काठमाडौं- श्रावण शुक्ल पञ्चमीका अवसरमा आज नागको पूजा गरिएको छ। नाग मन्दिर र घरघरमा नागको पूजा गरिएको छ भने नागपोखरीमा पनि भक्तजनको भिड लागेको छ।
नागको मूर्ति एवं तस्वीरमा दूध, दही, अक्षता, फूल, दुबो, कपास राखी पूजा गरी गाईको गोबरको सहायताले घरको ढोकामाथि टाँस्ने प्रचलन छ। आजको दिनदेखि बर्खा सकिएर हिउँद सुरु भएको मान्ने प्रचलन छ।
नाग पञ्चमीका दिन नागका अष्टकुलका रुपमा लिइने अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख नागको चित्र टाँस्नाले घरमा सर्पादी भय नहुने, चट्याङ नपर्ने तथा अग्निजन्य भय नहुने विश्वास गरिन्छ ।






नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।