सुनसरी- सुनसरी जिल्लाको ईनरुवा नगरपालिका ६ स्थित बसचोकबाट एपीएफ टोलीले साउन २३ गते पचास/पचास ग्रामको दुई वटा सुनको वालासहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सोही जिल्लाको हरिनगर गाउँपालिका ९ बस्ने ४० वर्षिय ईशान उदिन मियाँ छन्।
सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४ गण हेक्वा सुनसरीबाट खटिएको एपीएफ टोलीले निज मियाँलाई उक्त सुनसहित पक्राउ गरेको हो।
नेपालबाट भारततर्फ जाँदै गरेका निज मियाँले लुकाई छिपाई लैजाँदै गरेको अवस्थामा उक्त सुनको वाला फेला परेपछि उनलाई पक्राउ गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।