• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ११, २०८३ Wed, Oct 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
इन्टरटेनमेन्ट लाइभ

सरकारले मदन-आश्रित दुर्घटनामाथि फिल्म बनाउने अनुमति नदिँदा 'दासढुंगा-२' अन्योलमा

64x64
नेपाल लाइभ शुक्रबार, साउन २४, २०७६  १५:१४
1140x725

काठमाडौं- निर्माण घोषणा भएको ३ महिना बितिसक्दा पनि फिल्म ‘दासढुंगा-२’ फ्लोरमा जान सकेको छैन। चलचित्र विकास बोर्डले निर्माण इजाजत दिन आनकानी गरेपछि यस फिल्मको निर्माण प्रक्रियामा अवरोध पुगेको हो।

तत्कालीन नेकपा (एमाले)का महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय दासढुंगा दुर्घटनालाई आधार बनाएर निर्माण हुन लागेको यो फिल्मलाई विकास बोर्डले अनुमति दिन आनाकानी गरिरहेको निर्देशक कुमार भट्टराईले गुनासो गरे।

‘तीन महिना भइसक्यो अनुमति पाएको छैन,’ निर्देशक भट्टराईले भने, ‘बोर्डले मदन भण्डारी स्मृति प्रतिष्ठानले अनुमति दिएपछि मात्रै इजाजत दिन मिल्ने कुरा आयो। उहाँहरुले भनेअनुसार हामीले कथाको सारांश त्यहाँ पनि पठायौं। त्यहाँबाट राष्ट्रपति विद्यादेवी भण्डारीसम्म पनि पुगिसक्यो। एमालेसम्बद्द थुप्रै संघसंस्थामा पनि कथा पठाइसक्यौँ। तैपनि ३ महिना भइसक्यो निर्माण अनुमति पाएका छैनौं।’

पटक-पटक धाउँदा पनि बोर्डले फिल्म युनिटलाई निर्माणका लागि अनुमति दिने या नदिने त्यसको प्रष्ट जवाफ पाउन नसकेको निर्देशक भट्टराईको गुनासो छ। ‘निर्माण इजाजत दिने कि नदिने, नदिने भए किन नदिने त्यसको हामीलाई प्रष्ट जवाफ त दिनुपर्‍यो नि?,’ भट्टराईले आक्रोश पोखे, ‘फिल्म निर्माण भइसकेपछि त राज्यले त्यसको सेन्सर गर्दै आइरहेकै हो। तर, यहाँ त फिल्म निर्माण हुनुअघि नै सेन्सर भइसक्यो। के यही हो राज्यले हामीलाई प्रदान गरेको अभिव्यक्ति स्वतन्त्रता?’ 

यता चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईसँग अनुमति नदिनुको कारणबारे सोध्दा उनले फिल्मको स्क्रिप्ट राय–सुझावका लागि मदन भण्डारी स्मृति प्रतिष्ठानसमक्ष पठाएको बताए। ‘हामीले अनुमति नदिने भनेका छैनौं, मदन भण्डारीको विषय भएकाले मदन भण्डारी स्मृति प्रतिष्ठानसँग राय मागेका हौं, राय आएपछि के गर्ने त्यसको निर्णय गर्छौं,’ उनले भने।

यता फिल्म युनिट भने कथाको सारांश बोकेर मदन भण्डारी स्मृति प्रतिष्ठान पनि पुगिसकेको छ। ‘प्रतिष्ठानका कर्मचारीहरु अनुमति दिने पक्षमा देखिनुहुन्न,’ निर्देशक भट्टराईले भने, ‘मैले नबुझेको कुरा चलचित्र विकास बोर्डले फिल्म निर्माणको इजाजत दिन प्रतिष्ठान या राष्ट्रप्रति कार्यालयलाई किन सोध्ने? बोर्डले फिल्मकर्मीको पक्षमा काम गर्ने हो कि प्रतिष्ठान या पार्टीको?’

‘दासढुंगा’को पहिलो संस्करण सन् २०१० मा मनोज पण्डितले निर्देशन गरेका थिए, अहिले भट्टराईले गर्दैछन्।

चलचित्रको पहिलो संस्करण बनिसकेको अवस्थामा ‘दासढुंगा-२’को निर्माण किन आवश्यक पर्‍यो भन्ने प्रश्नमा भट्टराई भन्छन्, ‘अघिल्लो संस्करणमा छुटेको कथा यो संस्करणले बोक्नेछ। यो संस्करणमा हामी मदन भण्डारीको जीवनका विविध आयामलाई पनि प्रस्तुत गर्दैछौं।’

Ncell 2
Ncell 2
nimb
nimb

निर्देशक मनोज पण्डितले ‘दासढुंगा’ निर्देशन गरेको बेला अहिलेजस्तो निर्माण इजाजत लिन समस्या नआएको बताए। अहिले सिक्वेल बन्दा निर्माण इजाजत दिन आनाकानी गरिनुलाई उनले राजनीति सिनेमाको शक्तिदेखि डराउने टिप्पणी गरे।

