सिन्धुपाल्चोकको धुस्कुनमा पहिरोले ९ घर विस्थापित

नेपाल लाइभ | २०७६ श्रावण २२ बुधबार | Wednesday, August 07, 2019 २०:१२:०० मा प्रकाशित

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको त्रिपुरासून्दरी गाँउपालिका–३, धुस्कुनमा पहिरोको कारण ९ घर विस्थापित भएको छ। अन्य २२ घर उच्च जोखिममा रहेको छन्। 

अविरल वर्षाको कारण धुस्कुनको फागु, चित्रेपाटी, फापरचौरलगायतका बस्तीमा पहिरो झर्दा ती घरपरिवार विस्थापित भएको वडा अध्यक्ष सुकदेव रिसालले बताए।

विस्थापित र जोखिममा रहेका परिवारको व्यवस्थापनका लागि पहल गरिरहेको वडा अध्यक्ष रिसालले बताएका छन्। ‘हामी पीडितलाई राहत दिन जुटेका छौं,’ उनले भने, ‘पहिरोले पु¥याएको क्षतिको विवरण इलाका प्रहरी कार्यालयले संकलन गरीरहेको छ।’