• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

जाऊँ काश्मीर- जग्गा किनौंला, घर बनाऔंला, अनि काश्मीरी युवतीसँग विवाह गरौंला...

64x64
नेपाल लाइभ शुक्रबार, साउन २४, २०७६  १७:२७
1140x725

संवाद र सूचनाको तन्त्र वा जाल होस् त यस्तो होस्, नत्र नहोस्। सोमबार, ५ अगस्टका दिन भारतीय राज्यसभामा काश्मीरमाथि चर्चा मात्र के सुरु भएको थियो, खास किसिमको सन्देश पनि सँगसँगै घुम्न थाल्यो।

‘मेरा कुमार साथीहरु हो तयारी गर, अब काश्मीरमा हुनसक्छ तिम्रो ससुराली।’

केहीले त तिथिमिति समेत तोक्न थालेका थिए- ‘१५ अगस्टपछि काश्मीरमा हुनसक्छ तिम्रो ससुराली।’

अहिलेसम्म आफ्नो विवाह नभएकोमा कतिपयको अनुहारमा भने खुसीको रङ देखिन थालेको थियो। ‘राम्रो भयो अहिलेसम्म बिहे नभएकोमा। अब भने लाग्न थालेको छ- ससुराली काश्मीरमै हुनेछ’, कोही अविवाहितले ईश्वरको पनि सम्झना गर्‍यो, ‘आज बल्ल ईश्वरको लीला जानकारीमा आयो कि उसले मेरो विवाह हुन किन नदिएको भनेर। ईश्वरले जे गर्छन्, राम्रै गर्छन्। अब मेरो काश्मीरमा ससुराली!'

कोही-कोही त यति धेरै खुसी थिए कि आफैं घोेषणा गर्न हतारमा थिए, ‘जम्मू-काश्मीरमा जन्ती लिएर गइन्छ। हिँड हिन्दुस्तानी, जम्मू–काश्मीरमा जन्ती लिएर हिँड, को-को जाँदै हुनुहुन्छ मेरो साथमा? जय श्रीराम!'

त्यति नै बेला एक भाइले त जोसमै आएर घोषणा गरे, ‘काश्मीरी युवतीहरु हो, तयारी गर आउँदैछन् भगवानधारी!’

कर्फ्यूपछिको श्रीनगर।

काश्मीरी 'प्लट'को अर्थ के हो?
यस्ता सन्देशका साथमा धेरै काश्मीरी युवतीको तस्बिरसमेत अंकित थियो। जसलाई लिएर थप चर्चा सुरु हुन थाल्यो। कोही लेखिरहेका थिए, ‘बीचमा भएकी मेरी,’ त कोही भन्दै थिए, ‘नीलो लगाउने काश्मीरी 'प्लट' (जग्गा) मेरो हो, बाँकी तपाईंहरु हेर्नुहोला!’

यही भिडमा अर्को देखापर्‍यो र भन्यो, 'बीचको काश्मीरी प्लट मेरो बाँकी तपाईंहरु हेर्नुहोला!’ (युवतीहरुको ग्रुप फोटोमा यस्ता कमेन्टहरु आउँदै गर्दा काश्मीरी प्लटको अर्थ के होला?)

Ncell 2
Ncell 2
nimb
nimb

एक/दुई जना त काश्मीरकी पूर्वमुख्यमन्त्री महबुबा मुफ्तीकी छोरीको लागि समेत केटा खोज्दै थिए भने कसैले आफ्नो साथीका लागि जेएनयूकी विद्यार्थी नेता रहेकी शेहला राशिदको नाम सुझाइरहेका थिए।

राशिदको तस्बिर राख्दै उनीहरुले त्यसलाई सेयर र कमेन्ट गरे। यही दौडमा एक व्यक्तिले पुरस्कारको पनि घोषणा गर्न भ्याए- ‘जो हिन्दु भाइ एक काश्मीरी महिलासँग विवाद गर्दछ, म उसलाई ५० हजार भारतीय रुपैयाँ दिनेछु।’

