बालुवाटारस्थित सुबिसु कार्यालयमा आगलागी, नियन्त्रण प्रयास जारी [तस्बिरहरु]

नेपाल लाइभ | २०७६ श्रावण २२ बुधबार | Wednesday, August 07, 2019 १३:३२:०० मा प्रकाशित

काठमाडौं- बालुवाटारस्थित इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसु केबल नेटको मुख्य कार्यालयमा आगलागी भएको छ। 

करेन्ट सर्ट भएर डिजेल जेनेरेटर पड्किएपछि आगो थप फैलिएको थियो।

आगो नियन्त्रणका लागि प्रहरी र काठमाडौं महानगरपालिकाबाट बारुणयन्त्र प्रयोग गरिएको छ। प्रहरी र स्थानीय पनि आगो नियन्त्रणमा जुटिरहेका छन्।