राजविराज- सप्तरीमा बिजुलीको पोलले थिचेर शनिबार एक जनाको मृत्यु भएको छ। डाकनेश्वरी नगरपालिका–५, पातो निवासी ५० वर्षीय भोलाप्रसाद साहको बिजुलीको पोलले थिचेर मृत्यु भएको हो।
धान खरिद बिक्री केन्द्र संचालन गरेर बसेका साहलाई बिजुलीको पोल लडेर किचेको स्थानीय युवा विजेन्द्र मण्डलले बताए। छेउमै रहेको पिपलको हाँगा भाँचिएर बिजुलीको पोलमा ठोक्किएको र भार थेग्न नसकेर पोल लडेर साहलाई किचेको उनले जानकारी दिए।
जीर्ण अवस्थामा रहेको बिजुलीको पोल मर्मत नहुदा सामान्य दबाबमै ढलेको उनको अनुमान छ।
पोलले किचेर गम्भीर घाईते भएका साहलाई तत्कालै राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल ल्याएपछि मृत्यु भएको सप्तरीका डिएसपी भावेश रिमालले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।