डडेल्धुरा– पहिरो खसेर अवरुद्ध महाकाली राजमार्ग अन्तरगत सतबाँझ–गोकुलेश्वर सडक खण्ड सुचारु भएको छ।
डिलाशैनी गाउँपालिका ६ मा पर्ने बांगाबगरमा आज बिहान पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको थियो।
बिहान ६ बजेदेखि अवरुद्ध सडक डोजरको सहायताले पहिरो पन्छाएर दिउँसोदेखि सुचारु भएको बैतडीका प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिए। पहिलो हटेपछि यातायातका साधन चल्न थालेका छन्।
यस क्षेत्रमा २०६० सालमा पहिरो गएको थियो। उक्त पहिरोको सही व्यवस्थापन हुन नसक्दा बर्सेनि यस क्षेत्रमा पहिरो जाने गरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।