‘त्यतिबेला लोकतन्त्र/गणतन्त्र भर्खर आएको थियो, नेताहरु पनि त्यसको मूल्यमान्यतालाई सजिलै आत्मासथ गर्थे,’ निर्देशक पण्डितले भने, ‘तर अहिले ‘दासढुंगा–२’को अनुमति नदिइनु भनेको राजनितिज्ञले लोकतन्त्र/गणतन्त्रको मूल्यमान्यतालाई बिर्सिएको संकेत हो। राजनीति सिनेमाको शक्तिदेखि डराउँछ। उनीहरु सिनेमाले आफूहरुलाई प्रश्न सोधेको रुचाउँदैनन्, त्यसैले यसरी दमन गर्छन्। फिल्मको सिर्जनात्मक स्वतन्त्रतालाई हनन् गर्ने यस्तो कार्यको म घोर निन्दा र भर्त्सना गर्छु।’

‘दासढुंगा-२’ फिल्मको थिम पोस्टरले ‘राष्ट्रपति, प्रधानमन्त्री, राजनीति र दुर्घटना’लाई केलाउन खोजेको संकेत गरेको थियो। त्यसकारण पनि राज्य यो फिल्मको निर्माण इजाजत दिन डराएको अनुमान गरिएको छ। फिल्मले दासढुंगा हत्या हो कि दुर्घटना भन्ने प्रश्नको जवाफ पनि खोज्ने निर्माण युनिटको दाबी छ।

निर्माण इजाजत नपाउँदा फिल्मका लागि कलाकारहरु पनि पक्का भइसकेको अवस्था छैन। यसअघि ‘दासढुंगा’मा सौगात मल्ल, अनुप बराल, सञ्चिता लुइँटेल, दयाहाङ राईलगायतको अभिनय थियो। केही पुरानै कलाकार दोहोरिने सम्भावना भने रहेको निर्माण युनिट बताउँछ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

मदन भण्डारी र जीवराज आश्रितको २०५० जेठ ३ गते चितवनको दासढुंगामा जिप ‘दुर्घटना’मा परि मृत्यु भएको थियो। त्यसयता सरकारी र नागरिक स्तरमा विभिन्न छानबिन समिति बने पनि दुर्घटनाको सत्यतथ्य अहिलेसम्म बाहिर आउन सकेको छैन। जिपचालक अमर लामाको २०६० असार ११ गते कीर्तिपुरमा रहस्यमय हत्या भएपछि यो घटना झन् रहस्यमय अवस्थामा छ।

र, यसैलाई कथा बनाउन खोजेको ‘दासढुंगा–२’ले अहिले निर्माण अनुमति पाउन नसकेको हो।

यसरी बोर्डमा निर्माण अनुमति नपाएर फिल्मकर्मीले दुःख पाएको यो नै पहिलोपल्ट भने होइन। तत्कालीन बोर्ड अध्यक्ष राजकुमार राईको कार्यकालमा निर्देशक गणेशदेव पाण्डेले फिल्मको नाम ‘गाँजाबाजा’ राखेकै कारण निर्माण इजाजत पाएका थिएनन्। नाम परिवर्तन गर्न नमानेपछि उनी विकास बोर्डविरुद्ध अदालतसम्म पुगेका थिए।

अन्त्यमा ‘ग’को माथि चन्द्रबिन्दू हटाउने सर्तमा उनले फिल्म प्रदर्शन गर्न अनुमति पाएका थिए।

प्रकाशित मिति: शुक्रबार, साउन २४, २०७६  १५:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एनपीएल : नेपाली बलरको दबदबा, सबै खेलमा प्लेयर अफ दी म्याच
जलवायु तथा भू–विपद् न्यूनीकरणमा क्षेत्रीय सहकार्य र प्रविधिको उपयोग गर्न मन्त्री श्रेष्ठको आह्वान
स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन
सम्बन्धित सामग्री
मेहन्दी समारोहमा मक्ख प्रियंका मंगलबार, फागुन १३, २०७६
कमेडी च्याम्पियनबाट बाहिरिए गौडेल सोमबार, फागुन १२, २०७६
जुत्ता पालिस गर्दै हिँड्ने सनी हिन्दुस्तानी बने इन्डियन आइडल आइतबार, फागुन ११, २०७६
ताजा समाचारसबै
एनपीएल : नेपाली बलरको दबदबा, सबै खेलमा प्लेयर अफ दी म्याच बुधबार, कात्तिक ११, २०८३
जलवायु तथा भू–विपद् न्यूनीकरणमा क्षेत्रीय सहकार्य र प्रविधिको उपयोग गर्न मन्त्री श्रेष्ठको आह्वान बुधबार, कात्तिक ११, २०८३
स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन बुधबार, कात्तिक ११, २०८३
अब नागरिकताको प्रतिलिपि लिन गृहजिल्ला धाउन नपर्ने, उपत्यकाबाटै सेवा लिन सकिने बुधबार, कात्तिक ११, २०८३
हुम्लामा हर्क साम्पाङले के प्रतिबद्धता जनाए ? बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
‘अर्णब चक्रवात’ कमजोर हुँदै नेपालतर्फ, नेपालमा जोखिम मंगलबार, कात्तिक १०, २०८३
लुम्बिनीका सभामुख घर्तीसहित ५ जनाविरुद्ध जालसाजी मुद्दा बुधबार, कात्तिक ११, २०८३
पशु, बाख्रा र गुदरी हाटबजारको राजस्व हिनामिना गरेपछि... मंगलबार, कात्तिक १०, २०८३
रवि लामिछानेको तीर्थयात्राः प्रस्थानमा हल्लाखल्ला, फर्कंदा ‘गुपचुप’ मंगलबार, कात्तिक १०, २०८३
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्