काठमाडौं– उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, हेटौंडा मकवानपुरका अधिकृत (आठौं) चन्दनकुमार अमात्य घुससहित पक्राउ परेका छन्। उद्योग दर्ता गर्न आइइ प्रतिवेदन स्वीकृत गर्ने प्रयोजनको लागि विभिन्न बहानामा सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो।
अख्तियारको हेटौंडा मकवानपुरबाट गएको टोलीले अमात्यलाई सेवाग्राहीसँग रू.५० हजार घुस वापतको रकम लिइसकेको अवस्थामा निजको कार्यालय परिसरबाट उक्त रकम सहित रङ्गेहात नियन्त्रणमा लिएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।