• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

रवीन्द्रनाथ टैगोर : जमिनदार परिवारका करुण-हृदयी कवि

नोबेल पुरस्कारको रकम किसानलाई दान गरेका थिए
64x64
नेपाल लाइभ शनिबार, साउन २५, २०७६  १२:१५
1140x725

‘आमार शोनार बंगला, आमि तोमाए भालोबशी...
चिरोदिन तोमार आकाश, तोमार बाताश,
आमार प्राने बजाए बाशी...’

अर्थात्, मेरो प्रिय बंगाल, मेरो सुन जस्तो बंगाल, म तिमीसँग प्रेम गर्दछु... सदैव तिम्रो आकाश, तिम्रो वायु, मेरो प्राणमा बाँसुरीझैं गुन्जिइरहन्छ...’

भारतखण्डबाट नोबेल पुरस्कार विजेता कवि रविन्द्रनाथ टैगरले सन् १९०५ मा ‘बंगभग’को समयमा यसलाई रचना गरेका थिए। त्यसबेला उनले सायदै यो सोचेका थिएनन् कि ६६ वर्षपछि बंगलादेश अस्तित्वमा आउनेछ र यही रचनालाई राष्ट्रगानको रुपमा ग्रहण गर्नेछ। 

बंगलादेशसँग रवीन्द्रनाथको नाता केवल यही गीतमा मात्र सीमित छैन। उनका कविताहरु बंगलादेशका स्कुलको पाठ्यक्रमको हिस्सासमेत बनेका छन्। उनले लेखेका अधिकांश साहित्य यही क्षेत्रमा लेखिएको थियो। उनी जति भारतका हुन्, उति नै बंगलादेशका पनि। 

रवीन्द्रनाथ संसारभरका यस्ता कवि हुन्, जसले लेखेको गीत दुई देशहरुको राष्ट्रगानको रुपमा सम्मानित भएको छ। 

जमिनदार रवीन्द्रनाथ
बंगलादेशमा रवीन्द्रनाथको परिवार ठूलो जमिनदार थियो। टैगोर परिवारको पहिलो जमिन कालिग्राम परगनास्थित पोतिसरमा थियो। अर्को इब्राहिमपुर परगनेको सिलाइदाहामा थियो। जुन ठाउँ अहिले कुश्तिया जिल्लामा पर्छ। पहिले यो अविभाजित नदी जिल्लाको हिस्सा थियो। र, अर्को पाबना जिल्लाको शहजादपुर परगनामा टैगोर परिवारको जमिन थियो। 

ढाकाबाट करिब २ सय ५० किलोमिटर दुरीमा रहेको पोतिसर गाउँ पहिले राजशाही जिल्लाको हिस्सा थियो। सन् १९८४ यो नौ गाउँमा गाभियो।

Ncell 2
Ncell 2
nimb
nimb

बंगलादेश अवामी लिगका नेता इसाराफिल आलम नौ गावका सांसद हुन्। ‘भारतीय स्वतन्त्रता आन्दोलनमा लागेका क्रान्तिकारी प्रफुल्ल चन्द्रको गृहजिल्ला बोगरा पनि पोतिसरभन्दा धेरै टाढा छैन,’ उनले भने। 

रवीन्द्रनाथको यो गाउँमा सर्किट हाउस हुनु यो गाउँ चिनाउनका लागि महत्वपूर्ण भएको उनको बुझाइ छ। ’बदलिँदो समयसँगै गाउँमा पनि धेरै परिर्वतनहरु भित्रिए तर तर पोतिसरको पहिचान आज पनि कविगुरु रविन्द्रनाथ टैगोरसँगै जोडिन्छ।

बंगलादेशको पोतिसर गाउँ 
सांसद इसाराफिल आलमका अनुसार सन् १८३० मा रवीन्द्रनाथका हजुरबा सर द्वारकनाथ टैगोरले अंग्रेजहरुसँग यहाँको जमिन किनेका थिए। नागौर नदीको किनारामा अवस्थित यो गाउँ राजधानी ढाकासहित देशको बाँकी जिल्लामा रेल–सडक मार्गसँग जोडिएको छ। पोतिसरदेखि १२ किलोमिटर दुरीमा अतरई रेल्वे स्टेसन रहेको छ। 

