरीले पक्राउ गरेको हो।
उनीहरु घर नजिकको जंगलमा दुई नाल भरुवा बन्दुक बोकी हिड्दै गरेको अवस्थामा पक्राउ परेका थिए। त्यसपछि उनीहरुले आफ्नो घरमा समेत भरुवा बन्दुक रहेको बताएपछि निजहरुको घरबाट दुई नाल भरुवा बन्दुक, राउण्ड ४ वटा र ५० ग्राम बारुद बरामद गरिएको थियो।
पक्राउ परेकाहरुलाई बरामद हातहतियारसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।