काठमाडौं- संविधानमा उल्लेख गरिएको समानुपातिक समावेशी सिद्धान्त विपरीत लोक सेवा आयोगले विज्ञापन खुलाएको दाबीसहित आन्दोलनरत ‘आरक्षण बचाऔं आन्दोलन’ले मंगलबार पनि काठमाडौंमा मौन जुलुस प्रर्दशन गरेको छ।
नेपाल आदिवासी जनजाति महासंघको नेतृत्वमा संविधानको मूल मर्म विपरीत खुलाइएको सो विज्ञापनको विरोधमा हातमा कालोपट्टी बाँधेर काठमाडौंको भृकृटीमण्डपबाट रत्नपार्कस्थित शान्तिवाटिकासम्म मौन जुलुस निकालिएको हो।
लोक सेवा आयोगले संविधानको बर्खिलाप हुने गरी सो विज्ञापन खुलाएकाले विरोधमा आज पनि कालोपट्टी बाँधेर मौन जुलुस निकाल्नु परेको आन्दोलनका संयोजक नविन रोकामगरले जानकारी दिए।
आदिवासी, जनजाति, महिला, दलितलगायतका समुदायले लोक सेवा आयोगले स्थानीय तहको कर्मचारी नियुक्तीका लागि विज्ञापन खुलाउँदा समानुपातिक समावेशी सिद्धान्त विपरित खुलाएको दाबी गर्दै खारेज गर्न माग गर्दै आन्दोलनलाई निरन्तरता दिईरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।