ब्रिटिसले भारतमा शासन गरेको समयमा बनेको यो स्टेशनको आफ्नै ऐतिहासिक महत्व छ।

महात्मा गान्धी, प्रफुल्ल चन्द्र रोय, सुभासचन्द्र बोस र मोहम्मद अली जिन्ना लगायत कैयौं नेताहरुको आगमनको साक्षी यो रेल स्टेसन भएको थियो। 

रवीन्द्रनाथ पहिलो पटक १८९१ मा पोतिसर आएका थिए। एक जमिनदार परिवारसँग सम्बन्धित भए पनि उनमा जग्गाजमिन प्रति  त्यस्तो कुनै रुचि थिएन। उनी विशुद्ध प्रकृतिप्रेमी थिए। उनको मनमा मानिसप्रति करुणा मात्र थियो। सायद यही कारण रवीन्द्रनाथले आफ्नो समयमा प्रचलित रुढीवादी संस्कृति र प्रचलनमाथि व्यंग्य प्रहार गरिरहे।

जमीनदारी प्रथा चरम रुपमा रहेको उक्त समयमा कोही पनि आफ्ना रैती–किसान साहु महाजनसँगै बस्ने हिम्मत गर्दैन थिए। यस्तो परिस्थितिमा रवीन्द्रनाथले पोतिसरमा आफ्ना रैतीहरु (जनता) सँग आमुन्नेसामुन्ने भएर कुराकानी गर्ने गर्दथे। सँगै उठबस गर्थे।

पोतिसर र साहित्य 
पतिसरमा प्रशस्त आँप, पलाँस र पिपलका बोटहरु थिए। रवीन्द्रनाथले तिनै रुखको छहराीमा बसेर कालजयी उपन्यासहरु लेखे। त्यही प्रकृतिको सानिध्यमा रही  लघु कथा र कविताको समेत रचना गरे। यसका साथै उनले गाउँका गरिब किसानहरुले भोगेको अभाव र समस्याहरुबारे पनि कलम चलाए।

१९०९ सालमा प्रकाशित ‘गोरा’को रचना उनले पोतिसरमै गरेका थिए। यो उपमन्यास पछि निकै चर्चित बन्यो। त्यस्तै आफ्नो प्रख्यात काव्य संग्रह ‘चैताली’मा समावेश ५४ कविता, बिदाय ओभिशाप, लघु कहानी ‘प्रतिहिंसा’, ठाकुर दा, र निबन्धसंग्रह ‘अंग्रेज ओ भारतवासी’ यहीँ बसेर लेखेका थिए। 

सन् १९१३ मा रवीन्द्रनाथ टैगोरलाई साहित्यतर्फ 'गीताञ्जली' काव्यका लागि प्रतिष्ठित नोबेल पुरस्कार प्रदान गरिएको थियो। ‘टैगोरलाई मिलेको यो पुरस्कार पोतिसरवासीका लागि पनि गर्वको विषय थियो,’ रवीन्द्रनाथ टैगोर संग्राहलयका इन्चार्ज मोहम्मद सोहेल इम्तियाज भन्छन्, ‘१९१४ मा गाउँका स्थानीयहरुको आग्रहमा रवीन्द्रनाथ पोतिसर आए। र, गाउँलेहरुलाई सम्बोधन गरे।’

टैगोर मनको कोमल र हृदयी रहेका थिए। उनले नोबेल पुरस्कारबापत त्यसबेला पाएको एक लाख आठ हजार रुपैयाँ किसानहरुको हितका लागि दान गरे। उक्त रकमले पोतिसरमा कृषि बैंक र सहकारी समिति स्थापना भयो।