तर, यसबीचमा कसैको आत्मग्लानीसमेत मिसिन आइपुग्छ, ‘कास, विवाहका लागि ३ वर्ष रोकिएको भए आज ससुराली काश्मीरमा हुनेरहेछ।’

पछिल्ला दुई दिनमा ह्वाट्सएप, फेसबुक, ट्विटर र टिकटकजस्ता सामाजिक सञ्जाल यस्तै सन्देशहरुले भरिएका छन्।

यी सन्देशका साथमा के अरु नै अर्थ मिसिएको छ? के यो सन्देशले अरु नै केही भन्न खोजिरहेको छ?

यसमध्ये एक/दुई कुरालाई गम्भीर भएर हेर्नुपर्ने देखिएको छ। यी सबै एक पुरुषले अर्को पुरुषलाई भनेको स्पष्टरुपमा देख्न सकिन्छ। यी लेखाई पछाडिको धेरै अर्थ नखोज्ने हो भने सिधा रुपमा भारतका अन्य स्थानका पुरुषहरु काश्मीरी महिलाहरुसँग विवाह गर्न लालाहित देखिन्छन् र त्यहाँको जमिन खरिद गरेर बस्ने सोच पालेको देखिन्छ।

के युद्ध जीत्नेका लागि स्त्री इनाम हो!
इतिहास साक्षी छ कि आदिमकाल वा मध्यकालको सामान्तीवादी जमानामा साम्राज्य विस्तारको लागि लडाइँ हुने गर्दथ्यो। विजेताले हारेको क्षेत्रको सम्पत्ति कब्जा गर्दथ्यो। धेरै हमलामा महिलालाई पनि लडाइँबाट जितेको सम्पत्तिको रुपमा लिइन्थ्यो। यसरी युद्धमा जितेपछि हारेका क्षेत्रका महिलाहरुलाई कब्जामा समेत लिने गरिन्थ्यो।

हामीले सधैं किताबमा काश्मीर भारतकै अभिन्न अङ्ग भएको पढ्दै आएका थियौं। भारतलाई यदि एकै वाक्यमा समेट्नु परेमा पनि 'काश्मीरबाट कन्याकुमारीसम्म' भनिने गरिन्छ। तर, अगस्ट ५/६ तारिखबाट अचानक के भयो कि मानिसहरुलाई अहिले आएर मात्र काश्मीर हाम्रो हो भन्ने लाग्यो? अहिले आएर जित हासिल भयो भनेर किन लेखिँदैछ? आफ्नै इलाकामा कस्तो विजय हो यो? आफ्नै जनताहरुमाथि कस्तो जित भएको हो?

जसरी युद्धमा जित हात पारेपछि उक्त जमिनमा पुग्ने र कब्जा गर्ने हतारो हुन्छ, ठिक उसैगरी सवै पोकापन्तुरा कसेर किन जम्मु-काश्मीर-लद्दाखमा सम्पत्ति आर्जन गर्ने इच्छा भारतीय नागरिकमा प्रकट भइरहेको छ? सामाजिक सञ्जालमा आइरहेको टिकाटिप्पणीले यही कुरालाई देखाएको छ।

के हामी त्यहाँका जनता होइन कि जम्मु-काश्मीरको सम्पत्ति चाहन्छौं? यस्तो चाहना भरिएको सम्पत्तिमा स्त्रीलाई पनि समावेश गरिरहेका छौं। यस्ता टिप्पणीहरु किन आइरहेका छन् भनेर खोज्ने हो भने एक तथ्यसम्म पुग्न सकिन्छ। जसले स्पष्ट पार्छ कि यस्ता व्यक्तिहरुमा अधिकतम रुपमा आफ्नो घरपरिवार या समाजमा रहेका महिलाहरुलाई सम्पत्तिको रुपमा मात्र देख्ने बानी परिरहेको छ।

