काठमाडौं- शुक्रबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) मेडिकल कलेजहरूको शुल्क व्यवस्थित गर्न सरकारलाई शिक्षा समितिको निर्देशन, पाठ्यक्रम र शैक्षिक क्यालेन्डरमा एकरूपता ल्याउन सचेत।
२) नेपाली कांग्रेसद्वारा राष्ट्रिय परिचयपत्र वितरणको काम तत्काल स्थगित गर्न सरकारसँग माग, सार्वजनिक खरिद ऐन र प्रचलित कानुनविपरीत अर्बौं रकम खर्च गरेको भन्दै माग्यो स्पष्टीकरण।
३) एप्लिकेसनमार्फत मोटरसाइकलमा यात्रु बोक्दै आएको पठाओद्वारा ट्याक्सी सेवासमेत सुरु, सुविधाको बहानामा यात्रु उपभोक्तासँग अतिरिक्त शुल्क उठाउँदै।
४) नेपालले ओमानमा हुने पाँच देश सम्मिलित टी-२० सिरिज खेल्ने, पहिलो खेल अक्टोबर ६ मा हङकङसँग।
५) भारतीय प्रधानमन्त्री मोदीले राष्ट्रका नाममा सम्बोधन गरेलगत्तै पाकिस्तानी टिप्पणी, प्रधानमन्त्री खान भन्छन्– अन्तर्राष्ट्रिय समुदाय अब काश्मीर नरसंहारको साक्षी बन्छ।
अब हेरौ पूरा समाचार-
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।