‘भूमिहीन किसानका छोराछोरीको शिक्षाका लागि रवीन्द्रनाथले एक विद्यालयसमेत खोलेका थिए,’ संग्रहालयका इन्चार्ज इम्तियाज भन्छन्, 'उक्त विद्यालय अहिले पनि गुरु रविन्द्रनाथ टैगोरको नाममा चलिरहेको छ।’ 

मेरो सुन्दर बंगला
पोतिसरको भूमिसँग रवीन्द्रनाथ गहिरोसँग गाँसिएका थिए। यही कारण उनी मौका पाउनेबित्तिकै उक्त गाउँमा आउने गर्दथे।  एक पत्रमा उनले लेखेका छन्– 'पोतिसर आउँदा मेरो आत्माले साक्षात्कार गरेझैं महसुस गर्छु।'

७६ वर्षको उमेरमा उनी अन्तिम पटक पोतिसर पुगेका थिए। १९३७ जुलाई २७ तारिखको त्यो दिन उनी बंगलाको चाड ‘पुण्य उत्सव’ चलिरहेको थियो। त्यसको चार वर्षपछि १९४१ अगस्ट ७ मा उनको निधन भयो। यो यात्रा नै उनको अन्तिम बन्न पुग्यो। 

राजशाही युनिभर्सिटीमा प्रोफेसर मोहम्मद अमीरुल मोमिन चौधरीका अनुसार तत्कालीन पूर्वी पाकिस्तान बंगलाभाषीहरुमाथि जबरजस्ती उर्दू थोपर्न चाहन्थ्यो। बंग्ला भाषा र साहित्यको उनीहरूको आँखामा कुनै अर्थ थिएन।

'तर, ठूलो संघर्ष र बलिदानीपछि पाकिस्तानीहरु लामो समय टिक्न सकेनन्,' प्रोफेसर चौधरी भन्छन्, 'अन्तत: बंगलादेशको जन्म १९७१ मा भयो।'

पाकिस्तानसँग बंगलादेश अलग भएपछि झन् रवीन्द्रनाथप्रतिको सम्मान आम जनतामा बढ्यो। नयाँ देश बनेपछि उनले लेखेको गीत राष्ट्रिय गान बन्न पुग्यो।

रवीन्द्रको सम्झनामा संग्रहालय
पोतिसरमा तीन एकड जमिनमा संग्रहालय रहेको छ। जसलाई कचहरीबाडी वा कुटीबाडी पनि भन्ने गरिन्छ। यहाँ कुल १३ कोठा छन्। यो रवीद्रनाथको पुस्तैनी हवेली थियो। यो संग्रहालयमा उनको जीवनसँग सम्बन्धित महत्वपूर्ण सामग्रीहरु राखिएका छन्। जुन पलङ र कुर्सीका रवीन्द्र बस्थे त्यो संग्रहालयमा सुरक्षित छ। उनीसँग सम्बन्धित करिब तीन सय सामग्री यहाँ हेर्न सकिन्छ। यहाँ रवीन्द्रनाथको एक भव्य प्रतिमा पनि राखिएको छ। जसको डिजाइन राजशाही युनिभर्सिटीका फाइन आर्ट प्रोफेसर कनककुमार पाठकले गरेका हुन्।

(अभिषेक रंजन सिंहले तयार पारेको सामग्री बिबिसी हिन्दीबाट साभार गरिएको हो।)

प्रकाशित मिति: शनिबार, साउन २५, २०७६  १२:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने
फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट
विवाहको प्रमाणपत्र छैन ? सर्वोच्चले भन्यो– ‘अन्य प्रमाणबाट पनि नाता पुष्टि हुन सक्छ’
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने मंगलबार, असोज ६, २०८३
फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट मंगलबार, असोज ६, २०८३
विवाहको प्रमाणपत्र छैन ? सर्वोच्चले भन्यो– ‘अन्य प्रमाणबाट पनि नाता पुष्टि हुन सक्छ’ मंगलबार, असोज ६, २०८३
एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै मंगलबार, असोज ६, २०८३
आज हरिपरिवर्तिनी एकादशी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्