• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

कारगिल युद्धमा नडग्मगाएको काश्मीर अहिले किन भयभित?

64x64
नेपाल लाइभ आइतबार, साउन १९, २०७६  १७:५३
1140x725

काठमाडौं- ‘के साँच्चिकै भारत प्रशासित काश्मीरमा अहिले यस्तो अवस्थाको सिर्जना भएको हो, जो ९०को दशक भन्दा पनि खराब छ। जुनबेला हरेक दिन हुने आतंकवादी हमला र मुठभेडका कारण उपत्यकामा आतंकको माहोल थियो?’

यो प्रश्न स्थानीय राजनीतिक दल तथा विपक्षी पार्टी कांग्रेसले उठाएको हो। कांग्रेस नेता गुलाम नबी आजादले शनिबार भनेका छन् कि यस्तो हालत पहिले कहिले पनि उत्पन्न भएको थिएन। उनको भनाइ थियो– अहिलेको अवस्थाले सन् १९९० को याद दिलाउँछ। 

पछिल्ला केही दिनमा अरिरिक्त सुरक्षा बलको परिचालनबाट चिन्तित मानिसको बेचैनी त्यति बेला झन् बढ्यो जब प्रशासनले अमरनाथका यात्री र पर्यटकलाई राज्य छोड्ने सल्लाह दिएको थियो। 

पहिले यो मामिलामा जम्मू-काश्मीरको क्षेत्रीय दल नेसनल कन्फ्रेन्स तथा पिपुल्स डेमोक्रेटिक पार्टीका नेताले खुलेर आलोचना गरेका थिए।  शनिबार कांग्रेसले पनि पत्रकार सम्मेलन गरेर यसबारे प्रश्न उठाएको छ। 

शुक्रबार पूर्वमुख्यमन्त्री महबुबा मुफ्तीले पत्रकारसँग कुरा गर्दै भनेकी छन् कि उनले उपत्यकामा यस्तो देखिरहेकी छन्, जुन उनले पहिले कहिले पनि देखेकी थिइनन्। 

राज्यका पूर्वमुख्यमन्त्री तथा नेसनल कन्फ्रेन्सका नेता उमर अब्दुल्लाले शनिबार पत्रकार सम्मेलन आयोजना गरी केन्द्र सरकारले संसद्मा काश्मीरमा तनावको अवस्था के हो भन्ने जवाफ दिनुपर्ने बताए।

यसैबीच जम्मू-काश्मीरका राज्यपाल सत्यपाल मल्लिकका तर्फबाट वक्तव्य आएको छ कि उनलाई कुनै पनि संबैधानिक फेरबदलको खबर थाहा छैन।

राजभवनका तर्फबाट जारी बयानमा भनिएको छ कि अर्धसैनिक बलको अतिरिक्ति परिचालन केवल सुरक्षा कारण गरिएको हो। तर, कांग्रेस वरिष्ठ नेताले पत्रकार सम्मेलनमा काश्मीर उपत्यकाको अवस्थाबारे चिन्ता जनाए र अमरनाथ यात्रालाई रोक्न गरिएको निर्देशनको निन्दा गरे। 

Ncell 2
Ncell 2
nimb
nimb

उपत्यकामा के भइरहेको छ? 
श्रीनगरमा रहेका बिबिसी संवाददाता रियाज मसरुर बताउँछन् कि  सरकारका तर्फबाट ‘एडभाइजरी’ जारी भएपछि मानिसहरूमा हडबडी मच्चिएको छ। मानिसमा शायद कश्मीरमा एक दुई महिनाका लागि बन्दको जस्तो अवस्था बन्न सक्छ भन्ने आशंकाले ठाउँ पाएको छ। यसैकारण मानिस आवश्यक सामान जम्मा गर्न लागि परेका छन्। 

रियाज भन्छन्, ‘मैले मानिसहरू गाडीमा तेल भरिरहेका देखेको थिएँ, प्लास्टिकको डब्बामा पनि पेट्रोल भरीरहेका थिए। खाद्यान्न पसलदेखि हरेक क्षेत्रमा भिड थियो। एटिएममा पैसका सकिएको थियो र हाहाकार जस्तै मच्चिएको थियो।’