कतिपय व्यक्तिहरु भन्ने गर्छन् कि यस्ता टिप्पणीहरुलाई गम्भीर रुपमा लिन जरुरी छैन। कुरा यो पनि सही नै हो। एक/दुई जना मात्र भए यसलाई सोहीरुपमा बुझ्न पनि सकिन्थ्यो। तर, हजारौं संख्यामा यस्ता टिप्पणी तथा लेखहरुको बाढी आउन थालेको छ।

यदि तपाईंलाई विश्वास लाग्दैन भने आफैंले गुगललगायत अन्यमा सर्च इन्जिनमा खोजी गरेर हेर्न सक्नुहुन्छ।

गौण रहेको इच्छाको कारण?
महिलाहरुलाई आफ्नो पक्षमा पार्ने यो कस्तो जबरजस्त इच्छा हो? एक अखबारका अनुसार उत्तर प्रदेशको बागपत जिल्लाकी नेतृ साध्वी प्राचीले सोही जिल्लाको बडौतमा भाषणका क्रममा भनेकी छिन्, ‘अविवाहित युवकहरुका लागि खुसीको खबर छ। १५ अगस्टपछि श्रीनगरको डल झिलमा प्लट(जग्गा) किन्नुस्, तपाईंकै नाममा पास हुनेछ। तपाईंको ससुराली पनि काश्मीरमै हुनेछ। अब हाम्रो सपना पूरा भएको छ।’

खतौली, मुजफ्फरनगरका भाजपा विधायक विक्रमसिंह सैनीले यस कुरालाई अझ विस्तारमा टिप्पणी गरेका छन्। ‘पार्टीका कार्यकर्ता उत्साही छन्, किनकी उनीहरुले गोरी काश्मीरी युवतीसँग विवाह गर्न पाउने भएका छन्। उनीहरुको विवाह त्यहीं गराउँदा पनि कुनै समस्या छैन,’ उनी अगाडि लेख्छन्, ‘यहाँ जो मुस्लिम कार्यकर्ता हुनुहुन्छ, उहाँहरुले पनि खुसी मनाउनुपर्छ। काश्मीरी गोरी युवतीसँग विवाह गर्नुस्। म पनि काश्मीरमा घर बनाउने सोचिरहेको छु, त्यहाँ हर चिज सुन्दर छ- जमिन, पुरुष, महिला सबै सुन्दर छन्।’

हालसम्म प्राप्त जानकारी अनुसार गैरकाश्मीरी युवा/युवतीबीचमा विवाह गर्नलाई अब कुनै रोकतोक लाग्ने छैन। यसका धेरै नाम चलेका र सामान्य दुवै थरिका उदाहरणहरु छन्।

त्यहाँ एउटा नियम भने कायम थियो कि यदि कुनै काश्मीरी युवतीले आफ्नो राज्यभन्दा बाहिर विवाह गरेमा उसका सन्तानलाई पैत्रिक सम्पत्तिमा अधिकार मिल्दैनथ्यो। कतिपय भने पाकिस्तानी नागरिकसँग विवाह गर्नेका लागि यो सुविधा मिल्नेछ भन्दै अनेक किसिमबाट विश्वास दिलाउने कोशिस गरिरहेका थिए।

यसकारण यो कुनै सामान्य कारणले उब्जिएको सोच हो भन्ने लाग्दैन। यस्तो सोच्ने संख्या र के-कस्ता व्यक्तिले यो भनिरहेका छन् भन्ने आधारमा विश्लेषण गर्दा लाग्छ कि यो हाम्रो मनमा दबाइएको इच्छा हो। के यस्ता इच्छाहरुलाई पखेटा दिने कुरा त्यहाँको बहुसंख्यक मानिसहरुले मान्दै आएको कुनै खास धर्मका कारण हो? के यसकारण त्यहाँको जमिनमात्र नभई युवती पनि चाहिएको हो?

