काठमाडौं- सुनसरीको बराह नगरपालिका–६ र ९ स्थित कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रको मध्यवर्ती घाँसे जंगलमा ४४ वटा गाईगोरु मृत भेटिएका छन्।
जंगलमा गाईगोरु मृत रहेको भन्ने खबर प्राप्त भएसँगै प्रहरी चौकी भागलपुरबाट खटिएको प्रहरी टोलीले २८ वटा गाई र १६ वटा गोरु मृत अवस्थामा रहेको पाएको हो।
उक्त स्थानमा इलाका प्रहरी कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी टोली तथा जिल्ला पशु सेवा केन्द्र इनरुवाबाट पशु चिकित्सक सहितको टोली खटिई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।