एडभाइजरीमा यो पनि भनिएको थियो कि यहाँ जो पर्यटक छन् उनीहरू पनि यहाँबाट बाहिर जानु आवश्यक छ। यहीकारण शनिबार उपत्यका बाहिरबाट आएका मानिस बाहिर जाने क्रम जारी थियो। 

प्रशासनले बसलाई एनआइटीसम्म जाने अनुमति दिएको थियो। मानिस हवाई र सडक क्षेत्र दुवैतिरबाट फर्किरहेका थिए। विमानस्थलमा धेरै भिड भएको थियो किनकि यति धेरै संख्यामा त्यहाँ मानिसलाई यसअघि कहिले पनि सेवा दिइएको थिएन। 

रियाज मसरुर भन्छन् कि एडभाइजरीमा जुन ‘तुरन्त’ शब्दको उल्लेख गरिएको थियो। त्यसले मानिसलाई लाग्यो—केही ठूलो संकट आउने वाला छ।

‘जो मानिस यही रहन्छन् र जसलाई यहाँबाट कही जानु छैन उनीहरू पनि चिन्तित छन्,’ उनी भन्छन्, ‘उनीहरूलाई लाग्छ कि दुई महिनाका लागि बन्दको अवस्था सिर्जना भयो भने औषधि र अन्य आवश्यक सामानको जोरजाम कसरी होला? उनीहरूका सामुन्ने अर्को पनि चुनौती थियो कि बच्चा र वृद्धलाई सब ठिक छ भनेर कसरी सम्झाउने होला। काश्मीरी यो घटनाक्रमबाट चिन्तित छन् कि आजको रात सजिलै बित्यो भने अर्को दिन कस्तो अवस्था होला? ऐतिहासिक अनिश्चितता फैलिएको छ।’

रियाजको भनाइ छ कि सन् १९९९ मा कारगिल युद्धका बेला पनि यस्तो आतंक थिएन। ‘सुरक्षा बलको सर्तकता बढेको छ,’ उनको भनाइ छ, ‘यति सुरक्षा बल छन् कि उनीहरूलाई चिन्न पनि निकै कठिन भइरहेको छ। रात दिन बस्नुपर्दा सुरक्षा अधिकारी पनि हैरान छन्।’

राज्यपाल आफू दिल्लीको सम्पर्कमा भएको बताउँछन् र केवल सुरक्षा खतराका कारण यात्रा रोकिएको बताउँछन्। तर, जस्तो खालको माहोल छ, जस्तो तयारी छ, त्यसबारे न त दिल्लीबाट कुनै जानकारी आएको छ न त स्थानीय प्रशासनबाट कुनै जानकारी पाइएको छ। 

उनी भन्छन्, ‘जस्तो देखिएको छ त्यसबाट समान्य समझ राख्नेले पनि अनुमान लगाउन सक्छन् कि केही  ठूलै हुनेवाला छ।’ 

सन् १९९० को त्यो जाडो 
जम्मू-काश्मीरको राजनीति तथा त्यहाँ चलिरहेको संघर्षकोको लामो समयदेखि नजिकबाट नियाली रहेकी वरिष्ठ पत्रकार अनुराधा भसीन बताउँछिन कि अहिले उपत्यकामा सिर्जना भएको माहोलले त्यस बेलाको याद दिलाउँछ, जब जगमोहनले राज्यपालको जिम्मेवारी सम्हालेका थिए। 

सन् १९९० को जाडोको समय थियो। जब आतंकवाद नियन्त्रण बाहिर थियो। अनुराधा भन्छिन्, ‘जुन तरिकाकाले यहाँका मानिसलाई बाहिर जानका लागि भनिएको छ, यस्तो पछिल्लो ३० वर्षमा पनि देख्न पाइएको थिएन। सन् १९९०को जनवरीमा भने यस्तो देख्न पाइएको थियो। त्यो बेलाको नरसंहार र कारबाहीको घटना इतिहासमा दर्ज छ।’

उनी अहिलेको अवस्थालाई चिन्ताजनक बताउँदै भन्छिन् कि ९० को दशकको त्यो व्यवस्थामा आतंकवाद धेरै थियो। तर, अब सरकार आफैं दाबी गरिहरेको छ-उसले लगभग त्यसलाई खतम पारिदिएको छ। उनी पनि मान्छिन् की यो हलचलका पछाडि केही ठूलै फेरबदल गर्ने कोसिस हुन सक्छ। 

उनी भन्छिन्, ‘अमरनाथ यात्रा पछिल्लो २० वर्षमा कहिले पनि रोकिएको थिएन। ९० को दशकमा हरकत उल अंसार संगठनले हमलाको धम्की दिएको थियो। त्यपछि सन् २००८, २०१५ र २०१८ मा उपत्यकामा प्रदर्शन चल्यो तर पनि यात्रामा बाधा आएको थिएन। फेरि अहिले किन यात्रा रोकियो?’