ध्यान राख्नु पर्ने कुरा के छ भने यस्ता कुराहरु गैरकाश्मीरी युवकहरुले मात्र गरिरहेका छन्।

यदि यो इच्छालाई सौन्दर्यकै कारण यसो भनिएको मान्ने हो भने काश्मीरका युवाहरुमा समेत यो लागू हुनुपर्ने देखिन्छ। के गैरकाश्मीरी युवतीले काश्मीरी युवालाई आफ्नो राजकुमारको रुपमा देख्ने गरेका छन् त?

यस्ता विचारबाट उब्जिए सवाल
यो कसरी भुल्न सकिन्छ कि जुन पार्टीका नेता युवाहरुको विवाह काश्मीरमा गराउन लैजाँदै छन्, सोही पार्टीका उनका साथीकी छोरीले आफ्नो इच्छाहनुसार विवाह गरिन् भने उनलाई आफ्नो ज्यान जोगाउन यताउता भाग्नुपर्छ। यी युवाहरु तिनै समुदायको प्रतिनिधित्व गर्दछन्, जहाँ मनपरेको व्यक्तिसँग विवाह गर्दा उसलाई रुखमा झुन्ड्याइन्छ। यसपछि कुनै पनि व्यक्तिलाई आफ्नो जातिभन्दा बाहिर गएर विवाह गर्न हिम्मत जुटाउनै मुस्किल पर्छ।

प्रणय दिवस वा अन्य सामान्य दिन मायाप्रेम गर्नेहरुलाई सार्वजनिक रुपमै लौरीले पिटेर यातना दिइन्छ। यी युवाहरु सम्पत्ति या विवाहका लागि काश्मीर जस्तै हिमाञ्चल र उत्तराखण्डका लागि किन यस्तै इच्छा गर्दैनन्? हेराइमा त यी क्षेत्रका युवतिहरु पनि धेरै फरक देखिँदैनन्। उनीहरु रहँदै आएका ३ वटै क्षेत्रको मौसम पनि एकै किसिमको रहेको छ।

के काश्मीरका महिला अब त्यति विवश, लाचार र बाध्यतामा परिसके कि जो जहाँसुकैबाट आएर उनीहरुको इच्छाबेगर विवाह गर्न सक्छन्? यदि होइन भने अहिले नै किन जन्ती लिएर जान सार्वजनिक आह्वान गरिएको छ?

पुरुषवादी राष्ट्रवाद
यो खासमा पुरुषवादी राष्ट्रवादको विचार हो। जहाँ युवतीमार्फत सम्मान र अपमान निश्चित हुन्छ।

जब एक व्यक्तिलाई यस्तो टिप्पणी नगर्न आग्रह गरियो, तब उसले सुझाव दिनेलाई यस्तो जवाफ पर्काए- 'जस्तालाई तस्तैको जवाफ नदिऊँ त मर्नु र बाँच्नुको कुनै अर्थ हुँदैन। काश्मीरमा स्थायी शान्ति चाहने हो भने त्यहाँका युवतीहरुसँग विवाह गर्नु र बच्चा जन्माउनु अपराध होइन र यो नै शान्तिको उत्तम मार्ग हो।’

अनुच्छेद ३७० हटाइएको समर्थनमा पुनेमा निकालिएको र्‍याली।

यद्यपि भनिन्छ कि सम्बन्ध रोटी र बेटीको सम्बन्धले गहिरो बन्दछ। तर, यसको मतलब यो पनि हुन्छ कि काश्मीरी युवतीसँग मात्रै विवाह गर्नुको अलावा अन्य क्षेत्रका युवतीहरुलाई पनि काश्मीर जान रोक लगाइने छैन। यस्तो सोचेर हेरौं कि पूरा भारतमा अन्तरजातीय, अन्तरप्रान्तीय र अन्तरधार्मिक विवाह हुन लागे के वास्तवमै शान्तिको उत्तम मार्ग मिल्ने निश्चित छ?

