धनगढी- धनगढी बम विस्फोटमा घाइते विप्लव कार्यकर्तालाई प्रहरीले अस्पतालबाट डिस्चार्ज भएलगत्तै पक्राउ गरेको छ।
घाइते लक्ष्मण सरेलालाई वडा प्रहरी कार्यालय धनगढीको टोलीले मंगलबार नियन्त्रणमा लिएको हो।
घाइते भएका सेरेलालाई उपचारपछि माया मेट्रो अस्पतालले डिस्चार्ज गरेको थियो। उपचारपछि सरेला ह्विलचियरमा बसेर घर फर्कन लागेका थिए।
लगत्तै प्रहरीले उनलाई नियन्त्रणमा लिएर गाडीमा राखेको थियो।
जिल्ला प्रहरी कार्यालय, कैलालीले घाइते सरेला विस्फोटमा संलग्न भएकाले अस्पतालबाट डिस्चार्ज भएलगत्तै नियन्त्रणमा लिइएको जनाएको छ।
उनको प्रहरीको निगरानीमै उपचार भइरहेको थियो।
धनगढी उपमहानगरपालिका–३, सहिदगेटमा गत साउन २ मा विप्लव कार्यकर्ता आफैंले बोकेको शक्तिशाली बम विस्फोट भएको थियो।
जसमा राम सिंहको मृत्यु भएको थियो भने सरेलासहित ४ जना घाइते भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।