अनुराधा भन्छिन् कि यहाँ जुन माहोला बनेको छ त्यो सरकारका कारण बेनको छ तर उनी स्पष्ट पनि गर्दिनन् कि यसका पछाडिको कारण के हो? 

व्यापक हिंसाको आशंका 
श्रीनगरका वरिष्ठ पत्रकार अल्ताफ हुसेन पनि अहिलेको अवस्थाका पछाडि सुरक्षा देखाउनुको कारण बुझन् मुस्किल छ। 

उनी भन्छन्, ‘३० वर्ष मैले यो संघर्षलाई नजिकबाट रिपोर्टिङ गरेँ। एक समय थियो जब यहाँ एकै समय ३ हजार भन्दाबढी  पृथकतावादी थिए। आज सक्रिय आतंकवादीको संख्या बढीमा ३ सय होला। निसंन्देह पुलवामाको घटना भयो तर एक समय यस्तो थियो जब यहाँ एक दिनमै ३० वटासम्म घमला हुन्थे। अहिले २० दिनमा हुन्छ। यहाँ आतंकवादको धेरै खतरा छैन।’

अल्फात बताउँछन् कि यो संघर्षका साथ नयाँ पहेली जोडिएको छ र त्यो हो यसमा किशोरहरूको संलग्नता हुनु। कुनै मुठभेडमा यस्तो पनि भएको छ कि यदि ४ आतंकवादी मारिए भने साथमा केही आम नागरिक पनि मारिन पुग्छन्। यसैलाई लिएर पनि मानिस उठिरहेका छन्। 

‘जुन नागरिकका साथमा बन्दुक छैन् ती ढुंगा लिएर सुरक्षा बलको समाना गर्न जान्छन्,’ उनी भन्छन्, ‘यसको मतलब संघर्षको तरिका परिवर्तन भएको छ। यस्तो अवस्थामा सरकार केही गर्छ भने त्यसको विरोध हुन निश्चित छ। जरुरी छैन कि त्यो तुरुन्त होस् तर जुनबेला मान्छेलाई अवसर मिल्छ उनीहरू बाहिर निस्कनेछन्।’

अल्फातको सुझाव छ कि प्रधानमन्त्री नरेन्द्र मोदीले अटल बिहारी वाजपेयीले जस्तै शान्तिको बाटो अपनाउनु पर्छ। ‘मेरो यो सुझाव छ कि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले चाहे अटल बिहारी वाजपेयीको बाटोमा गएर शान्तिका लागि निकै ठूलो योगदान दिन सक्छन्,’ उनी भन्छन्, ‘तर उनी आक्रामक नीति अपनाउँछन् भने त्यसबाट या त काश्मीरमाथि दमन हुन्छ या फेरि भारतको नोक्सान।’

बिबिसी हिन्दीमा आदर्श राठौरले तयार पारेको सामग्री नेपालीमा अनुवाद गरिएको हो।

प्रकाशित मिति: आइतबार, साउन १९, २०७६  १७:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने
फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट
विवाहको प्रमाणपत्र छैन ? सर्वोच्चले भन्यो– ‘अन्य प्रमाणबाट पनि नाता पुष्टि हुन सक्छ’
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने मंगलबार, असोज ६, २०८३
फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट मंगलबार, असोज ६, २०८३
विवाहको प्रमाणपत्र छैन ? सर्वोच्चले भन्यो– ‘अन्य प्रमाणबाट पनि नाता पुष्टि हुन सक्छ’ मंगलबार, असोज ६, २०८३
एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै मंगलबार, असोज ६, २०८३
आज हरिपरिवर्तिनी एकादशी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्