काठमाडौं- यस वर्षको ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार-२०७६’ चार पत्रकारलाई प्रदान गरिने भएको छ।
पुरस्कार छनोट समितिले गरेको निर्णयलाई शुक्रबार बसेको नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को सचिवालय बैठकले अनुमोदन गरेको हो। जसअनुसार रेडियोतर्फ कौशल चेम्जोङ, अनलाइनतर्फ राजबहादुर गुरुङ, छापातर्फ गणेश राई र टेलिभिजनतर्फ शोभा श्रेष्ठलाई पुरस्कृत गरिने भएको हो।
पुरस्कार साउन २७ गते फोनिजको स्थापना दिवसको अवसरमा प्रदान गरिनेछ। पुरस्कारको राशी जनही २० हजार नगद रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।