काठमाडौं- मधेसी आयोगले गोष्ठी र अनुशिक्षण कार्यक्रम सञ्चालनमा मात्रै साढे ३ करोड रुपैयाँ बढी खर्च गरेको छ।
आयोगले सोमबार ललितपुरस्थित आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरी गत आर्थिक वर्ष २०७५/७६ मा गरिएको कार्यक्रमबारे जानकारी दिँदै अनुशिक्षण र गोष्ठीका लागि ३ करोड ५६ लाख ८१ हजार १ सय ६८ रुपैयाँ खर्च भएको जनाएको हो। यो रकम आयोगले प्रदेश २ का ८ वटा जिल्ला, प्रदेश १, प्रदेश ५ र ७ मा गोष्ठी तथा अनुशिक्षण कार्यक्रमका लागि खर्च गरेको हो।
त्यसैगरी जनचेतनामुलक रेडियो जिंगल निर्माणमा र प्रशारणमा साढे ४ लाख बढी खर्च गरेको छ।
५ करोड ९० लाख रुपैयाँ विनियोजन भएको आयोगले १ करोड ५२ लाख १८ हजार ८ सय ३१ रुपैयाँ खर्च गर्न नसकेर 'फ्रिज' भएको छ। २०७५ कात्तिक २५ गते कार्यालय स्थापना भएको आयोगको अध्यक्षको रुपमा डा विजय कुमार दत्तले २०७५ चैत ७ गते पदभार सम्हालेका थिए।
आयोगका ४ सदस्यको पद रिक्त छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।