यसबीचमा केही गीतहरु पनि युट्युव, फेसबुक, व्‍हाट्सएपमा सेयर भइरहेका छन्। एउटा भोजपुरी गीत बनेको छ- 'अब हम जाइब काश्‍मीर/ जाके काश्‍मीर में लइबे दो कट्ठा जमीन/ उमें चलइबै धान कुटे के मसिन।'

यसैबीचमा एक हरियाणवी भाषाको समेत गीत सुनिएको छ। जसमा भनिएको छ, 'पहली बार किसी सरकार ने कुँवारे कि फरियाद सुनी है/ अरे कश्‍मीर में हरियाणा के ताकतवार जवानों की बहुत जरूरत है, अब बिहारको छोड, कश्‍मीर से बहू लानी है'।

अनुच्छेद ३७० हटाइएपछि सो सम्बन्धमा युट्युबमा सार्वजनिक केही गीतहरु।

यद्यपि यो यस्तो समाजबाट निक्लिएको गीत हो जहाँका अधिकतम महिला अबुझ छन्। आफ्नो इच्छाअनुसार विवाह गर्दा उनीहरुको हत्यासमेत हुनसक्दछ। युवती नमिलेको खण्डमा बिहार वा अन्य कुनै स्थानमा गएर नगदमा खरिद गरेर युवकको विवाह गर्नुपर्ने हुन्छ। त्यसकारण पनि भनिएको हो कि हामी बिहार होइन काश्मीर जान्छौं। काश्मीरबाट बुहारी ल्याउँछौं। तर, आफ्नी छोरीलाई भने जिउँदै रहन दिने छैनौं।

यीनै कारण पनि काश्मीरबारे मानिसहरुले चासो देखाइरहेका थिए। काश्मीर चाहियो र त्यहाँका युवती पनि। काश्‍मीरको जमिन र सम्पत्ति पनि चाहियो।

यदि जमिन लिनु नै विकास हुनु हो त यसलाई बुझ्नका लागि अन्य कुनै टाढाको स्थानमा जानु आवश्यक नै छैन। प्राकृतिक सुन्दरताले भरिपूर्ण उत्‍तराखण्‍ड, हिमाञ्चल, झारखण्‍ड, छत्‍तीसगढ, उडिसामा हामी विकासका यस्तै अनुहार देख्न सक्छौं।

प्राकृतिक सम्‍पदा र मूल बासिन्दाको हालतलाई लिएर हामी विकास र समृद्धि खोज्न सक्छौं। त्यसकारण के यो विकासको बाटो प्रकृति विरोधी र स्‍त्री विरोधी छ? के यसैकारण प्रकृति अर्थात् जल, जमिन र जंगल तथा स्‍त्रीमाथि 'कब्जा' गर्नका लागि 'काश्‍मीरमा ससुराली' बनाउने इच्छा जागेको हो?

(भारतका वरिष्ठ पत्रकार नासिरुद्दीनले बिबिसी हिन्दीका लागि तयार पारेको यो लेख नेपाल लाइभका दुर्गा दुलालले भावानुवाद गरेका हुन्।)

प्रकाशित मिति: शुक्रबार, साउन २४, २०७६  १७:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने
फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट
विवाहको प्रमाणपत्र छैन ? सर्वोच्चले भन्यो– ‘अन्य प्रमाणबाट पनि नाता पुष्टि हुन सक्छ’
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने मंगलबार, असोज ६, २०८३
फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट मंगलबार, असोज ६, २०८३
विवाहको प्रमाणपत्र छैन ? सर्वोच्चले भन्यो– ‘अन्य प्रमाणबाट पनि नाता पुष्टि हुन सक्छ’ मंगलबार, असोज ६, २०८३
एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै मंगलबार, असोज ६, २०८३
आज हरिपरिवर्तिनी एकादशी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्