प्रकाश योन्जनको शब्द रचनामा 'आमाको काख'  

नेपाल लाइभ | २०७६ श्रावण २३ बिहीबार | Thursday, August 08, 2019 १७:०२:०० मा प्रकाशित

काठमाडौं– दक्षिण कोरियामा   कार्यरत प्रकाश योन्जनको शब्द रचनामा नयाँ गीत सार्वजनिक भएको छ। 'आमाको काख'  नामक गीतमा कक्षा ६ मा अध्ययनरत प्रिती तामाङले स्वर दिएकी छिन्। 
गीतमा सगीत विशाल योन्जनले भरेका छन् भने एरेञ्ज जोगलाल लामाको रहेको  छ। आफ्नो जन्मभूमि र जन्मदिने आमाको सम्मान स्वरूप गीत रचिएको योन्जनले बताए ।