जनकपुर- पर्खाल निर्माणको विषयमा विवाद हुँदा वीरगञ्जमा गोली चलेको छ।
वीरगञ्ज महानगरपालिका-१८ भवानीपुरमा बाटो छेउको पर्खालका विषयमा स्थानीय वृजेशकुमार पटेल र मोहन साहबीच विवाद हुँदा साहका छोराले गोली चलाएको प्रहरीले जनाएको छ।
प्रहरीले मोहन साह र उनका छोरा कुन्दनलाई पक्राउ गरेको छ।
पटेल र साहबीच झगडा हुँदा साहका छोराले घरमा राखेको बन्दुक निकालेर गोली चलाएको पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिए।
वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो। घटनास्थलबाट फायर भएको १ राउन्ड कार्टिज फेला पारेको प्रहरीले जनाएको छ।
मोहन साहको घरमा खानतलासी गर्दा एउटा १२ बोर बन्दुक त्यसमा लाग्ने ४ राउन्ड लाइभ कार्टिज बरामद गरिएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक चक्रबहादुर मल्लले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।